×

NEPAL TIMES UPDATES

Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026
Playing
चिमोरिया प्रकरणमा तुलसाले सत्य खोलिन्, कति स्वीकारिन् ? || Nepal Times
Apr 05, 2026
Playing
बालेन सरकारले ७ हजारअनलाइन सट्टेबा जी एप र वेबसाइट बन्द गरायो || Nepal Times
Apr 05, 2026
Playing
अब कार्यालय समय ९ देखि ५ बजेसम्म, सातामा २ दिन बिदा|| Nepal Times
Apr 05, 2026
Playing
बालेन सरकारको निर्णयविरुद्ध उत्रिए कर्ण शाक्य , मागे मुआब्जा || Nepal Times
Apr 05, 2026
Playing
Top 15 Afternoon News || April-05-2026 || Nepal Times
Apr 05, 2026

निर्माणमा कमजोरी देखिए प्राविधिक पनि दोषी ः मन्त्री महासेठ

३ असार २०७५

काठमाडौँ, असार ३

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले निर्माण व्यवसायीलाई अब कुनै किसिमको धरपकड नगरिने प्रतिबद्धता जनाएका छन्।

Advertisement

निर्माण व्यवसाय विकास परिषद्को आज काठमाडौँमा भएको बैठकमा उनले व्यवसायीलाई विगतमा जस्तो व्यवहार नगरिने स्पष्ट गरे । सो अवसरमा नेपाल निर्माण व्यवसायी महासंघ प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै मन्त्री महासेठले निर्माण व्यवसायीलाई धरपकड भएमा तुरुन्त आफूलाई खबर गर्न आग्रह गरे ।

निर्माण ढिलो हुनुमा व्यवसायी मात्र दोषी नरहेको उल्लेख गर्दै उनले भने, “कतै रुख काटेको हुँदैन, कतै बिजुलीको पोल सारेको हुँदैन, यस्ता कारणले पनि निर्माण ढिलो भएको छ, त्यसैले व्यवसायीलाई मात्र दोष दिन मिल्दैन ।” निर्माणमा कमजोरी देखिए व्यवसायी मात्र नभई प्राविधिक पनि दोषी ठहरिने मन्त्री महासेठको भनाइ थियो ।

विकासनिर्माणलाई छिटोछरितो बनाउन ‘साइट क्लियरेन्स’ नगरी बोलपत्र आह्वान नगर्न आफूले सडक विभागलाई निर्देशन दिइसकेको उनले सुनाए। डिजाइनको काम पनि अब सरकारले गर्ने मन्त्री महासेठले बताए ।

“जानीजानी गलत काम गर्ने कसैलाई छोडिँदैन, गलत काम गर्ने व्यवसायी हुन् या प्राविधिक, कारवाही हुन्छ”, उनले भने । व्यवसायीको भुक्तानी रोकिएको समस्या समाधानका लगि पहल भइरहेको मन्त्रालयले जनाएको छ ।

सांसद एवं महासंघका मानार्थ सदस्य जिपछिरिङ लामा शेर्पा, महासंघ अध्यक्ष विष्णुभाइ श्रेष्ठसहित पूर्वअध्यक्ष रमेश शर्मा, सुकुन्तलाल हिराचन, यक्षध्वज कार्की, जयराम लामिछाने, महासचिव रामशरण देउजा, प्रवक्ता विष्णु बुढाथोकीलगायतले व्यवसायीका विविध समस्याबारे ध्यानाकर्षण गराए।

प्रशासनलाई ज्ञापनपत्र 
देशभरका निर्माण व्यवसायीमाथि भइरहेको धरपकडको विरोध गर्दै चन्दा आतंक, असुरक्षा, सरकारी निकायबीचको समन्वय अभाव, निरन्तरको महँगी, निर्माण सामग्रीको अभावजस्ता समस्याबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन आज बिहान ७७ जिल्लाका निर्माण व्यवसायी संघले जिल्ला प्रशासन कार्यालयमा गई प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।

सातै प्रदेशका प्रदेश महासंघले पनि आजै मुख्यमन्त्रीमार्फत प्रधानमन्त्री ओलीलाई सोही व्यहोराको ज्ञापनपत्र बुझाएको महासंघले जनाएको छ ।
रासस

Advertisement

 

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top