एउटै व्यक्तिबाट १३ वटा स्टिङ अपरेसन

एउटै व्यक्तिबाट १३ वटा स्टिङ अपरेसन

६ बैशाख , काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने स्टिङ अपरेसनलाई केही व्यक्तिले ‘धन्दा’ बनाउन थालेको पाइएको छ।

अदालतमा पुगेको कागजातका आधारमा एउटै व्यक्तिले १३ वटासम्म स्टिङ अपरेसन गराएका छन्। तिनले कृत्रिम सेवाग्राहीका रूपमा अख्तियारमा उजुरी दिई त्यहींबाट ल्याएको पैसा खुवाएर फन्दामा पार्ने गरेको देखिएको छ।

ललितपुर गोदावरीका राजकुमार तिमल्सिनाले १३ स्ट्रिङ अपरेसन गराएका हुन्। मोहनलाल ढकालको मुद्दामा २०७७ चैत १८ गते विशेष अदालत काठमाडौंमा गरेको बकपत्रको सवाल–जवाफको १४ र १५ नम्बरमा त्यो उल्लेख छ। मुद्दा नम्बर ००४१ मा उनले १३ वटामध्ये ७ वटाको नाम खुलाएका छन्। बाँकी ६ वटाको भने खुलाएका छैनन्।

विशेष अदालतको विवरणअनुसार उनले स्टिङ अपरेसन गराएका मुद्दामा ०७६–सीआर–००११२ मा सिन्धुलीका ट्राफिक कार्यालयका प्रहरी सहायक निरीक्षक श्यामबहादुर माझीे, सुनसरीका ट्राफिक प्रहरी भीमबहादुर कटुवालसमेत ०७६–सीआर–००१७, अपराध अनुसन्धान विभाग काठमाडौंमा कार्यरत जय नेपाल थापा ००७६–सीआर–०२२० छन्।

त्यस्तै लक्ष्मण रायमाझी जिल्ला प्रशासन कार्यालय काठमाडौंका नायबसुब्बा ०७६–सीआर–०४४३, करदाता सेवा कार्यालय इलाममा कार्यरत मोहनलाल ढकाल ०७७–सीआर–००४१, विदुर रेग्मी ०७५–सीआर–००४१ छन्।

उनले सिन्धुली ट्राफिक प्रहरी जवान प्रेमप्रसाद यादवलाई पनि स्ट्रिङ गराएकामा आयोगले सफाइ दिएको थियो। उनले कार्यालयमा सेवाग्राहीका रूपमा प्रवेश गर्ने तरिका विभिन्न अपनाउने गरेको देखिन्छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.