Nepal Times
Nepal Times
3
Shares

उम्मेदवार र मतदातालाई सुरक्षा दिन सरकार तयार छ- ज्ञानेन्द्रबहादुर कार्की

उम्मेदवार र मतदातालाई सुरक्षा दिन सरकार तयार छ- ज्ञानेन्द्रबहादुर कार्की

नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली जनताले शान्ति र समृद्धि चाहेकाले कांग्रेसलाई बहुमत प्रदान गर्ने दाबी गरेका छन्।

बुधबार राजधानीमा आयोजित  चुनावी बहसका क्रममा बोल्दै अर्थमन्त्रीसमेत रहेका कार्कीले कांग्रेसको नेतृत्वमा अबको १० वर्षमा नेपालले मुहार फेर्ने दाबी गरे ।

कांग्रेस पहिलो ठूलो दल बन्ने दाबी गर्दै सुनसरी क्षेत्र नम्बर ४ का उम्मेदवारसमेत रहेका कार्कीले कांग्रेसले सरकार गठन गरेर आर्थिक समृद्धिको एजेण्डा लागू गर्ने बताए। विगतमा संगठित हिंसा र द्वन्द्वको समयमा कांग्रेसले सरकार चलाउनु परेको स्मरण गराउँदै कार्कीले देशलाई शान्तिको बाटोमा लैजाने र संविधान निर्माण गराउन सक्ने पार्टी कांग्रेस नै भएको जिकिर गर्दै अब संविधान कार्यान्वयन र विकासका लागि जनताले कांग्रेसलाई नै मतदान गर्ने विश्वास व्यक्त गरे ।

नारा र दस्तावेजको पछि लाग्दैमा देश विकास नहुने भन्दै कार्कीले वाम गठबन्धनको कटाक्ष गरेका छन् । नेपालमा कम्युनिस्ट शासन आउने सम्भावना नरहेको जिकिर गर्दै उनले वाम गठबन्धनले साम्यवाद ल्याउने प्रयास भने गरेको आरोप लगाए ।

कार्कीले केही उम्मेदवारमाथि भएको आक्रमणको निन्दा गर्दै उम्मेदवार र मतदातालाई सुरक्षा दिन सरकार तयार रहेको बताए।

बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा दिइएको चिनियाँ कम्पनी गेजुवासँगको सम्झौता रद्द गर्ने विषयमा सरकारभित्र कुनै विमति नरहेको कार्कीले स्पष्ट पारेका छन् ।                                                                    setopati

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.