दाङमा कुलोको विषयमा विवाद हुँदा गोली चल्यो, एक पक्राउ

दाङमा कुलोको विषयमा विवाद हुँदा गोली चल्यो, एक पक्राउ

२८ जेठ, काठमाडौं ।

दाङमा गोली चलेको छ। शुक्रबार दिउँसो तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ मा कुलोको विषयमा विवाद हुँदा एक युवकले गोली चलाएका हुन् ।

गोली चलाएको आरोपमा पूर्ण वली पक्राउ परेका छन्। उनले चलाएको गोली कसैलाई नलागेको जिल्ला प्रहरी कार्यालय दाङका एपसी गणेश लामाले जानकारी दिए ।

वलीसँग भएको पेस्तोल र ६ राउन्ड गोली पनि बरामद गरेको छ । सामान्य बिबादमा तर्साउन गोली चलाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.