×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बाइडेनको १९ अर्ब डलर बराबरको राहत प्याकेज अमेरिकी सिनेटद्वारा पारित

२३ फाल्गुन २०७७

२३ फागुन, एजेन्सी ।
कोभिड–१९ महामारीका कारण समस्या भोगिरहेका अमेरिकी नागरिकका लागि सहयोग गर्ने उद्देश्यसहित राष्ट्रपति जो बाइडेनले ल्याएको राहत प्याकेज सम्बन्धी विधयेकले प्रमुख अवरोध पार गरेको छ ।

१.९ ट्रिलियन (१९ खर्ब) अमेरिकी डलर बराबरको राहत प्याकेजसहितको विधेयक शनिबार माथिल्लो सदन सिनेटबाट पारित भएको हो ।

सिनेटका सबै रिपब्लिकन सिनेटरले विपक्षमा मत दिए पनि बाइडेनको राहत योजना पारित भएको हो । बाइडेनकै पार्टीको नियन्त्रण रहेको तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभले आउँदो मंगलबार सो विधेयक पारित गर्ने सम्भावना छ ।

चुनावमा आफूले वाचा गरे अनुसार अमेरिकी नागरिकलाई सहयोग गर्ने मार्गमा सिनेटबाट भएको विधेयक पारित प्रमुख फड्को रहेको राष्ट्रपति बाइडेनले बताएका छन् ।

कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा धेरै प्रभावित भएको अमेरिकामा अहिलेसम्म पाँच लाख २३ हजारको ज्यान गइसकेको छ । दुई करोड ९० लाख संक्रमित भएका छन् ।

महामारीका कारण अर्थतन्त्र प्रभावित भएको छ । हाल अमेरिकामा बेरोजगारी दर ६।२ प्रतिशत छ । महामारी सुरु भएयता तेस्रो पटक अमेरिकी सरकारले प्रभावितका लागि राहत प्याकेज ल्याएको हो ।

यो चरणको राहत प्याकेजमा प्रभावित नागरिकलाई १४ सय डलर बराबरको चेक प्रदान गरिने छ । रिपब्लिकनहरुले बाइडेनको योजना निकै खर्चिलो रहेको भन्दै विरोध गरेका छन् ।

केही डेमोक्र्याटहरुले पनि प्याकेजका केही व्यवस्थामा विरोध जनाएका छन् । नयाँ योजना अनुसार आउँदो सेप्टेम्बर ६ सम्म बेरोजगार भत्ता समेत दिइने छ । सो भत्ता भने हप्ताको ४०० डलरबाट घटाएर ३०० डलर बनाइएको छ ।

सिनेटबाट पारित भएको विधेयकलाई तल्लो सदनले पास गरेपछि राष्ट्रपतिले हस्ताक्षर गर्ने छन् र त्यसलाई कानूनी रुप दिने छन् ।

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501

बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु

d0af0e4e-e87b-4585-9afd-4f644f0e3c5e

अशान्ति मच्चाइरहेका ट्रम्पको हातमा नोबेल शान्ति पुरस्कारको मेडल

maria-corina-machado-donald-trump-101025-ae6e5dd9fc324ce1bdcca7134e2fe0b9

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

d5b8dbd0-9973-4173-b623-07238c7850f9

रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ?

rabi

सम्बन्धित खबरहरु

Scroll to Top