×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कोरोना नियन्त्रणका लागि सरकारलाई कांग्रेसका ११ सुझाव

१८ बैशाख २०७८

१८ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको लापर्बाहीका कारण तथा विगतको गल्तीबाट पाठ नसिक्दा कोरोना संक्रमणको अवस्था बढ्दो गतिमा पुगेको भन्दै रोकथाम तथा नियन्त्रणका लागि ११ सुझाव दिएका छन् ।

आफ्नो निजी निवास बुढानीलकण्ठमा शुक्रबार पत्रकारसम्मेलन गर्दै देउवाले सरकारको चरम लापर्बाही, असंवेदनशीलता र अकर्मण्यताका कारण कोरोना महामारी व्यापक रूपमा फैलिएको आरोप लगाए ।

सरकारले विगतबाट पाठ नसिक्दा तथा उद्घाटन, भीडभाड र तडकभडकमा व्यस्त रहँदा कोरोना रोकथाम तथा नियन्त्रणतर्फ कुनै ठोस काम नभएर यस्तो अवस्था आएको देउवाले भनेका छन् ।

‘संक्रमितहरूको उपचार गर्न देशको स्वास्थ्य संरचनाले धान्नै नसक्ने स्थिति बनेको छ, बढ्दो संक्रमणसँगै आईसीयू बेड, भेन्टिलेटर र अक्सिजनको टड्कारो अभाव देखिन थालेको छ, यस्तो परिस्थिति आउनुमा सरकारको चरम लापर्बाही, असंवेदनशीलता र अर्कमन्यता जिम्मेवार छ,’ देउवाले पत्रकार सम्मेलनमार्फत भने ।

देउवाले संक्रमण व्यापक रूपमा बढेको भन्दै आवश्यक आईसीयू बेड, अक्सिजन, औषधी र भेन्टिलेटरको तत्काल व्यवस्था मिलाउनेतर्फ ध्यान दिन सरकारलाई आग्रह गरेका छन् ।

अत्यावश्यक अक्सिजन भेन्टिलेटरको आपूर्ति तत्काल सुनिश्चित गरियोस्, अस्पतालमा आईसीयू बेड, आवश्यक औषधिको तत्काल समुचित व्यवस्था गरियोस्, कन्ट्रयाक टेसिङलाई व्यापक बनाइयोस्,’ देउवाले पत्रकार सम्मेलनमार्फत सरकारलाई सुझाउँदै भने ।

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501

बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु

d0af0e4e-e87b-4585-9afd-4f644f0e3c5e

अशान्ति मच्चाइरहेका ट्रम्पको हातमा नोबेल शान्ति पुरस्कारको मेडल

maria-corina-machado-donald-trump-101025-ae6e5dd9fc324ce1bdcca7134e2fe0b9

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

d5b8dbd0-9973-4173-b623-07238c7850f9

रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ?

rabi

सम्बन्धित खबरहरु

Scroll to Top