मलेसियामा जारी एसिसि यु १९ एसिया कपको सेमिफाइनलमा नेपाललाई सात विकेटले हराउँदै अफगानिस्तान फाइनलमा प्रवेश गरेको छ।
कमजोर प्रदर्शन गर्दै नेपालले दिएको १०४ रनको झिनो लक्ष्य अफगानिस्तानले मात्र ३ विकेट गुमाएर २०.३ ओभरमा भेट्टायो। उ
इम्राहिम जार्दन ३ रनमा आउट भए। नेपालका लागि कमल सिंह ऐरीले १ विकेट लिए।
यसअघि पहिलो पटक एशिया कपको सेमिफाइनलमा पुगेको नेपालले आज निकै खराव प्रदर्शन गर्यो । भारत जस्तो बलियो टिमलाई हराएर मनोबल उच्च पारेको नेपालको ब्याटिङ आज ध्वस्त भयो।
मलेसियाको किनरारा ओभल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल २८ ओभरमा एक सय तीन रनमा अलआउट भयो। खराब ब्याटिङ गरेको नेपालका लागि अनिल शाहले ५० रन जोडे पनि अन्य सवै ब्याट्सम्यानले दोहोरो रन जोड्न नसकि पवेलियन फर्किए।नेपालको स्कोर दुई रन हुँदा आसिफ सेख खाता खोल्न नपाउँदै मैदानबाट बाहिरिएका थिए। त्यसपछि अर्का ओपनर जितेन्द्रसिंह ठकुरी पनि मात्र एक रनमा आउट भए पनि नेपालले नौ रनमा दोस्रो विकेट गुमायो।
अर्का भरपर्दा ब्याट्सम्यान कप्तान दिपेन्द्र सिंह ऐरी ६ रनमा आउट भएपछि नेपालको स्कोरबोर्डमा रन जोडन संघर्ष गर्न बाध्य भयो।
त्यसपछि नेपालको स्कोर ४१ रन हुँदा रोहितकुमार पौडेल मात्र चार रनमा आउट भए।
एकपछि अर्को विकेट गुमाएको नेपालको नेपालले ८५ रन हुँदा थप पाँच विकेट गुमायो। अन्ततः नेपाल मात्र १ सय ३ रनमा अलआउट भयो।
नेपालका पारीलाई ध्वस्त बनाउन मुजीव उर रहमान एक्लैले ६ विकेट लिए।
अब फाइनलमा अफगानिस्तानले उपाधिका लागि पाकिस्तानसँग प्रतिश्पर्धा गर्नेछ। यसअघि समूह चरणको खेलमा अफगानिस्तानले पाकिस्तानलाई हराइसकेको छ।