×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

तराई क्षेत्रमा सात हात्तीले मच्चाए आतङ्क

९ भाद्र २०७८

काठमाडौँ: तराई क्षेत्रमा सातवटा हात्तीले बढी आतङ्क मच्चाइरहेका छन् । झापादेखि कञ्चनपुरसम्मको जङ्गलमा २२७ वटा रैथाने हात्ती पाइने आँकडा छ । त्यसमध्ये सातवटा वयस्क हात्ती टाउको दुखाईको विषय बनेका छन् ।

गत केही वर्षयता उद्दण्ड स्वभावका यी हात्तीले तराई र भित्री मधेसका २४ जिल्लामा सयौँ व्यक्तिको ज्यान लिएका छन् भने करोडौँ रुपियाँ बराबरको भौतिक क्षति पु-याउने काम पनि निरन्तर भइरहेको छ । सन् २००० देखि २०२० सम्मको अवधिमा ३८० जनाको हात्ती आक्रमणबाट मृत्यु भएको छ भने ४१२ जना सख्त घाइते भएका छन् । मानवीय तथा भौतिक क्षति पु-याउने यी हात्तीलाई सरकारले समस्याग्रस्त हात्ती घोषणा गरेको छ ।

Advertisement

उमेर समूह १० देखि २५ वर्ष रहेका यी युवा हात्ती सबै भाले हुन् । यी हात्तीले विशेष गरी वर्षको दुई मौसममा बढी क्षति पु-याउने गरेको अध्ययनले देखाएको छ । असार, साउन र भदौ तथा कात्तिक र मङ्सिर महिनामा भाले हात्तीलाई मात लाग्ने गर्छ । मत्ता हात्ती गाउँबस्ती पस्दा क्षति पु-याउने गरेको छ ।

नेपालका हात्तीको विषयमा विद्यावारिधिको शोध अध्ययन गरिरहनुभएका अशोककुमार रामका अनुसार झापा, कोसीटप्पु, पर्सा, चितवन, बाँके, बर्दिया, शुक्लाफाँटा क्षेत्रमा ती हात्तीले वितण्डा मच्चाइरहेका छन् । समस्याग्रस्त हात्तीको पहिचान गर्न सजिलो होस् भनेर हात्तीको बानी, व्यवहार, आचरणअनुसार नामकरण पनि गरिएको छ । गोविन्दे, ध्र्रुवे, रोनाल्डो, गणेश, मकुना, बाघे, दाँते नाम राखिएका हात्ती मानव बस्तीमा पस्ने, घर भत्काउने, मानिसलाई लेखेट्ने, मार्नेलगायतका काम हुँदै आएका छन् ।

Advertisement

केही वर्षअघि चितवन र पर्सा क्षेत्रमा उद्दण्ड मच्चाउँदै आएको ध्रुवेलाई गोली हानेर मार्ने निर्णय सरकारले गरेको थियो । नेपाली सेनाको टोलीले ७२ वटा गोली प्रहार गर्दा समेत बाँचेको ध्रुवे हात्तीले अझै हानि–नोक्सानी गर्न छाडेको छैन । गत चैत महिनामा गैँडा गणना गर्ने क्रममा ध्रुवेले आक्रमण गर्दा राष्ट्रिय प्रकृति संरक्षण कोषका एक जना कर्मचारी सख्त घाइते भएका थिए । मकुना नाम गरेको हात्तीले कोसीटप्पु आसपासका क्षेत्रमा क्षति पु-याउँदै आएको छ ।,याे समाचार गाेरखापत्र दैनिकमा लक्ष्मीप्रसाद उपाध्यायले लेखेका छन् ।

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top