NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विराटनगरस्थित बाल सुधार गृहबाट बाल बिझ्याइँकर्ता फरार शुक्रबार कार्तिक २१ , २०८२
केही नराम्रो गर्दिन भन्ने आईजी खापुङमाथि कलंकको टिका शुक्रबार कार्तिक २१ , २०८२
१० अर्ब डलर तलब खाने मस्कको के छ जिम्मेवारी ? शुक्रबार कार्तिक २१ , २०८२
‘बल प्रयोग गर्न नपाउने हो भने देशमा प्रहरी नराखे हुन्छ’ः आईजी शुक्रबार कार्तिक २१ , २०८२
विदेशमा रहेकालाई मताधिकार दिन आयोग तयार, सरकारले सहजीकरण गर्नुपर्ने बिहिबार कार्तिक २० , २०८२
Next
Prev

समाचार

विश्वका सयभन्दा बढी देशका राष्ट्रिय गान गाउने तयारी गर्दै रामजी नेपाली

बिहिबार माघ १५ , २०७७
Reading Time: 1 min read
A A
यी नेपाली जसले गाउन जानेका छन् ६५ देशका राष्ट्रगान
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१५ माघ, बागलुङ ।

कोभिड–१९ का कारण विश्वयात्रा एक्कासी रोकिए पनि सङ्गीत अभ्यास र साधनालाई विश्राम दिएनन् गायक रामजी नेपालीले । राष्ट्रगान गाउँदै देशदेशावर घुम्ने रहरमा ठेस लाग्दा समेत उनी निराश भएनन् ।

‘प्रतिकूलतालाई अवसरमा बदलें’, ४१ वर्षीय नेपालीले भने, ‘कोरोनाअघि म २५ देशका राष्ट्रगान गाउँदै विश्व यात्रामा थिएँ, अहिले सय राष्ट्रगान गाउन सक्ने भएँ ।’ उनले सयौं राष्ट्रगानका रुपमा साउथ सुडानको राष्ट्रगान गाएको भिडियो आफ्नै युट्युब च्यानलमार्फत हालै सार्वजनिक गरेका छन् ।

LS Auto

उनले गाएका सबै राष्ट्रगानको भिडियो–अडियो सामग्री युट्युब र सामाजिक सञ्जालमा हेर्न–सुन्न सकिन्छ । बागलुङ नगरपालिका वडा नं ६ भीरलाङ्खुरीका नेपाली ‘विश्व बन्धुत्व, साँस्कृतिक पर्यटन र सद्भावना’ को सन्देशसहित २५ देशका राष्ट्रगान गाउँदै सन् २०१७ देखि विश्व यात्रामा निस्किएका थिए । यद्यपि राष्ट्रगानको अभ्यास र विश्वयात्राको आन्तरिक तयारी भने सन् २०१५ देखि नै थालेको उनले बताए ।

गत वर्षदेखि विश्वभर एकाएक फैलिएको कोरोना महामारीका कारण उनले आफ्नो विश्वयात्रा बीचमै स्थगन गर्नुपर्ने अवस्था आयो । भारतका सात प्रान्त घुमेर बङ्गलादेश जाने क्रममा अघिल्लो वर्ष पुसमा सिलुगढीबाट नेपाली घर फकिएका थिए । महामारी थामिएर स्थिति सामान्य भएपछि पुनः विश्वयात्रा शुरु गर्ने योजनामा उनी छन् । ‘सन् २०२१ भित्र संयुक्त राष्ट्र सङ्घका १९५ वटै सदस्य राष्ट्रका राष्ट्रगान गाउने लक्ष्य छ’, नेपालीले भने, ‘स्थिति सहज हुनासाथ बङ्गलादेश, श्रीलङ्का, माल्दिभ्स हुँदै फेरि विश्वयात्रामा निस्कन्छु ।’

जापान, सिङ्गापुर, मलेशियालगायतका देशमा पुग्न त्यहाँ रहेका नेपाली सङ्घसंस्थासँग समन्वय भइरहेको उनले सुनाए । नेपालीको पहिलो विदेश यात्रा सन् २०१७ मा बेल्जियमबाट शुरु भएको थियो । बेल्जियमसँगै फ्रान्स, स्पेन र नेदरल्याण्डका विभिन्न शहर र सार्वजनिक स्थलमासमेत राष्ट्रगान गाएको उनले स्मरण गरे । ‘आइफिल टावरमा पुगेर फ्रान्सको राष्ट्रगान गाएँ, प्रवासी नेपालीहरूसँगको समन्वयमा म युरोप पुगेको थिएँ’, उनले विगत सम्झिए । गत वर्ष भारत पुग्दा उनले चेन्नइदेखि हिमाञ्चल प्रदेशसम्म यात्रा गरेका थिए ।

झण्डै चार महिना भारतमा रहँदा नेपाली समुदाय रहेका धेरै ठाउँमा औपचारिक–अनौपचारिक कार्यक्रम भएको उनले बताए । नेपालीले जुन देश पुग्दा पनि पहिले नेपालको र त्यसपछि मात्र सम्बन्धित देशको राष्ट्रगान गाउने गरेका छन् । ‘कार्यक्रमको प्रकृतिअनुसार एकै ठाउँमा धेरै देशका राष्ट्रगान पनि गाउँछु’, नेपालीले भने । सन् २०२५ भित्र १९५ देशका राष्ट्रगान गाउँदै विश्वका २३२ वटै देश पुग्ने उनको लक्ष्य कोरोनाकै कारण पछाडि धकेलिने देखिएको छ । चाँडै स्थिति ठिकठाक भएर आफ्नो विश्वयात्रा फेरि शुरु हुनेमा उनी आशावादी छन् ।

कोरोनापछिको फुर्सदिलो समय नयाँनयाँ देशको राष्ट्रगान सङ्कलन र गायन अभ्यासमा बितिरहेको नेपालीले बताए । ‘राष्ट्रगानमै समर्पित भएर लागेको छु, अभ्यास गर्दागर्दा कहिलेकाहीँ रातको दुई–तीन बजेको पनि पत्तै हुँदैन’, नेपालीले भने । उनी बाटोमा हिँड्दा पनि मोबाइलको एयरफोन कानमा राखेर ट्रयाकमा राष्ट्रगान गुन्गुनाइरहेको सुनिन्छ, देखिन्छ । पहिलो चरणमा संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रको राष्ट्रगान गाएपछि दोस्रो चरणमा बाँकी देशको राष्ट्रगान गाउने नेपालीको सोच छ ।

‘राष्ट्रगान गाएर नेपाललाई विश्वसामु चिनाउनुछ, यसले विश्व मानवजातिलाई एकापसमा जोड्ने मेरो विश्वास छ’, उनले भने, ‘राष्ट्रगान गाउँदा मलाई जहिल्यै नयाँ उर्जा मिल्छ, गौरव महसुस गर्छु ।’ सबैभन्दा धेरै देशका राष्ट्रगान गाउन सक्ने गायकका रुपमा विश्व कीर्तिमान पनि राख्ने नेपालीको लक्ष्य छ । बुद्ध र सगरमाथाको देशका रूपमा नेपालको चिनारी बोकेर विदेश पुग्दा गौरवबोध हुने गरेको उनले बताए । विश्वयात्राको उद्देश्य नेपालको पर्यटन प्रवद्र्धन गर्नु पनि रहेको उनको भनाइ छ । ‘संसारभरका मानिसलाई एकपटक नेपाल घुम्न आउनुस् भनेर सन्देश दिन चाहन्छु’, नेपालीले भने ।

भाइचारा र सद्भावनाको माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने र पर्यटन प्रवद्र्धन गर्ने विश्वयात्राको मुख्य उद्देश्य रहेको नेपालीले बताए । विश्वयात्राका लागि अहिलेसम्म कतैबाट कुनै सहयोग नलिइ आफ्नै खर्चमा हिँडेको उनले सुनाए । ‘विस्तारै सहयोगको माहोल पनि बन्ला गर्दै जाऔँ, हेर्दै जाऔं’, नेपालीले भने । उनले ‘गुगल’, ‘युट्युब’ जस्ता माध्यमबाट विभिन्न देशका राष्ट्रगान र तिनका ‘ट्रयाक’ खोज्छन् । आवश्यक पर्दा दूतावासबाट समेत सहयोग लिने गरेको उनको भनाइ छ । ‘१९५ देशकै राष्ट्रगान र तिनका ट्रयाक सङ्कलन गरिसकेको छु’, नेपालीले भने ।

संसारका विभिन्न भाषामा बनेका राष्ट्रगान सही ढङ्गले गाउनु चुनौतीपूर्ण विषय भएको उनको अनुभव छ । अहिलेसम्म दर्जनौँ भाषाका उनले राष्ट्रगान गाइसकेका छन् । ‘सङ्गीत, भाषा, उच्चारणदेखि धेरै पक्ष ख्याल गर्नुपर्ने हुन्छ, एउटा राष्ट्रगान गाउने सक्ने हुन लामो अभ्यास र प्रकृया पार गर्नुपर्छ’, नेपालीले भने । उनले सबै भाषाका गीतलाई नेपाली रोमनमा उतारी गाउने गर्छन् ।

नेपालीले अहिलेसम्म गाएकामा सबैभन्दा बढी समय र मेहनत स्वीजरल्याण्डको राष्ट्रगान गाउँदा खर्चिनुप¥र्यो । ‘स्वीजरल्याण्डको भाषा पनि जटिल र सङ्गीत पनि चल्तीको भन्दा भिन्दै रहेकाले अभ्यास बढी गर्नुप¥यो’, नेपालीले भने, ‘नेपालपछि भारत र अमेरिकाको राष्ट्रगान सजिलो लाग्यो ।’

एकै मञ्चमा ८० राष्ट्रगान

विश्व पर्यटन दिवसका सन्दर्भमा गत असोज ११ गते बागलुङ बजारमा आयोजित एक कार्यक्रममा एकै मञ्चबाट ५० देशका राष्ट्रगान गाएका नेपाली पर्यटकीय नगरी पोखरामा पनि उस्तै प्रकृतिको कार्यक्रम गर्ने योजनामा छन् ।

पोखरामा एकै मञ्चबाट ८० देशका राष्ट्रगान गाउने गरी कार्यक्रमको तयारी भइरहेको नेपालीले बताए । कोरोना सङ्कटका बेला विश्व एकता र भातृत्वको सन्देशसहित पर्यटन प्रवद्र्धनको उद्देश्य राखेर सो कार्यक्रम गर्न लागिएको हो । ‘पोखरा अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय केन्द्र भएकाले त्यहाँ कार्यक्रम गर्दा देश विदेशमा सन्देश प्रवाह हुन्छ’, नेपालीले भने । यसअघि गत फागुनमा गलकोट नगरपालिका–५ टेउमामा भएको अन्तर्राष्ट्रिय आधुनिक मूर्तिकला कार्यशालामा उनले नेपालसहित ११ देशका राष्ट्रगान गाएका थिए ।

नेपालीले जापान, इटाली, चीन, युक्रेन, क्यानाडा, इजरायल, ब्राजिल, फ्रान्स, ताइवान र भारतको राष्ट्रगान गाउँदा कार्यशालामा सहभागी सम्बन्धित देशका मूर्तिकारहरूले आफ्नो राष्ट्रगानको सम्मान गरेका थिए । ‘वर्ष दिनको मेला’ (२०५३), ‘जवानीमा तानेको’ (२०५९), ‘भीरको टुनी’ लगायतका गीतमा स्वर दिएका नेपालीले विश्वयात्रापछि पुनः मुलधारकै सङ्गीत कर्ममा फर्कने बताए । ‘राष्ट्रगान गाउँदै विश्व घुमेपछि यात्राको समापन सगरमाथा आधार शिविरमा गर्ने सपना छ’, नेपालीले भने ।रामबहादुर थापा / रासस

लोकप्रीय

विराटनगरस्थित बाल सुधार गृहबाट बाल बिझ्याइँकर्ता फरार

विराटनगरस्थित बाल सुधार गृहबाट बाल बिझ्याइँकर्ता फरार

शुक्रबार कार्तिक २१ , २०८२
केही नराम्रो गर्दिन भन्ने आईजी खापुङमाथि कलंकको टिका

केही नराम्रो गर्दिन भन्ने आईजी खापुङमाथि कलंकको टिका

शुक्रबार कार्तिक २१ , २०८२
ट्रम्पले सिध्याइदिने धम्की दिएका मस्क नै धनाढ्य सूचीमा पहिलो

१० अर्ब डलर तलब खाने मस्कको के छ जिम्मेवारी ?

शुक्रबार कार्तिक २१ , २०८२

विचार

विराटनगरस्थित बाल सुधार गृहबाट बाल बिझ्याइँकर्ता फरार

विराटनगरस्थित बाल सुधार गृहबाट बाल बिझ्याइँकर्ता फरार

शुक्रबार कार्तिक २१ , २०८२
केही नराम्रो गर्दिन भन्ने आईजी खापुङमाथि कलंकको टिका

केही नराम्रो गर्दिन भन्ने आईजी खापुङमाथि कलंकको टिका

शुक्रबार कार्तिक २१ , २०८२
ट्रम्पले सिध्याइदिने धम्की दिएका मस्क नै धनाढ्य सूचीमा पहिलो

१० अर्ब डलर तलब खाने मस्कको के छ जिम्मेवारी ?

शुक्रबार कार्तिक २१ , २०८२

थप समाचार

विराटनगरस्थित बाल सुधार गृहबाट बाल बिझ्याइँकर्ता फरार
ताजा समाचार

विराटनगरस्थित बाल सुधार गृहबाट बाल बिझ्याइँकर्ता फरार

शुक्रबार कार्तिक २१ , २०८२
केही नराम्रो गर्दिन भन्ने आईजी खापुङमाथि कलंकको टिका
ताजा समाचार

केही नराम्रो गर्दिन भन्ने आईजी खापुङमाथि कलंकको टिका

शुक्रबार कार्तिक २१ , २०८२
ट्रम्पले सिध्याइदिने धम्की दिएका मस्क नै धनाढ्य सूचीमा पहिलो
अन्तर्राष्ट्रिय

१० अर्ब डलर तलब खाने मस्कको के छ जिम्मेवारी ?

शुक्रबार कार्तिक २१ , २०८२
आईजीपी खापुङलाई २४घण्टे स्पष्टीकरण, किन किन कारवाही नगर्ने ?
ताजा समाचार

‘बल प्रयोग गर्न नपाउने हो भने देशमा प्रहरी नराखे हुन्छ’ः आईजी

शुक्रबार कार्तिक २१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मेक्सिकोभित्रै पसेर ट्रम्पले कारबाही गर्ने, राष्ट्रपतिमाथि नै यौन दु*व्र्य*वहार

World News: मेक्सिकोभित्रै पसेर ट्रम्पले कारबाही गर्ने, राष्ट्रपतिमाथि नै यौन दु*व्र्य*वहार

00:18:03

World News: न्युयोर्कमा ममदानीको जित, म्यान्मारका माफियालाई चीनमा मृ*त्युदण्ड || Nepal Times

00:20:11

World News: मेयरसंग ट्रम्पको टसल, भारतीय अदालतमा नेपालको जेनजी प्रदर्शनको चर्चा || Nepal Times

00:16:38

World News: अफगानिस्तान भूकम्पमा क्षति बढ्दै, तेहरानमा खानेपानी अभाव|| Nepal Times

00:13:42

World News: सुपरमार्केट वि*ष्फो*टमा २३ को मृ*त्यु, नाइजेरियामा सैन्य का*र*बाही गर्ने Trumpको चेतावनी

00:13:33

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ?

मङ्लबार कार्तिक १८ , २०८२

हालका पोस्टहरू

विराटनगरस्थित बाल सुधार गृहबाट बाल बिझ्याइँकर्ता फरार

विराटनगरस्थित बाल सुधार गृहबाट बाल बिझ्याइँकर्ता फरार

शुक्रबार कार्तिक २१ , २०८२
केही नराम्रो गर्दिन भन्ने आईजी खापुङमाथि कलंकको टिका

केही नराम्रो गर्दिन भन्ने आईजी खापुङमाथि कलंकको टिका

शुक्रबार कार्तिक २१ , २०८२
ट्रम्पले सिध्याइदिने धम्की दिएका मस्क नै धनाढ्य सूचीमा पहिलो

१० अर्ब डलर तलब खाने मस्कको के छ जिम्मेवारी ?

शुक्रबार कार्तिक २१ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.