×

NEPAL TIMES UPDATES

Playing
सुशीलाले चमत्कार गरिनन् तर दलीय सरकारले गर्न नसक्ने काम गरिन् || Nepal Times
Mar 04, 2026
Playing
इरानी यु द्ध पोतमा पनडुब्बी ह म ला, इजरेलले लेबाननमा धावा बोल्यो || Nepal Times
Mar 04, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-20-2082 || Nepal Times
Mar 04, 2026
Playing
भोट नबिकोस्, मतदाता प्रलोभनमा नपरुन, देशको भविष्य जनताको हातमा || Nepal Times
Mar 04, 2026
Playing
भारत खामेनीको मृ*त्युमा मौन, UAEसंग एकताः मोदीको विदेश नीति बदलियो ? || Nepal Times
Mar 04, 2026
Playing
‘War on Terror’ पछि फैलिएको सैन्य हस्त क्षेप || Nepal Times
Mar 04, 2026
Playing
भोलि भोट ककसलाई, कसरी हाल्ने ?२४ घण्टाभित्रै प्रत्यक्षको मत परिणाम || Nepal Times
Mar 04, 2026
Playing
मतदानको समयमा हेलिकप्टरबाट गस्ती गरिने, सबै तयारी पूरा|| Nepal Times
Mar 04, 2026
Playing
इरानमा विद्रोहको तयारी, CIAको अपरेशन सुरु, इरानले नयाँ लिडर चुन्यो || Nepal Times
Mar 04, 2026
Playing
World News: Iranको १७ यु*द्धपोत,क्षेप्यास्त्र प्रक्षेपण केन्द्र ध्व*स्त,टर्किए इरानको निशानामा परेन
Mar 04, 2026

करीब रू. ५५ खर्ब बराबरको मालवस्तु भीसीटीएस प्रणालीमा

७ श्रावण २०७८

७ साउन, काठमाडौं ।

मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भीसीटीएस) मा करीब ५५ खर्ब बराबरको मालवस्तु प्रविष्ट गरी कारोबार भएको छ ।

भन्सार छलेर आयात गरिने मालवस्तु नियन्त्रण गरी वैध कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले ३ वर्षअघि सरकारले लागू गरेको भीसीटीएस प्रणालीमार्फत अहिलेसम्म रू. ५४ खर्ब ८९ अर्ब कारोबार भएको हो ।

यो प्रणाली कार्यान्वयन गर्दै आएको राजस्व अनुसन्धान विभागका अनुसार आर्थिक वर्ष २०७७ असार मसान्तसम्ममा रू.२१ खर्ब ८३ अर्बको मालवस्तुको कारोबार प्रविष्ट भएको थियो । त्यसयता गत आर्थिक वर्ष अर्थात् २०७८ को असारसम्ममा मात्रै रू. ३६ खर्ब १६ अर्बको कारोबार प्रविष्ट भएको विभागको तथ्यांकले देखाउँछ ।

अवैध कारोवारमा संलग्न व्यक्तिलाई कानूनी कठघरमा उभ्याउँदै वैध कारोबारबाट करको दायरा बढाउन सरकारले ल्याएको यो प्रणालीमा छोटो समयमा नै प्रभावकारी हिसाबले कार्यान्वयनमा ल्याउन सकिएको राजस्व अनुसन्धान विभागका अधिकारीहरू बताउँछन् ।

कारोबार रकम मात्रै नभई पछिल्लो समय भीसीटीएस प्रणाली प्रयोग गर्ने प्रयोगकर्ताहरू समेत बढ्दै गएका छन् । ३ वर्षको अवधिमा यो प्रणाली प्रयोगकर्ताको संख्या १ लाख २८ हजार ८ सय पुगेको छ । यो अवधिमा १ करोड ८१ लाख ७ हजार बिलहरू भीसीटीएस प्रणालीमा गत असारसम्ममा प्रविष्ट भएको राजस्व अनुसन्धान विभागको तथ्यांकले देखाउँछ ।

राजस्व अनुसन्धान विभागका महानिर्देशक रामप्रसाद आचार्यले भीसीटीएस प्रणालीलाई छोटो अवधिमा नै प्रभावकारी कार्यान्वयनमा लैजान सफल भएको बताउँछन् ।

‘आयातकर्ताहरूको पूर्ण सहयोगका कारण अवैध कारोबारलाई धेरै हदसम्म नियन्त्रण गर्न हामी सफल भएका छौं,’ उनले भने । आचार्यका अनुसार गतवर्षको बन्दाबन्दीमा भन्दा यसपालिको निषेधाज्ञामा धेरै कारोबारलाई विभागले भीसीटीएस प्रणालीमा ल्याउन सफल भएको छ । यसले अवैध कारोबारी नियन्त्रण हुँदै गएको विभागको ठम्याइ छ ।

राजस्व अनुसन्धान विभागले राजस्व छली र विदेशी विनिमय अपचलमा निगरानी गर्दै आएको छ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले अर्थ मन्त्रालय मातहत रहेको यो विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमातहत ल्याई भीसीटीएस प्रणाली कडाइका साथ लागू गरेको थियो ।

यो प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन हुनुको श्रेय तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडा र तत्कालीन राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीमा जाने गरेको छ ।

यसले उक्त प्रणाली लागू गर्दा चर्को विरोध खेपेका थिए । खासगरी प्रणालीबारे निजीक्षेत्र, आयातकर्ताहरूले सहज रूपमा बुझ्न नसक्दा भीसीटीएस प्रणालीबारे तत्कालीन समयमा अन्योल देखिएको थियो ।

भीसीटीएस प्रणाली भनेको एक ठाउँबाट अर्काे ठाउँसम्म मालसामान ढुवानी गर्न राजस्व अनुसन्धान विभागले प्रयोगमा ल्याएको अनलाइन फारम हो, जहाँ बिल बीजक, प्यान र भ्याट नम्बर, वस्तुको मूल्य, परिमाण, सामान पु¥याउनुपर्ने गन्तव्य, गाडी नम्बरलगायत भर्नुपर्छ ।

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501

बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु

d0af0e4e-e87b-4585-9afd-4f644f0e3c5e

अशान्ति मच्चाइरहेका ट्रम्पको हातमा नोबेल शान्ति पुरस्कारको मेडल

maria-corina-machado-donald-trump-101025-ae6e5dd9fc324ce1bdcca7134e2fe0b9

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

d5b8dbd0-9973-4173-b623-07238c7850f9

रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ?

rabi

सम्बन्धित खबरहरु

Scroll to Top