×

NEPAL TIMES UPDATES

Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026
Playing
चिमोरिया प्रकरणमा तुलसाले सत्य खोलिन्, कति स्वीकारिन् ? || Nepal Times
Apr 05, 2026
Playing
बालेन सरकारले ७ हजारअनलाइन सट्टेबा जी एप र वेबसाइट बन्द गरायो || Nepal Times
Apr 05, 2026
Playing
अब कार्यालय समय ९ देखि ५ बजेसम्म, सातामा २ दिन बिदा|| Nepal Times
Apr 05, 2026
Playing
बालेन सरकारको निर्णयविरुद्ध उत्रिए कर्ण शाक्य , मागे मुआब्जा || Nepal Times
Apr 05, 2026
Playing
Top 15 Afternoon News || April-05-2026 || Nepal Times
Apr 05, 2026
Playing
Iran मा हराइरहेका अमेरिकी सैनिकको उद्धार, अमेरिकी विमान खसा लेको Iranको दाबी || Nepal Times
Apr 05, 2026
Playing
गृहमन्त्रीले भने, ३६ वर्षदेखि ’हतकडी’ सुरक्षाकर्मीलाई लगाइएको रहेछ || NepalTimes
Apr 05, 2026

लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्न दुई दिनमा १०७ पर्यटक पुगे

९ भाद्र २०७८

९ भदाै, काठमाडाैँ ।
जिल्लामा पर्यटक घुम्न आउने मौसम सुरु भएसँगै कोरोना त्रासका बीच पूर्ण स्वास्थ्य मापदण्डको ख्याल गरेर स्वदेशी तथा विदेशी पर्यटक हुम्ला आउन थालेका छन् । उत्तरी नाम्खा गाउँपालिकाको लिमी लाप्चाबाटै मानसरोवर कैलाशको दर्शन गर्न सकिने भएपछि पर्यटक भित्रिने क्रम बढेको छ । लिमीको लाप्चाबाटै मानसरोवरको दर्शन गर्न दुई दिनको अवधिमा १०७ जना विभिन्न देशका विदेशी पर्यटक तथा स्वदेशी पर्यटक जिल्ला पुगेको सिमकोट विमानस्थलले जनाएको छ ।

दुई वर्षदेखि चीनले आफ्नो सीमासँग जोडिएको हिल्सा नाका कोरोना सङ्क्रमणको त्रासका कारण बन्द गरेको भए पनि नेपाली भूमि हुम्लाको लिमी लाप्चाबाटै मानसरोवर कैलाश दर्शनका लागी गुरु सदगुरुसहित विभिन्न देशका पर्यटक जिल्ला आउन थालेका छन् । दुई वर्षदेखि होटल व्यवसाय सुनसान रहँदा पछिल्लोपटक नेपाली भूमि लिमी लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्न भारतीय धार्मिक गुरु सदगुरुको टोली हुम्ला आउने भएपछि होटल व्यवसायीमा आशा पलाएको छ । रु एक करोडभन्दा बढी लगानी गरेर सञ्चालनमा आएका होटल व्यवसाय ओरालो लागेका बेला मानसरोवर कैलाशको दर्शन गर्न पर्यटक आउन थालेपछि व्यवसायले पुनःजीवन पाउने आशामा व्यवसायी खुशी भएका छन् ।

Advertisement

पर्यटन व्यवसायी याङ्की लामाले कोरोना महामारीले हिल्सा नाका बन्द हुँदा पहिलोपटक सदगुरुसहित ५० जनाको भारतीय धार्मिक पर्यटकको टोली हुम्ला आउन लागेपछि होटल व्यवसायीमा आशा पलाएको बताए । दुई सिजनसम्म बन्द भएका होटल अब सञ्चालनमा आउने बाटो खुलेको जनाउँदै उनले अब व्यवसायीमा उत्साह छाउन थालेकोमा खुसी व्यक्त गरे ।

सदगुरुसहितको टोली हुम्लाबाट नेपाली भूमि लाप्चा क्षेत्रबाट पैदल मार्गमा पुगेर मानसरोवर कैलाशको दर्शन गर्न आउने भएपछि १०७ जना काठमाडौँबाट हेलिकोप्टरमार्फत सिधै सिमकोट आइपुगेका छन् । ट्रेकर सोसाइटीका राजन अधिकारीका अनुसार यसमा कुक, गाइड र आवश्यक सामग्री सबै आइपुगेका छन् । टोली हुम्ला पुगेपछि तरकारी र दैनिक उपभोग्य वस्तुको बजारमा बिक्री बढेको छ ।

उनले हुम्ला पुगेका टोलीले कोरोनाका कारण होटलमा बस्ने व्यवस्था नगरेर सिमकोटस्थित तल्लो बजारमा रहेको खेलमैदान र सिमसार क्षेत्रमा पालको व्यवस्था गरिएको बताए । पालमा सदगुरुसहितका सबै टोली एक रात बस्नेछन् । यता स्थानीय २५ भरिया पनि तयार गरिएको छ । कोरोना परीक्षण गरेर रिपोर्ट नेगेटिभ आएका भरिया खोजिएको र उनीहरूले टोलीसँगै भारी बोकेर लाप्चासम्म पुग्नु पर्नेछ ।

पर्यटन व्यवसायी विजय लामाका अनुसार गुरु एक रात सिमकोटमा बस्ने र बिहीबार बिहान मात्र पैदलमार्गबाट लाप्चातर्फ लाग्नु हुनेछ । सदगुरुसँग १२ जना भारतीयलगायत १० देशका तीर्थलु सहभागी रहनेछन् । टोलीको यात्राका लागि मोटरसाइकलदेखि घोडाको समेत व्यवस्था गरिएको छ । सदगुरुले प्रयोग गर्ने मोटरसाइकलसमेत मङ्गलबार सिमकोट आइपुगेको छ । उक्त मोटरसाइकल हवाईजहाजमार्फत सिमकोट पुर्याइएको हो ।

होटल व्यवसायीमा आशा पलायो

दुई वर्ष अगाडिसम्म सिमकोटमा पर्यटक लक्षित गरेर स्थापना भएका १३ वटा होटललाई मानसरोवर कैलाशको दर्शन गर्ने पर्यटकलाई व्यवस्थापन गर्न हम्मेहम्मे परेको सम्झँदै होटल सङ्घका अध्यक्ष मिम लामाले कोरोनाको अवधिमा सुस्ताएका यी होटल अब पुनः पर्यटकको आगमन सुरु भएसँगै उत्साहित भएको बताए ।

हिन्दूहरूका चर्चित सदगुरु आउने र पैदल मार्गबाट नेपाली भूमि लाप्चा क्षेत्रबाट मानसरोवर कैलाशको दर्शनका साथै पूजापाठ पनि गर्ने भएका कारण यसको सकरात्मक सन्देश जाने विश्वास पर्यटन तथा होटल व्यवसायीले गरेका छन् । आगामी असोजसम्म लाप्चा क्षेत्रबाट मानसरोवर कैलाशको दर्शन गर्न सकिने भएका कारण भारतबाट धेरै धार्मिक पर्यटकले सम्पर्क गरिरहेको पर्यटन व्यवसायी विजय लामाले बताए । अब कोरोना त्रासका कम पर्यटक भित्रिने सङ्ख्या ह्वात्तै बढ्ने र यसबाट शिथिल भएको होटल व्यवसाय पुरानै लयमा आउने उनले विश्वास व्यक्त गरे ।

Advertisement

– दाने बोहरा/रासस

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top