प्रधानमन्त्रीसँग सवालजवाफ गर्न माग

प्रधानमन्त्रीसँग सवालजवाफ गर्न माग

काठमाडौँ, असार ३

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा सञ्चालन नियमावली छिट्टै कार्यान्वयनमा आएलगत्तै प्रधानमन्त्रीसँग सांसदले संसद्मा सवालजवाफ गर्न पाउनुपर्ने बताएका छन्।

यसअघि सभामुखसँग विशेष समय माग गर्दै सांसद डा मीनेन्द्र रिजालले प्रधानमन्त्रीसँग सवालजवाफ गर्न पाउनुपर्ने माग राखेका थिए ।

प्रतिनिधिसभा सञ्चालन नियमावलीअनुसार महिनामा दुई पटक प्रधानमन्त्रीसँग सांसदले सवालजवाफ गर्नपाउने प्रावधान छ ।

संसद्मा विनियोजन विधेयक २०७५ का विभिन्न शीर्षकमाथिको छलफल चलिरहँदा सभामुखसँग विशेष समय माग गर्दै उनले सत्तापक्षका सांसद बस्ने बैठकस्थल खाली भएको देखाउँदै संसद् जनताप्रति उत्तरदायी नभएको आरोप लगाएका थिए।
रासस

 

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.