दाङमा ३ थान चितुवाको छाला सहित पक्राउ

दाङमा ३ थान चितुवाको छाला सहित पक्राउ

६ भदौ, दाङ ।

लमही नगरपालिका ९ अमिलियाबाट ३ थान चितुवाको छाला सहित बैतडी पाटन नगरपालिका ६ बस्ने २० वर्षीय बिमल औजी लगायत ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

कोहलपुर बाँकेबाट लमहीतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२३ च ७६३८ नम्बरको कारलाई जिल्ला प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय अमलियाबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा उक्त छाला फेला पारी कारमा सवार उनीहरुलाई पक्राउ गरेको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.