कोरोनका कारण पत्रकार दाहालको मृत्यु

कोरोनका कारण पत्रकार दाहालको मृत्यु

२५ बैशाख, काठमाडौँ । कोरोना संक्रमणका कारण पत्रकार दिनेश दाहालको मृत्यु भएको छ ।

संक्रमण पुष्टि भएपछि उपचाररत दाहालको उपचारकै क्रममा निधन भएको नेपाल पत्रकार महासंघले जनाएको छ ।

महासचिव रोसन पुरीले एक विज्ञप्ति जारी गर्दै नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाका सदस्य दिनेश दाहालको कोरोना संक्रमणका कारण ४० वर्षको अल्पायुमै निधन भएको बताएका छन् ।

वैशाख १ गते कोरोना संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा रहेका दाहाललाई श्वासप्रश्वासमा समस्या देखिएपछि वैशाख १० गते ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको थियो । १५ दिनदेखि उपचाररत दाहालको शनिबार बिहान उपचारको क्रममा निधन भएको हो ।

दाहाल विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय थिए । उनको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल र जुझारु युवा पत्रकार गुमाएको महासंघले जनाएको छ ।

दाहालको निधनसँगै नेपालमा कोरोनाकै कारण हालसम्म ८ जना पत्रकारको निधन भएको छ । ६ सय ५० भन्दा बढी पत्रकार संक्रमित छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.