×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

नेपाल हुँदै तेस्रो मुलुक जाने भारतीयबाट संक्रमण फैलने खतरा

५ बैशाख २०७८

५ वैशाख, काठमाडौँ । छिमेकी मुलुक भारतमा यतिखेर कोरोना संक्रमण काबुभन्दा बाहिर गएको छ ।

छिमेकी राष्ट्रमा कोरोनाको कहर थेग्न नसक्ने अवस्थामा पुगेसँगै जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले नेपालमा पनि त्यसको भयावह असर पर्ने चिन्ता व्यक्त गरिसकेको छ ।

Advertisement

सरकारले कोरोनाको संक्रमणको प्रमुख खतरालाई भने बेवास्ता गरिरहेको छ ।भारतले विदेशमा जाने हवाई उडानहरू बन्द गरेदेखि नै वैदेशिक रोजगारीमा रहेका भारतीयहरू नेपाल भएर पुनः काममा फर्कन थालेका छन् ।

गत फेब्रुअरीदेखि नै काठमाडौंस्थित भारतीय दूतावासमा ‘नो अब्जेक्सन लेटर’ अर्थात् ‘एनओसी’ लिनेहरूको थेग्नै नसकिने भीड लागेको छ ।

स्रोतका अनुसार फेब्रुअरीदखि अहिलेसम्म करिब २५ हजार भारतीय कामदारहरू काठमाडौंस्थित भारतीय दूताबासबाट एनओसी लिएर आफ्नो विदेशी कर्मथलोमा फर्किसकेका छन् ।

अझै पनि करिब २ लाख ५० हजार भारतीय कामदार तेस्रो गन्तव्य राष्ट्रका लागि नेपाल भित्रिने अनुमान गरिएको छ ।

अझै पनि भारतको अति संक्रमित दिल्लीबाट दैनिक ५ सयभन्दा बढी भारतीय कामदार काठमाडौं आउने गरेका छन् भने सीमा क्षेत्रबाट वैध तथा अवैधरूपमा भित्रिनेहरूको संख्या त गणनामै आउन सकेको छैन ।

सिंगापुर, चीन, साउदी अरेबियालगायतका राष्ट्रमा करोडौंको संख्यामा भारतीय कामदार कार्यरत छन् ।

भारतीय दूतावासमा एनओसी लिनेको भीड यति धेरै छ कि सातामा २ दिन शनिबार र आइतबार बन्द रहने दूतावासको कन्सुलर सेक्सन भने सातै दिन व्यस्त रहन्छ ।

दूतावासले नेपालमा पनि कोभिड–१९ को संक्रमण बढ्दै गएकाले कन्सुलर सेवा प्रभावित भएको सूचना जारी गरे तापनि तेस्रो राष्ट्र जानेहरूलाई एनओसी दिने कार्य भने रोकेको छैन ।

दूताबास परिसरभित्र कोभिडसम्बन्धी स्वास्थ्य मापदण्ड पालना गरे तापनि दूतावासबाहिरको भीड भने अनियन्त्रित छ ।

केही दिनअघि उक्त भीडलाई नियन्त्रण गर्न दूतावासमा खटिएका सुरक्षाकर्मीले लाठीचार्जसमेत गर्नुपरेको थियो ।

Advertisement

आजको नेपाल समाचार पत्र दैनिकमा समाचार छ ।

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top