Nepal Times
Nepal Times
3
Shares

आचारसंहिता उल्लंघनमा गाउँपालिका विरुद्ध उजुरी

आचारसंहिता उल्लंघनमा गाउँपालिका विरुद्ध उजुरी

कार्तिक २९, २०७४-   डोजर लगाएर सडक निर्माण गरी  आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई प्रभावित गर्न खोजेको भन्दै रघुगंगा र मंगला गाउँपालिका विरुद्ध उजुरी परेको छ ।

रघुगंगा गाउँपालिकाले लोकतान्त्रिक गठवन्धनका प्रतिनिधि सभा सदस्य उम्मेदवार खमबहादुर गर्वुजा र प्रदेश सभा ‘क’ का उम्मेदवार भीमप्रसाद गौचनको पक्षमा र मंगला गाउँपालिकाले एमालेबाट प्रदेश सभा ‘ख’ की उम्मेदवार नरदेवी पुनको पक्षमा मत प्रभावित बनाउन डोजर प्रयोग गरेको भन्दै छुट्टाछुट्टै उजुरी परेको मुख्य जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

मुख्य निर्वाचन कार्यालयका आचार संहिता अनुगमन अधिकृत छविन्द्र वेलवासेका अनुसार कार्यालयले दुवै गाउँपालिकालाई तिन दिन भित्र उक्त सडक निर्माणको बजेट, कार्यक्रम, लागत अनुमान र कार्यादेश, गाउँकार्यपालिकाको निर्णय सहित कागजात मागिएको छ । बेनी नगरपालिका, ९ घतानका खिमबहादुर चोखालले तस्विर सहित रघुगंगा गाउँपालिकाले निर्वाचन आचार संहिता विपरित झिं–पाखापानी सडक निर्माण गरेको उजुरी गरेका छन् । त्यसैगरी काँग्रेस जिल्ला सचिव मीमबहादुर कार्कीले मंगला गाउँपालिकाले कुहुँ–काउले सडक निर्माण गरिरहेको उजुरी गरेका छन् । प्रमुख, उपप्रमुख समेत दुई तिहाई बहुमत काँग्रेसले नेतृत्व गरेको रघुगंगा गाउँपालिकाले लोकतान्त्रिक गठबन्धनका प्रदेश सभा ‘क’ का उम्मेदवार भीमप्रसाद गौचनको जन्मगाउँ पाखापानी जोड्ने सडक निर्माण गरेको हो । गर्वुजा र गौचन दुवै उम्मेदवारका बासिन्दा हुन् ।

त्यसैगरी एमाले समेत वामगठवन्धनको पूर्ण नेतृत्व रहेको मंगला गाउँपालिकाले पनि एमालेबाट प्रदेश सभा ‘ख’ की उम्मेदवार नरदेवी पुनको पक्षमा मत प्रभावित उनकै गाउँमा बस्ती जोड्ने सडक निर्माण गरेको उजुरी परेको हो ।  ‘निर्वाचन आचार संहिता लागु भएपछि विभिन्न गाउँपालिकामा डोजर लगाएर मत प्रभावित हुने गरी सडक निर्माण भैरहेको उजुरी परेका छन’ मुख्य निर्वाचन अधिकृत राजकुमार कोईरालाले भने, ‘सरोकार पक्षलाई पत्र लेखी सचेत गराउनुको साथै उजुरीको सत्यतथ्यमाथी अनुसन्धान सुरु गरेका छौं ।’

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.