बिएण्डसीलाई सम्बन्धन नदियोस् : डा। केसी

बिएण्डसीलाई सम्बन्धन नदियोस् : डा। केसी

४ जेठ, काठमाडौं ।

काठमाडौं विश्वविद्यालयले झापाको बिएण्डसी प्रस्तावित मेडिकल कलेजलाई सम्बन्धन दिने प्रक्रिया अघि बढाएपछि चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले विरोध गरेका छन्।

केसीले सो कदमलाई अवैध भनेका छन्। ‘सिंगो देश कोभिडको कहरबाट गुज्रिरहेको समयमा निरीक्षणको फर्जी कागज बनाएर आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गई निर्णय गर्ने केयुका उपकुलपति भोला थापा लगायतका पदाधिकारीहरू पदीय दुरूपयोग र भ्रष्टाचारमा चुर्लुम्म भएको प्रमाणित भएको छ, त्यसैले उनीहरूमाथि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्काल भ्रष्टाचारको मुद्दा चलाएर पदमुक्त गरिनुपर्छ।’ केसीले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

केसीले हाल कायम ऐनका प्रावधानहरू नै कुल्चेर चिकित्सा शिक्षा आयोगलाई बाइपास गर्दै केयुले अवैध रूपमा सम्बन्धन दिने प्रयास गर्नु निन्दनीय रहेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।

काठमाडौं विश्वविद्यालयले बिएण्डसीलाई सम्बन्धन दिने निर्णय गरिसकेको भन्दै त्यसको कार्यान्वयनका लागि चिकित्सा शिक्षा आयोगमा सोमबार लेखी पठाएको थियो।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.