विराटनगर,असार ४
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले कार्यकारी राष्ट्रपतिय प्रणाली व्यवस्था हाम्रो जस्तो मुलुकका लागि उपयुक्त नहुने वताएका छन् ।
नेपाल प्रेस यूनियन मोरङले विराटनगरमा आईतबार गरेको पत्रकार सम्मेलनमा उनले मुलुक संघीयतामा गई सकेको अवस्थामा राष्ट्रपति प्रणाली व्यवस्थाले सम्पूर्ण शक्ति केन्द्रिकृत हुने भएकाले निरंकुशता कायम हुने वताए ।
नेता केसीले नेपालको संविधान सम्झौताको दस्तावेज भएको वताउदै राष्ट्रपति पद्धतिमा शक्ति एक स्थानमा केन्द्रीत हुनाले निरंकुश हुने सम्भावना भएकाले संसदीय पद्धतिमा लोकतान्त्रिक समावेशी हुने र यो नै नेपालको लागि उपयुक्त हुने दावी गरे ।
कार्यकारी राष्ट्रपति प्रणाली विषयमा नेपाल कम्युनिष्ट पार्टिका शिर्ष नेताले कुरा उठाए पनि त्यो कार्यान्वय हुने कुरा असम्ंभव रहेको उनले ब ताए। उनले पाचवर्ष पछि नेपाली कांग्रेसलाई सवैभन्दा ठूलो पार्टी वनाउनेगरी कांग्रेसले सशक्त भएर प्रतिपक्षको भूमिका निर्वाहगर्ने बताए।
उनले सरकारको कामको मूल्याङ्कन , निरीक्षण र परिक्षण गरेर राम्रा काममा सहयोगगर्ने वताए। काग्रेसलाई सुदृढिकरण र संगठित वनाउन पार्टी नेतृत्व तह जिम्मेवार हुनुपर्नेमा उनले जोड दिए।
उनले नेपाली कांग्रेसको विधान संघीय स्वरुपमा शंशोधन गरी महाधिवेशन गराउने कार्यमा तत्काल अगाडि बढनु पर्ने वताए ।