×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

कर्णाली प्रदेशका मन्त्री कुर्मराज शाहीमाथि बलात्कारकाे आरोप

७ भाद्र २०७८

काठमाडौं : कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीबाट महिलामाथि बलात्कार भइरहेको भिडियो सार्वजनिक भएको छ। केही दिनअघि पीडित महिला र उनका पति जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा बलात्कारसम्बन्धी जाहेरी दिन गएका थिए।

‘आफूमाथि बलात्कार भएको भन्दै एक महिला र उनका पति प्रहरी कार्यालयमा आउनुभएको थियो, भिडियो पनि देखाउनुभएको थियो,’ प्रहरीका अनुसन्धान अधिकारीले भने, ‘उहाँहरूले भनेअनुसार मुद्दा दर्ता गर्ने हदम्याद कटिसकेकाले कानुन व्यवसायीसँग छलफल गरेर आउन सुझाव दिएर पठाएका हौं।’

Advertisement

भिडियोमा पीडित भनिएकी महिला कोठाभित्रै देखिन्छिन्। बाहिरबाट ढोका ढक्ढकाएको आवाज सुनिन्छ। महिलाले ढोका खोल्छिन्। भित्र पसेर खाटमा बस्नेबित्तिकै मन्त्री शाहीले उनलाई अँगालोमा बेर्छन्। त्यसपछि महिला रोएको देखिन्छ। मन्त्री शाही महिलालाई सम्झाउन खोजिरहेको अवस्थामा देखिन्छन्।

प्रहरीको सम्पर्कमा पुगेका पीडितले उक्त भिडियो २०७६ माघतिरको भएको बताएका छन्। जति बेला शाही प्रदेश सांसदमात्रै थिए। प्रहरीसम्म यो घटना ढिलो गरी पुग्नुमा पीडितले तत्कालीन सांसद एवं हालका मन्त्री शाहीसँग ‘रकमको बार्गेनिङ’ गरेको अनुमान गरिएको छ। रकममा कुरा नमिलेपछि बल्ल प्रहरीमा पुगेको आशंका छ।

प्रहरीले कानुन व्यवसायीसँग छलफल गरी आउन भनेका पीडित महिलाका पति गत शुक्रबार मध्यरातमा भेरी पुलमा कुटिएको घटनाबाट प्रहरी गम्भीर बनेको छ। पीडित महिलाका अनुसार उनका पतिलाई मन्त्रीका स्वकीय सचिव प्रेम बुढाले छलफलका लागि भन्दै राति ९ बजेतिर गाडीमा राखेर लगेका थिए।

उनीहरू छिन्चु बजार पुगेर एक होटलमा मदिरापानसहित छलफलमा जुटेका थिए। त्यहाँ लेनदेनको विषय नमिलेपछि उनीहरू वीरेन्द्रनगर फर्किएका थिए। वीरेन्द्रनगर फर्किनेक्रममा बुढा र मन्त्री शाहीका भाइले पीडित महिलाका पतिलाई राति साढे १२ बजेतिर कुटपिट गरेका थिए। प्रहरीले साढे १ बजेतिर युवकको उद्धार गरेको थियो।

भोलिपल्ट पीडित युवकले घाउ जाँच केसका लागि ठाडो उजुरी दिए। ‘चार गते राति ९ बजेतिर मिटिङ छ भनेर मन्त्रीका स्वकीय सचिव प्रेम बुढाले फोन गरेका थिए, त्यसपछि उहाँ जानुभएको हो,’ पीडित महिलाले भनिन्। उनले बलात्कार घटनाका बारेमा भने केही बताउन चाहिनन्। ‘सबै कुरा श्रीमान्लाई थाहा छ, पहिले श्रीमान्लाई खोज्न सहयोग गरिदिनुस्,’ उनले भनिन्, ‘हामी पीडित छौं, न्याय पाउनुपर्छ।’

उनले पति सम्पर्कविहीन भएदेखि आफूले खाना पनि नखाएको बताइन्। ‘मन्त्रीका स्वकीय सचिवले बोलाएर गएको, मध्यराति प्रहरीले भेरी पुलबाट उद्धार गरेको थाहा छ,’ उनले भनिन्, ‘त्यसपछि श्रीमान्को अत्तोपत्तो छैन्।’ उनले पति फेला नपर्दासम्म बलात्कारको विषयमा केही नबोल्ने बताइन्।

Advertisement

आफूलाई मन्त्री शाहीको प्रेस सल्लाहकार बताउने सचिवालयका कर्मचारी नन्दकृष्ण अधिकारीका अनुसार ती महिलाका पति यसअघि शाही सांसद हुँदा स्वकीय सचिव थिए। ‘मन्त्री भएपछि उहाँले सचिवालयबाट हटाउनुभयो,’ अधिकारीले भने, ‘त्यसपछि मात्रै यो घटना बाहिर आएको हो।’ उनले थपे, ‘मन्त्रीज्यू यो घटनालाई ग्रान्डडिजाइन भन्नुहुन्छ। मन्त्री भइसकेपछि सचिवालयबाट हटाएको झोकमा यस्तो आरोप लगाइएको हो।’ शाही गत वैशाखमा मन्त्री भएका हुन्।,याे समाचार नागरिक दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top