लागुऔषध नाइट्रोसन ट्याब्लेट बरामद

लागुऔषध नाइट्रोसन ट्याब्लेट बरामद

विराटनगर,जेठ २०

मोरङको निमुवाबाट शनिबार लागुऔषध नाइट्रोसन ट्याब्लेटसहित एक जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय निमुवाको टोलीले बुढीगंगा गाउँपालिका–४ राहुल पेट्रोल पम्प अगाडीबाट झापा दमक नगरपालिका ८ का प्रदिप भारतीको साथबाट २०० पिस नाइट्रोसन ट्याब्लेट बरामद गरेको हो।

सवारी चेकिङमा खटिएका टोलीले शंका लागेर प्रदिप भारतीलाई चेक गर्द उनको साथबाट सो लागुऔषध बरामद भएको थियो।

भारतीलाई अनुसन्धानका लागी इलाका प्रहरी कार्यालयको हिरासत कक्षमा राखिएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.