हाँडीगाउँबाट पेस्तोलसहित दुईजना पक्राउ

हाँडीगाउँबाट पेस्तोलसहित दुईजना पक्राउ

१५ चैत्र, काठमाडौं ।
काठमाडौंको हाँडीगाउँबाट पेस्तोलसहित दुईजना पक्राउ परेका छन्।

सशस्त्र प्रहरीको टोलीले शनिबार दिउँसो मेडइन युएसए लेखिएको एक थान नौ मिमी पेस्तोल‚ पाँचवटा गोली र म्याग्जिनसहित उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–३ शिखर अम्बोटे घर भई काठमाडौंको जडिबुटी बस्ने कोटे लामा र नवबुद्ध नगरपालिका–११ घर भई जडिबुटी बस्ने अनन्त तामाङ्ग रहेका छन्।

कोटे २०७४ सालदेखि फरार अभियुक्त रहेको प्रहरीले जनाएको छ।

एपिएफ इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा खटिएको टोलीले उनीहरुलाई महानगरीय प्रहरी बिट मालिगाउँलाई जिम्मा लगाएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.