NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
क्लासिक टेकको ‘टेक सपोर्ट क्याम्प’ आजदेखि सुरु शनिबार साउन १७ , २०८२
’मोबिलिटी एक्स्पो’ मा सनलोङका दुई शक्तिशाली माइक्रोभ्यान सार्वजनिक हुँदै शुक्रबार साउन १६ , २०८२
माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो  शुक्रबार साउन १६ , २०८२
पहिलो राष्ट्रिय कोदो दिवसःगरिबको खानाबाट सुपर फुडसम्म शुक्रबार साउन १६ , २०८२
८ दशकपछि राष्ट्रसंघको उच्च तहमा पुग्यो नेपाल शुक्रबार साउन १६ , २०८२
Next
Prev

समाचार

नयाँ शैक्षिकसत्र फेरी सर्न सक्ने

आइतवार जेष्ठ २ , २०७८
Reading Time: 1 min read
A A
काठमाडौं महानगरका विद्यालय माघ १ गतेबाट खुल्ने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२ जेष्ठ, काठमाडौँ । दोस्रो लहरको कोरोना सङ्क्रमण बढ्दो रहेकाले दुई महिनापछि धकेलिएको नयाँ शैक्षिकसत्र आगामी असार १ गतेदेखि सुरू हुनेमा अन्योल देखिएको छ।

गत वर्षको महामारीको प्रभावका आधारमा चालु शैक्षिकसत्र, २०७७ लाई जेठ मसान्तसम्म लम्ब्याएर असार १ गतेदेखि नयाँ शैक्षिकसत्र, २०७८ सञ्चालन गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ परिस्थितबारे आँकलन गरिरहेको छ।

आइतबारसम्मको विवरणमा संक्रमणबाट मृतकको सङ्ख्या चार हजार ८५६ पुगेको छ भने मुलुकभर सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख नौ हजार ७४० छ।

LS Auto

महामारी नियन्त्रण र रोकथामका लागि मुलुकका ७३ जिल्लामा निषेधाज्ञा जारी छ।

कोरोनाको दोस्रो लहरले बालबालिकालाई झन् बढी जोखिम हुने भएकाले निषेधाज्ञा जारी हुनु अगावैदेखि शिक्षालयहरूमा भौतिक उपस्थितिको पढाइ बन्द गराइएको छ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले नयाँ शैक्षिकसत्र असारदेखि हुने गरी शिक्षा नियमावालीमा भएको संशोधन नेपाल राजपत्रमा प्रकाशन भइसकेको र सोबमोजिम सम्बन्धित पक्षलाई सूचना पठाइएको बताउँदै नयाँ परिस्थितिबारे सरकारले निर्णय गरिनसकेको जनाए।

अर्को निर्णय नभएसम्म विद्यालयहरूले असार १ गतेदेखि नै नयाँ शैक्षिकसत्र सुरू गर्नुपर्ने हुन्छ भने यसको व्यवहारिकता हेरेर पाठ्यवस्तुमा थप समायोजना गरी नयाँ भर्नाको नयाँ मिति तय गर्नुपर्ने देखिएको छ।

विगतमा हरेक चैतमा वार्षिक परीक्षा समाप्त भई वैशाखमा नयाँ भर्ना हुँदै आएको थियो भने गत वर्ष सुरू भएको कोरोना महामारीका कारण अधिकांश महिना प्रत्यक्ष कक्षा बन्द भई वैकल्पिक प्रणालीको सिकाइ निरन्तरतामार्फत् पाठ्यवस्तु समायोजन गरेर पठनपाठन गराइएको थियो। बन्दाबन्दीका कारण गत वर्ष पनि भदौ महिनासम्म नयाँ भर्ना हुन सकेको थिएन।

कोभिड–१९ र यस्तै प्रकृतिका महामारीको अवस्थालाई सम्बोधन हुने गरी नेपाल सरकार, मन्त्रिपरिषद्ले शिक्षा नियमावली, २०५९ मा नवौं संशोधन, २०७७ गरी शैक्षिकसत्र परिवर्तनको अधिकार मन्त्राललाई प्रदान गरेको थियो।

गत पुस १२ गते शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त भएपछि कृष्णगोपाल श्रेष्ठले उक्त नियमावली संशोधन गराएका थिए। नियमावाली संशोधनको उक्त सूचना नेपाल राजपत्रमा गत फागुन ३ गते प्रकाशन गरिएको थियो।

शिक्षा ऐन, २०२८ (नवौं संशोधन) को दफा १९ ले दिएको अधिकार प्रयोग गरी संशोधित नियमावालीको नियम ८४ को (१) मा ‘महामारी वा अन्य विपद् वा विकट हिमाली क्षेत्रका कारण शैक्षिकसत्र परिवर्तन गर्नुपर्ने अवस्था आएमा मन्त्रालयले गर्न सक्नेछ’, भनिएको छ।

विकट हिमाली क्षेत्र भन्नाले कालीकोट, जुम्ला, डोल्पा, मुगु, हुम्ला, मनाङ र मुस्ताङ मानिएको छ।

ती विकट जिल्लामा यसअघि हरेक फागुनदेखि शैक्षिकसत्र सुरू हुँदै आएको थियो।

नियमावलीको मूल नियम ८० मा संशोधन गरी ‘महामारी वा अन्य यस्तै विपद् कारण पठनपाठन अवरुद्ध भई विद्यालयबाट स्थानान्तरण हुनु परेको विद्यार्थीले स्थानान्तारण भई आउन चाहेको स्थानको विद्यालयमा सो व्यहोरा खोली निवेदन दिएमा सम्बन्धित विद्यालयले त्यस्तो विद्यार्थीलाई स्थानान्तरण गर्नुपर्नेछ। सोको जानकारी शिक्षा विकास तथा समन्वय इकाइलाई दिनुपर्नेछ’ व्यवस्था गरिएको छ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष लक्ष्मण शर्माले अहिलेको अवस्थामा आगामी असार १ गतेदेखि नयाँ भर्ना गर्न सम्भव नभएको प्रतिक्रिया दिए।

उनले अनलाइनलगायत वैकल्पिक माध्यमको सिकाइका लागि शिक्षक तयार रहे पनि सबै स्थानका विद्यार्थीसँग पहुँच नभएकाले महामारीको प्रभाव कम हुँदै गएमा आगामी भदौतिरबाट शैक्षिकसत्र सुरू गर्न सकिने बताए।

महामारीकै कारण माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० र १२ को परीक्षा स्थगन भएका छन्। यी परीक्षा निर्धारण नभएसम्म पनि नयाँ शैक्षिकसत्रबारे निर्णय गर्न असुविधा हुने देखिएको छ।

सहरी क्षेत्रका निजी विद्यालयले भने सरकारको शुल्क उठाउन आफूखुसी नयाँ भर्ना सुरू गर्ने तयारी गरेका छन्।

शिक्षा मन्त्रालयले गत जेठ १८ गते जारी गरेको ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७’ बमोजिम टेलिभिजन र रेडियोबाट पनि पाठ्यवस्तुमा आधारित सामग्री प्रसारण हुँदै आएका छन्।

कक्षा १ देखि १२ सम्म सामुदायिक विद्यालयमा ५० लाख २८ हजार ८३ र निजी लगानीका विद्यलायमा १९ लाख ९३ हजार ५३९ गरी ७० लाख २१ हजार ६२२ विद्यार्थी छन्।

फ्ल्यास रिपोर्ट, २०७६ अनुसार मदरसा, गुम्बा र गुरुकूलतर्फ एक हजार १२९ विद्यालय छन्।

सरकारले आउँदो शैक्षिकसत्रका लागि पनि कक्षा १ देखि १० सम्मका पाठ्यपुस्तकको मूल्यसूची यथावत् कायम राखेको छ। शिक्षा मन्त्रालयले चालु शैक्षिकसत्र, २०७७ का लागि स्वीकृत गरेको मूल्यसूची शैक्षिक वर्ष २०७८ का लागि पनि कायम रहने गरी पाठ्यक्रम विकास केन्द्रले सूचना प्रकाशन गरेको छ। रासस

लोकप्रीय

क्लासिक टेकको ‘टेक सपोर्ट क्याम्प’ आजदेखि सुरु

क्लासिक टेकको ‘टेक सपोर्ट क्याम्प’ आजदेखि सुरु

शनिबार साउन १७ , २०८२
’मोबिलिटी एक्स्पो’ मा सनलोङका दुई शक्तिशाली माइक्रोभ्यान सार्वजनिक हुँदै

’मोबिलिटी एक्स्पो’ मा सनलोङका दुई शक्तिशाली माइक्रोभ्यान सार्वजनिक हुँदै

शुक्रबार साउन १६ , २०८२
माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

शुक्रबार साउन १६ , २०८२

विचार

थप समाचार

क्लासिक टेकको ‘टेक सपोर्ट क्याम्प’ आजदेखि सुरु
ताजा समाचार

पहिलो राष्ट्रिय कोदो दिवसःगरिबको खानाबाट सुपर फुडसम्म
ताजा समाचार

पहिलो राष्ट्रिय कोदो दिवसःगरिबको खानाबाट सुपर फुडसम्म

शुक्रबार साउन १६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:Indiaले अमेरिकी F-35 नकिन्ने, Ukraine यु*द्ध Indiaका कारण रोकिएन|| Nepal Times

World News:Indiaले अमेरिकी F-35 नकिन्ने, Ukraine यु*द्ध Indiaका कारण रोकिएन|| Nepal Times

00:12:31

World News: Trumpलाई नोबेल पुरस्कार दिनैपर्ने, ६भारतीय कम्पनीमाथि गक प्रतिबन्ध || Nepal Times

00:22:07

World News:Russiaसंग सम्बन्ध तोड्न Indiaलाई दबाब, Chinaले Russiaबाट तेल खरिद जारी राख्ने

00:15:55

World News:पाक सेनाविरुद्ध ड्रोन छाडिदै, ३ सन्तान जन्माए १५ सय डलर || Nepal Times

00:15:53

World News: यु*द्ध रोक्न Russiaलाई नयाँ डेडलाइन, रोकियो भारतीय नर्सको मृ*त्युदण्ड || Nepal Times

00:16:03

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

४७ गुण्डा नाइके  खोरमा, सिंघम बने एसएसपी विश्व अधिकारी

४७ गुण्डा नाइके  खोरमा, सिंघम बने एसएसपी विश्व अधिकारी

शुक्रबार साउन १६ , २०८२
ट्रम्पमाथि मोदीको अट्याक,F 35 नकिन्ने,रूसबाट  Su–५७ किन्ने

ट्रम्पमाथि मोदीको अट्याक,F 35 नकिन्ने,रूसबाट Su–५७ किन्ने

शुक्रबार साउन १६ , २०८२
माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

शुक्रबार साउन १६ , २०८२

हालका पोस्टहरू

क्लासिक टेकको ‘टेक सपोर्ट क्याम्प’ आजदेखि सुरु

क्लासिक टेकको ‘टेक सपोर्ट क्याम्प’ आजदेखि सुरु

शनिबार साउन १७ , २०८२
’मोबिलिटी एक्स्पो’ मा सनलोङका दुई शक्तिशाली माइक्रोभ्यान सार्वजनिक हुँदै

’मोबिलिटी एक्स्पो’ मा सनलोङका दुई शक्तिशाली माइक्रोभ्यान सार्वजनिक हुँदै

शुक्रबार साउन १६ , २०८२
माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

शुक्रबार साउन १६ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.