×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले ठुला माछा समाउन किन गर्यो ढिलो ? #nepal #scandal || Nepal Times
Apr 04, 2026
Playing
अमेरिकामा २४ घण्टामा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त || Nepal Times
Apr 04, 2026
Playing
World News : ठूलो हमलामा पनि इरानले हजारौँ ड्रोन जोगायो, अमेरिकी दुई फाइटर जेट इरानले खसायो
Apr 04, 2026
Playing
किन पक्रा उ परे शंकर अग्रवालका बाबुछोरा ? हाइप्रोफाइलको भागभाग#nepaltimes #trending #nepal
Apr 04, 2026
Playing
सभामुखमा कांग्रेस, एमाले र नेकपाले किन दिएनन् उम्मेदवारी ?|| Nepal Times
Apr 04, 2026
Playing
संवैधानिक परिषद्मा सन्तुलन मिलाउन रास्वपाले कसलाई देला उपसभामुख ?|| Nepal Times
Apr 04, 2026
Playing
Top 15 Afternoon News || April-04-2026 || Nepal Times
Apr 04, 2026
Playing
राजदूत भन्छन– पत्र पठाएका छौँ, औपचारिक जानकारी छैन|| Nepal Times
Apr 04, 2026
Playing
‘बले’माथि आ रोप लगाउने युवतीले खोलिन् आफ्नो परिचय#bale #Arrest #nepal || Nepal Times
Apr 04, 2026
Playing
विभिन्न प्रदेशमा बदली र वर्षा: हिमाली क्षेत्रमा हिमपातको संकेत|| Nepal Times
Apr 04, 2026

विश्वका सयभन्दा बढी देशका राष्ट्रिय गान गाउने तयारी गर्दै रामजी नेपाली

१५ माघ २०७७

१५ माघ, बागलुङ ।

कोभिड–१९ का कारण विश्वयात्रा एक्कासी रोकिए पनि सङ्गीत अभ्यास र साधनालाई विश्राम दिएनन् गायक रामजी नेपालीले । राष्ट्रगान गाउँदै देशदेशावर घुम्ने रहरमा ठेस लाग्दा समेत उनी निराश भएनन् ।

Advertisement

‘प्रतिकूलतालाई अवसरमा बदलें’, ४१ वर्षीय नेपालीले भने, ‘कोरोनाअघि म २५ देशका राष्ट्रगान गाउँदै विश्व यात्रामा थिएँ, अहिले सय राष्ट्रगान गाउन सक्ने भएँ ।’ उनले सयौं राष्ट्रगानका रुपमा साउथ सुडानको राष्ट्रगान गाएको भिडियो आफ्नै युट्युब च्यानलमार्फत हालै सार्वजनिक गरेका छन् ।

उनले गाएका सबै राष्ट्रगानको भिडियो–अडियो सामग्री युट्युब र सामाजिक सञ्जालमा हेर्न–सुन्न सकिन्छ । बागलुङ नगरपालिका वडा नं ६ भीरलाङ्खुरीका नेपाली ‘विश्व बन्धुत्व, साँस्कृतिक पर्यटन र सद्भावना’ को सन्देशसहित २५ देशका राष्ट्रगान गाउँदै सन् २०१७ देखि विश्व यात्रामा निस्किएका थिए । यद्यपि राष्ट्रगानको अभ्यास र विश्वयात्राको आन्तरिक तयारी भने सन् २०१५ देखि नै थालेको उनले बताए ।

गत वर्षदेखि विश्वभर एकाएक फैलिएको कोरोना महामारीका कारण उनले आफ्नो विश्वयात्रा बीचमै स्थगन गर्नुपर्ने अवस्था आयो । भारतका सात प्रान्त घुमेर बङ्गलादेश जाने क्रममा अघिल्लो वर्ष पुसमा सिलुगढीबाट नेपाली घर फकिएका थिए । महामारी थामिएर स्थिति सामान्य भएपछि पुनः विश्वयात्रा शुरु गर्ने योजनामा उनी छन् । ‘सन् २०२१ भित्र संयुक्त राष्ट्र सङ्घका १९५ वटै सदस्य राष्ट्रका राष्ट्रगान गाउने लक्ष्य छ’, नेपालीले भने, ‘स्थिति सहज हुनासाथ बङ्गलादेश, श्रीलङ्का, माल्दिभ्स हुँदै फेरि विश्वयात्रामा निस्कन्छु ।’

जापान, सिङ्गापुर, मलेशियालगायतका देशमा पुग्न त्यहाँ रहेका नेपाली सङ्घसंस्थासँग समन्वय भइरहेको उनले सुनाए । नेपालीको पहिलो विदेश यात्रा सन् २०१७ मा बेल्जियमबाट शुरु भएको थियो । बेल्जियमसँगै फ्रान्स, स्पेन र नेदरल्याण्डका विभिन्न शहर र सार्वजनिक स्थलमासमेत राष्ट्रगान गाएको उनले स्मरण गरे । ‘आइफिल टावरमा पुगेर फ्रान्सको राष्ट्रगान गाएँ, प्रवासी नेपालीहरूसँगको समन्वयमा म युरोप पुगेको थिएँ’, उनले विगत सम्झिए । गत वर्ष भारत पुग्दा उनले चेन्नइदेखि हिमाञ्चल प्रदेशसम्म यात्रा गरेका थिए ।

झण्डै चार महिना भारतमा रहँदा नेपाली समुदाय रहेका धेरै ठाउँमा औपचारिक–अनौपचारिक कार्यक्रम भएको उनले बताए । नेपालीले जुन देश पुग्दा पनि पहिले नेपालको र त्यसपछि मात्र सम्बन्धित देशको राष्ट्रगान गाउने गरेका छन् । ‘कार्यक्रमको प्रकृतिअनुसार एकै ठाउँमा धेरै देशका राष्ट्रगान पनि गाउँछु’, नेपालीले भने । सन् २०२५ भित्र १९५ देशका राष्ट्रगान गाउँदै विश्वका २३२ वटै देश पुग्ने उनको लक्ष्य कोरोनाकै कारण पछाडि धकेलिने देखिएको छ । चाँडै स्थिति ठिकठाक भएर आफ्नो विश्वयात्रा फेरि शुरु हुनेमा उनी आशावादी छन् ।

कोरोनापछिको फुर्सदिलो समय नयाँनयाँ देशको राष्ट्रगान सङ्कलन र गायन अभ्यासमा बितिरहेको नेपालीले बताए । ‘राष्ट्रगानमै समर्पित भएर लागेको छु, अभ्यास गर्दागर्दा कहिलेकाहीँ रातको दुई–तीन बजेको पनि पत्तै हुँदैन’, नेपालीले भने । उनी बाटोमा हिँड्दा पनि मोबाइलको एयरफोन कानमा राखेर ट्रयाकमा राष्ट्रगान गुन्गुनाइरहेको सुनिन्छ, देखिन्छ । पहिलो चरणमा संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रको राष्ट्रगान गाएपछि दोस्रो चरणमा बाँकी देशको राष्ट्रगान गाउने नेपालीको सोच छ ।

‘राष्ट्रगान गाएर नेपाललाई विश्वसामु चिनाउनुछ, यसले विश्व मानवजातिलाई एकापसमा जोड्ने मेरो विश्वास छ’, उनले भने, ‘राष्ट्रगान गाउँदा मलाई जहिल्यै नयाँ उर्जा मिल्छ, गौरव महसुस गर्छु ।’ सबैभन्दा धेरै देशका राष्ट्रगान गाउन सक्ने गायकका रुपमा विश्व कीर्तिमान पनि राख्ने नेपालीको लक्ष्य छ । बुद्ध र सगरमाथाको देशका रूपमा नेपालको चिनारी बोकेर विदेश पुग्दा गौरवबोध हुने गरेको उनले बताए । विश्वयात्राको उद्देश्य नेपालको पर्यटन प्रवद्र्धन गर्नु पनि रहेको उनको भनाइ छ । ‘संसारभरका मानिसलाई एकपटक नेपाल घुम्न आउनुस् भनेर सन्देश दिन चाहन्छु’, नेपालीले भने ।

भाइचारा र सद्भावनाको माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने र पर्यटन प्रवद्र्धन गर्ने विश्वयात्राको मुख्य उद्देश्य रहेको नेपालीले बताए । विश्वयात्राका लागि अहिलेसम्म कतैबाट कुनै सहयोग नलिइ आफ्नै खर्चमा हिँडेको उनले सुनाए । ‘विस्तारै सहयोगको माहोल पनि बन्ला गर्दै जाऔँ, हेर्दै जाऔं’, नेपालीले भने । उनले ‘गुगल’, ‘युट्युब’ जस्ता माध्यमबाट विभिन्न देशका राष्ट्रगान र तिनका ‘ट्रयाक’ खोज्छन् । आवश्यक पर्दा दूतावासबाट समेत सहयोग लिने गरेको उनको भनाइ छ । ‘१९५ देशकै राष्ट्रगान र तिनका ट्रयाक सङ्कलन गरिसकेको छु’, नेपालीले भने ।

संसारका विभिन्न भाषामा बनेका राष्ट्रगान सही ढङ्गले गाउनु चुनौतीपूर्ण विषय भएको उनको अनुभव छ । अहिलेसम्म दर्जनौँ भाषाका उनले राष्ट्रगान गाइसकेका छन् । ‘सङ्गीत, भाषा, उच्चारणदेखि धेरै पक्ष ख्याल गर्नुपर्ने हुन्छ, एउटा राष्ट्रगान गाउने सक्ने हुन लामो अभ्यास र प्रकृया पार गर्नुपर्छ’, नेपालीले भने । उनले सबै भाषाका गीतलाई नेपाली रोमनमा उतारी गाउने गर्छन् ।

नेपालीले अहिलेसम्म गाएकामा सबैभन्दा बढी समय र मेहनत स्वीजरल्याण्डको राष्ट्रगान गाउँदा खर्चिनुप¥र्यो । ‘स्वीजरल्याण्डको भाषा पनि जटिल र सङ्गीत पनि चल्तीको भन्दा भिन्दै रहेकाले अभ्यास बढी गर्नुप¥यो’, नेपालीले भने, ‘नेपालपछि भारत र अमेरिकाको राष्ट्रगान सजिलो लाग्यो ।’

एकै मञ्चमा ८० राष्ट्रगान

विश्व पर्यटन दिवसका सन्दर्भमा गत असोज ११ गते बागलुङ बजारमा आयोजित एक कार्यक्रममा एकै मञ्चबाट ५० देशका राष्ट्रगान गाएका नेपाली पर्यटकीय नगरी पोखरामा पनि उस्तै प्रकृतिको कार्यक्रम गर्ने योजनामा छन् ।

पोखरामा एकै मञ्चबाट ८० देशका राष्ट्रगान गाउने गरी कार्यक्रमको तयारी भइरहेको नेपालीले बताए । कोरोना सङ्कटका बेला विश्व एकता र भातृत्वको सन्देशसहित पर्यटन प्रवद्र्धनको उद्देश्य राखेर सो कार्यक्रम गर्न लागिएको हो । ‘पोखरा अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय केन्द्र भएकाले त्यहाँ कार्यक्रम गर्दा देश विदेशमा सन्देश प्रवाह हुन्छ’, नेपालीले भने । यसअघि गत फागुनमा गलकोट नगरपालिका–५ टेउमामा भएको अन्तर्राष्ट्रिय आधुनिक मूर्तिकला कार्यशालामा उनले नेपालसहित ११ देशका राष्ट्रगान गाएका थिए ।

Advertisement

नेपालीले जापान, इटाली, चीन, युक्रेन, क्यानाडा, इजरायल, ब्राजिल, फ्रान्स, ताइवान र भारतको राष्ट्रगान गाउँदा कार्यशालामा सहभागी सम्बन्धित देशका मूर्तिकारहरूले आफ्नो राष्ट्रगानको सम्मान गरेका थिए । ‘वर्ष दिनको मेला’ (२०५३), ‘जवानीमा तानेको’ (२०५९), ‘भीरको टुनी’ लगायतका गीतमा स्वर दिएका नेपालीले विश्वयात्रापछि पुनः मुलधारकै सङ्गीत कर्ममा फर्कने बताए । ‘राष्ट्रगान गाउँदै विश्व घुमेपछि यात्राको समापन सगरमाथा आधार शिविरमा गर्ने सपना छ’, नेपालीले भने ।रामबहादुर थापा / रासस

भर्खरको समाचार

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सम्बन्धित खबरहरु

Scroll to Top