व्यक्तिगत गोपनियता ख्याल नगरी भिडियो खिचेर सार्वजनिक गर्ने युट्युबर पक्राउ

व्यक्तिगत गोपनियता ख्याल नगरी भिडियो खिचेर सार्वजनिक गर्ने युट्युबर पक्राउ

४ भदौ, झापा ।
व्यक्तिगत गोपनियताको ख्याल नगरी भिडियो खिचेको अभियोगमा झापामा ३ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय, अनारमनीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा युट्युबर खगेन्द्र घिमिरेसहित व्यवसायी हेमराज भट्टराई र सुवास कार्की रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

एक होटलमा खाजा खाइरहेका वेला कोठामा प्रवेश गरी विना अनुमित भिडियो खिचेर ‘बिर्तामोड काण्ड’ भनी युट्युब लगायतका सामाजिक सञ्जालमा सार्वजनिक गरी चरित्र हत्या गरेको अभियोग उनीहरुमाथि छ ।

पीडितले ६ जनाविरुद्ध इलाका प्रहरी कार्यालय अनारमनीमा उजुरी दर्ता गराएका थिए । थप केही युट्युबरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकामाथि अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । १ भदौमा भएको उक्त भिडियो सार्वजनिक भएपछि व्यक्तिगत जीवनको विषय बाहिर ल्याएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.