४ भदौ, काठमाडौँ ।
नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छापावाला सुन शुक्रबार तोलामा ४ सय रुपैयाँले बढेर ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ७ सय रुपैयाँ कायम भएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदी प्रतितोलामा १५ रुपैयाँले बढेर १ हजार १९५ रुपैयाँमा कारोबार भैरहेको छ ।

