NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै आइतवार असार २२ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह आइतवार असार २२ , २०८२
नाउपाले सरकार छाड्यो, ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने  आइतवार असार २२ , २०८२
११ महिना आलटाल, १२ औं महिनामा फालाफाल  आइतवार असार २२ , २०८२
ट्रम्प मस्कको महायुद्ध,नयाँ पार्टी घोषणा ?ट्रम्पको साम्राज्य ढल्छ? आइतवार असार २२ , २०८२
Next
Prev

समाचार

संसद बैठकमा प्रधानमन्त्रीकाे जवाफ ःबाटो बनाउँदा महेन्द्रको बिरोध गर्नेहरु रेल बनाउँछु भन्दा मेरो बिरोध गर्छन

शुक्रबार असार १५ , २०७५
Reading Time: 1 min read
A A
Advertisement
संसद बैठकमा प्रधानमन्त्रीकाे जवाफ ःबाटो बनाउँदा महेन्द्रको बिरोध गर्नेहरु रेल बनाउँछु भन्दा मेरो बिरोध गर्छन
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

काठमाडौँ, असार १५

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार नयाँ ढंगले अगाडि जान खोजेका कारण राष्ट्रिय अनुसन्धान विभागलगायतका प्रमुख विभागहरु प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत ल्याइएको स्पष्ट पारेका छन्।

विनियोजन विधेयक, २०७५ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरुको आज संसद्मा जवाफ दिँदै प्रधानमन्त्री ओलीले जनता सार्वभौसमत्ता सम्पन्न भएसँगै जनताको अधिकार संस्थागत गर्ने उद्देश्यले सरकारले केही महत्वपूर्ण विभागलाई आफू मातहत ल्याएको बताए ।

जनतालाई बढी भन्दा बढी सेवा दिने लक्ष्यसहित केही निकायलाई थप अधिकारसम्पन्न बनाउन खोजिएको पनि उनले स्पष्ट पारे । प्रधानमन्त्री ओलीले भने – “हामी नयाँ बाटो हिँड्दैछौं, नयाँ तरीका अवलम्बन गर्दछौं । देशमा केही क्षेत्रमा एकाधिकार थियो, तोडियो । नयाँ संरचना निर्माण गर्दा, कार्यान्वयन गर्दा नयाँ नै तरीका अपनाउनुपर्छ । हामी त्यतैतिर जान लागेका हौं ।”

उनले अगाडि भने – “हामी लोकतन्त्रका लागि लडेका छौं । लोकतन्त्रप्रति सम्मान छ । किस्तीमा राखेर कसैले दिएको लोकतन्त्र हामीले उपभोग गरेको होइन । सबैको त्याग र बलिदानले प्राप्त भएको लोकतन्त्रको हामी उपभोग गर्दैछौं । आधा शताब्दी भन्दा बढीको त्याग, बलिदान, भोगाइ र पीडा हामीले सहेका छाैँ।”

राष्ट्रिय योजना आयोगलाई प्रभावकारी बनाउन पुनर्गठन गरिएको जानकारी दिँदै उनले विद्यमान आयोगले पनि जनपक्षीय काम नगरे फेरि पनि पुनर्गठन हुनसक्ने बताए । जनताको करमाथि, लिएको जिम्मेवारीमाथि र आफूले गर्नुपर्ने काममाथि कुनै पनि प्रकारको गैरजिम्मेवारी स्वीकार्य नहुने उनको भनाइ थियो । भ्रष्टाचार उन्मूलनमा वर्तमान सरकारको स्पष्ट प्रतिबद्धता रहेको बताउँदै उनले त्यसमा तल माथि हुन नदिइने वचनबद्धता प्रकट गरे ।

संघ र प्रदेशबीचका अधिकार र जिम्मेवारी बाँडफाँड देशका लागि नयाँ अभ्यास रहेको उनले बताए । उनले प्राकृतिक विपत्तिसँग जुझ्नका लागि विनियोजन गरिएको रकम परिचालनमा विशेष ध्यान दिइएको जानकारी दिँदै विभिन्न विभागको थप काम, कर्तव्य र खर्चका कारण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहत बढी बजेट देखिएको स्पष्ट पारे ।

आन्तरिक स्रोत र पूँजी परिचालनमा वर्तमान सरकारले विशेष जोड दिएको र यससम्बन्धमा प्रधानमन्त्रीको हैसियतमा आफूले संसद्लाई जानकारी गराएको पनि उनले स्मरण गराए । प्रधानमन्त्री ओलीले वैदेशिक लगानीलाई आर्कषित गर्ने नीति लिइएको पनि स्पष्ट पारे ।आन्तरिक स्रोतबाट मात्रै विकास निर्माणका काम अगाडि बढाउन तत्काल सम्भव नभएको बताउँदै उनले भने – “सीमित साधन र स्रोतको अधिकतम परिचालन र वैदेशिक लगानी तथा सहयोगको समन्वयबाट विकास प्रयासहरु अगाडि बढाइने छ ।”

पुनःनिर्माणले गति लिँदैछ 

भूकम्प प्रभावित क्षेत्रमा पुनःनिर्माण र तराईमा बाढी नियन्त्रणका लागि नेपाल र भारत सरकारको संयुक्त टोली परिचालन गरिएको जानकारी उनले दिए । पुनःनिर्माण प्राधिकरणलाई गति दिने प्रयास गरिएको, गद्दी बैठकको पुनःनिर्माण सम्पन्न भइसकेको, धरहरा पुनःनिर्माण शुरु हुन लागेको र अन्य महत्वपूर्ण सांस्कृतिक सम्पदाको पुनःनिर्माण शुरु हुने क्रममा रहेको जानकारी दिँदै प्रधानमन्त्री ओलीले भने– “न्यूट्रलमा रहेका सवारी एकै पटक पाँचाैँ गियरमा चल्न सक्दैन । विस्तारै गति लिन्छ । सरकार गति लिने क्रममा छ ।”

विगतमा पुनःनिर्माण प्राधिकरणमा राजनीतिक नेतृत्वले जिम्मेवारी अनुसार काम नगर्दा समस्या उत्पन्न भएको बताउँदै प्रधानमन्त्री ओलीले अब त्यसो हुन नदिने प्रतिबद्धता व्यक्त गरे । पुनःनिर्माणको काममा केही कमीकमजोरी भएको पनि उनले स्वीकार गरे ।

असोज ३ भित्र सबै कानून 

उनले संविधान कार्यान्वयनका लागि आवश्यक पर्ने सबै कानून असोज ३ भित्र ल्याइसक्ने जानकारी दिए । महान्यायाधिवक्ताको कार्यालय व्यवहारबाटै प्रभावकारी भएको प्रमाण दिइने पनि उनले उल्लेख गरे । उनका अनुसार मौलिक हक अन्तर्गतका ७३ कानून निर्माण भइसकेको र ३७ कानून निर्माणको क्रममा रहेका छन् ।

आवश्यकताका आधारमा संविधान संशोधन 

संविधान परिवर्तनशील दस्तावेज भएकाले समय र आवश्यकतानुसार संशोधन हुनसक्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । “कसैले गर्नुपर्छ भन्दा गर्ने, गर्नुपर्दैन भन्दा नगर्ने होइन, आफ्नो आवश्यकतामा स्वाधीनतापूर्वक नेपालले काम गर्छ,” प्रधानमन्त्री ओलीले भने । उनले नेपालको आवश्यकता र चाहनाका आधारमा संविधान संशोधन हुने स्पष्ट पारे ।

स्रोत सुनिश्चित नभएका आयोजनालाई स्रोत भएको भन्दै विगतमा स्वीकृत गरिएका कारण अर्थतन्त्रमा समस्या आएको उनले बताए । आर्थिक अराजकता, विग्रह तथा विकृतिमा रहेको अर्थतन्त्रलाई मिलाएर अगाडि बढाउनुपरेको स्पष्ट पार्दै उनले भने – “गरिबी इतिहास र दन्तेकथा बन्ने गरी काम भइरहेको छ । केही वर्षभित्रै देशको कायापलट हुनेछ ।” निरन्तर घट्दै आएको शेयर बजारसमेत केही समयपछि उकालो लाग्ने विश्वास उनले व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले नेपालमा रेल आउनेमा कुनै पनि आशंका नरहेको बताए । विगतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र कोदारी राजमार्ग बनाउँदा समेत किन चाहियो भनेर आलोचना भएको स्मरण गर्र्दै उनले भने – “नेपालमा हामी रेल लिकमा नै चलाउँछौ । सबैलाई चढाउँला ।”

महिला हिंसा सह्य छैन 

प्रधानमन्त्री ओलीले कुनै पनि प्रकारको महिला हिंसा सह्य नहुने बताए । उनले भने – “महिला अस्मिताको रक्षा, हिंसाको विरोध गरिन्छ । दोषीलाई कारवाही गरिन्छ ।” उनले भने – “वर्तमान सरकार कुनै पनि क्षेत्रमा असफल हुन जान्दैन र मान्दैन । सरकार कानून बमोजिम चल्छ, कानुन बमोजिम चलाउँछ ।”

अधिकारको प्रयोग कानूनसम्मत हुने बताउँदै उनले भने –“निषेधित क्षेत्र घोषणा गरी मानव अधिकारको हनन गर्न खोजिएको होइन ।” “अस्पताल, सार्वजनिक स्थान, नागरिकको आवागमन बढी हुने स्थानमा अरुलाई दुःख दिएर विरोध गर्ने प्रवृत्ति गलत हो,” प्रधानमन्त्री ओलीले भने – “आफ्नो सुविधाका लागि अरुलाई असुविधा हुने काम गर्न पाइँदैन । स्थिति बाँध्दै जानुपर्छ । सरकार पनि थितीमा बस्नुपर्छ । कानून सरकारलाई लागू नहुने, अरुलाई लागू हुने भन्ने हुन्न ।”
रासस

लोकप्रीय

पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै

पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै

आइतवार असार २२ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

आइतवार असार २२ , २०८२
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै

नाउपाले सरकार छाड्यो, ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने 

आइतवार असार २२ , २०८२

विचार

पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै

पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै

आइतवार असार २२ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

आइतवार असार २२ , २०८२
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै

नाउपाले सरकार छाड्यो, ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने 

आइतवार असार २२ , २०८२

थप समाचार

पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै
अन्तर्राष्ट्रिय

पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै

आइतवार असार २२ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह
अन्तर्राष्ट्रिय

डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

आइतवार असार २२ , २०८२
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै
Breaking news

नाउपाले सरकार छाड्यो, ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने 

आइतवार असार २२ , २०८२
११ महिना आलटाल, १२ औं महिनामा फालाफाल 
आर्थिक

११ महिना आलटाल, १२ औं महिनामा फालाफाल 

आइतवार असार २२ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News:Ukraineमा रासायनिक ह*ति*यार प्रयोग तीव्र, टेक्सास बाढीमा मृ*तक थपिदै || Nepal Times

World News:Ukraineमा रासायनिक ह*ति*यार प्रयोग तीव्र, टेक्सास बाढीमा मृ*तक थपिदै || Nepal Times

00:19:24

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

00:11:21

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
कुलिङ पिरियडमा हेराफेरी, रामहरिको राजीनामा माग, कसले गर्याे बेइमानी ?

एमाले अब रामहरिको नेतृत्वमा नबस्ने, उनको कोर टिममा को को?

बुधबार असार १८ , २०८२

हालका पोस्टहरू

पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै

पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै

आइतवार असार २२ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

आइतवार असार २२ , २०८२
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै

नाउपाले सरकार छाड्यो, ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने 

आइतवार असार २२ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.