मोटरसाइकल चोरेको आरोपमा एक जना पक्राउ

मोटरसाइकल चोरेको आरोपमा एक जना पक्राउ

५ भदौ, काठमाडौँ ।

मोटरसाइकल चोरेको आरोपमा प्रहरीले काठमाडौँको नयाँ बसपार्कबाट एक जनालाई पक्राउ गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार पक्राउ पर्नेमा रामेछापको दोरम्बा गाउँपालिका–२ घर भई दक्षिण ढोका बस्दै आएका २२ वर्षीय तेज थापामगर छन् ।

महाशाखा प्रमुख एसएसपी जनक भट्टराईका अनुसार प्रदेश–३–०२–०१० प ९४४६ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकलको नम्बर परिवर्तन गरेर चलाएको अवस्थामा उनलाई नयाँ बसपार्कबाट पक्राउ गरिएको हो ।

१० दिनअघि मोटरसाइकल हराएका भनेर काभ्रेको चौरी देउराली घर भएका प्रकाश गौतमले ट्राफिक प्रहरी महाशाखामा निवेदन दिएका थिए ।

अहिले आरोपीलाई थप अनुसन्धान र कारवाहीका लागि महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा पठाइएको एसएसपी भट्टराईले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.