कुखुरा फारममा आगलागी

कुखुरा फारममा आगलागी

सुनसरी, जेठ २७

सुनसरीको वराह नगरपालिका ३ बस्ने बाबुराम तामाङको कुखुरा फारममा शनिबार विहान आगलागी भएको छ।

विहान ८ः३० बजेतिर बिधुत तार सर्ट भएर फारममा आगलागी भएको थियो।

आगलागीबाट फारममा रहेको करिब सात लाख बराबरको कुखुरा तथा ४५ बोरा दाना जलेर नष्ट हुँदा अन्दाजी १६ लाख ६५ हजार रुपैया बराबरको क्षति भएको बताइएको छ।

आगलागी स्थानीयवासी र प्रहरीको सहयोगमा नियन्त्रण गरिएको थियो।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.