Nepal Times
Nepal Times
3
Shares

उमेदवार लक्षित आक्रमण रोक्न प्रधानमन्त्री देउवाको निर्देशन

उमेदवार लक्षित आक्रमण रोक्न प्रधानमन्त्री देउवाको निर्देशन

धनगढी : प्रधानमन्त्री शेरबहादुर देउवाले भयरहित वातावरणमा चुनाव सम्पन्न गर्न तीन सुरक्षा निकायका प्रमुख, निर्वाचन कार्यालय र प्रशासनलाई निर्देशन दिएका छन् । प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि बुधबार धनगढीमा आयोजना गरिएको प्रदेश नम्बर ७ स्तरीय गोष्ठीलाई सम्बोधन गर्दै देउवाले यस्तो निर्देशन दिएका हुन् ।

देउवाले सरकार भयरहीत वातावरणमा दुवै चरणको निर्वाचन सम्पन्न गराउन कटिबद्ध भएर लागि रहेको बताए । मंगलबार मध्यपश्चिमको नेपालगञ्जमा सुरक्षा अधिकारीहरुको बैठकमा सम्बोधन गरेका प्रधानमन्त्री देउवा बुधबार धनगढी आएका हुन् ।

उनले केही जिल्लामा उमेदवार लक्षित गर्दै बम पड्काउने, आक्रमण गर्ने र तर्साउने गतिविधिप्रति सरकारको गम्भीर रुपमा ध्यानाकर्षण भएकाले उमेदवारको सुरक्षा बढाउन र जनतालाई पनि भयरहीत वातारवणमा मतदान गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।

निर्वाचन भयरहीत, स्वच्छ, निस्पक्ष र धाँदलीरहित बनाउन सबैको जिम्मेवारी भएकाले आ-आफ्नो क्षेत्रबाट ऐतिहासिक रुपमा भइरहेको निर्वाचनलाई सहयोग गर्न प्रधानमन्त्री देउवाले आग्रह गरेका छन् ।

अहिले चुनाव प्रचार प्रसारका क्रममा आचारसंहिता उलङ्घनका घटनाहरु बाहिर आइरहेको बताउँदै प्रधानमन्त्री देउवाले सम्बन्धीत निकायलाई कर्मचारीको व्यवस्थापन चुस्त पार्न निर्देशन दिए । उनले बजारमा व्यापारीहरुबाट भइरहेको चन्दा असुली, धम्कीजस्ता आपराधिक क्रियाकलाप पनि नियन्त्रण गर्नका लागि सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री देउवाको आज धनगढीमै बसेर कार्यकर्तासँग भेटने र भोली आफ्नो गृहजिल्ला डडेल्धुरा जाने कार्यक्रम रहेको नेपाली काँग्रेसले जनाएको छ । देउवाले प्रदेश नम्बर ७ का अन्य जिल्लाहरुमा पनि चुनावी कार्यक्रमहरुलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । पहिला आफ्नो गृह जिल्ला र त्यसपछि श्रीमती आरजुको क्षेत्रमा पनि चुनावी सभाहरुलाई सम्बोधन गर्ने कार्यक्रम रहेको काँग्रेले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.