×

NEPAL TIMES UPDATES

Playing
आन्दोलन, जनअपेक्षा र इतिहास दोहोरिने डर उतिकै || Nepal Times
Mar 07, 2026
Playing
रास्वपा बहुमत नजिक , कांग्रेस ५ मा सीमित , अन्य दल कहाँ ? || Nepal Times
Mar 07, 2026
Playing
Nepal Election Update: रास्वपाको लहर, १७ जित र १०० क्षेत्रमा अग्रता – काठमाडौं क्लिन स्विप
Mar 07, 2026
Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026

प्रधानमन्त्रीको चीन भ्रमणमा रसुवागढी–काठमाडौँ रेल मार्ग प्राथमिकता

२२ जेष्ठ २०७५

काठमाडौँ, जेठ २२
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा रसुवागढीबाट काठमाडौँसम्म रेल मार्ग निर्माणलाई प्राथमिकता दिइने भएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज काठमाडौँमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा परराष्ट्र मामिलाका जानकार डा राजन भट्टराईले नेपालको स्रोतले रसुवागढीबाट काठमाडौँसम्म रेल ल्याउन नसक्ने भएकाले सहयोग माग गर्ने तयारी भइरहेको बताए ।

“अनुदान, सहुलियत दरको ऋण र ऋण तीन प्रकारका सहयोग लिएर नै रसुवागढीबाट काठमाडौँ र रक्सौलबाट काठमाडौँ रेल ल्याउन सकिन्छ, सरकारले यसकै लागि गृहकार्य गरिहरहेको छ, अनुदान पहिलो प्राथमिकता हुन्छ”–उनले भने ।

प्रधानमन्त्री ओलीले दुई वर्षअघि कार्यकारी प्रमुखका रुपमा चीन भ्रमण गर्दा रेललगायत पूर्वाधार विकासका १० बुँदे सम्झौता गरेका थिए । यसपटक त्यसैलाई कार्यान्वयनमा लैजाने मुद्दालाई भ्रमणमा प्राथमिकता दिइने नेकपाका नेता समेत रहनुभएका डा भट्टराईले बताए ।

चीनसँग भएका पारवाहन तथा यातायात सन्धि, रेल, उत्तर–दक्षिण राजमार्ग, क्रस–बोर्डर ट्रान्समिसन र आर्थिक लगानी तथा द्विपक्षीय व्यापारलगायतलाई अब दु्रत गतिमा कार्यान्यवन गर्न चिनियाँ पक्षसँग वार्ता गर्ने सरकारको तयारी छ ।

भ्रमणका क्रममा नेपालमा चिनियाँ लगानी भित्र्याउन विश्वासको वातावरण बनाउने गृहकार्यसमेत भएको उनको भनाइ छ । नेपालमा स्थिर सरकार भएकाले लगानीको वातावरण छ भन्ने सन्देश प्रधानमन्त्री ओलीको भ्रमणमा दिनुपर्नेमा नेता भट्टराईले जोड दिए ।

नेपाल–भारत प्रबुद्ध समूह (इपिजी) मा नेपाली प्रतिनिधिमण्डलको सदस्यसमेत रहेका नेता भट्टराईले समूहको अन्तिम बैठक यही असार १५ र १६ मा काठमाडौँमा बस्ने तयारी भएको जानकारी दिए ।

“हामीले सबै प्रतिवेदन टुङ्गो लगाएका छौँ, भारतीय पक्षले छलफल गरिरहेको छ, यो बैठक नै अन्तिम बैठक हुनेछ, यदि भएन भने पनि दोस्रो अन्तिम बैठक हुन्छ, यही बैठकबाट हामी दुवै देशका प्रधानमन्त्रीलाई एउटै प्रतिवेदन बनाएर बुझाउँछौँ”–उनले भने ।

देशलाई विकास र समृद्धिको मार्गमा अघि बढाउन दुवै छिमेकीको सहयोग लिने सरकारको नीति रहेको सो अवसरमा नेता भट्टराईले स्पष्ट पारे ।
रासस

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top