विराटनगर ,जेठ ३०
मोरङको केराबारीबाट प्रहरीले अवैध काठसहित पाँच जनालाई पक्राउ गरेको छ।
१४ क्युवि फिट सखूवा र साज जातको काठसहित केराबारी–७ बस्ने बिमल लिम्बु, शुक्रबहादुर लिम्बु, खगेन्द्र राई, सन्तोष राई र सुशिल लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरुलाई केराबारी गाउँपालिका–७ जनता सामुदायिक वनबाट चिरान काठ चोरी पैठारी गर्दै गरेको अवस्थामा मंगलबार राती पक्राउ गरिएको इलाका प्रहरी कार्यालय केराबारीले जनाएको छ।