×

NEPAL TIMES UPDATES

Playing
गृहमन्त्रीले भने, ३६ वर्षदेखि ’हतकडी’ सुरक्षाकर्मीलाई लगाइएको रहेछ || NepalTimes
Apr 05, 2026
Playing
Trumpका लागि दीर्घ रोग बन्यो इ*रानयु*द्ध,४८ घण्टा निर्णायक|| Nepal Times
Apr 05, 2026
Playing
गुण्डा*गर्दी र या*त्रुलाई दुःख दिने बि*चौलियाको देशभर भागाभाग#NEPAL #POLICE|| Nepal Times
Apr 05, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026
Playing
रास्वपा र राप्रपाबीच केमा सहमति हुन लागेको हो ? || Nepal Times
Apr 04, 2026
Playing
ट्राफिक लाइट पा ल ना नगर्ने लाई कारबा ही, मापसे गरेर गाडी चला उने ९ चालक प क्राउ|| Nepal Times
Apr 04, 2026
Playing
बालेन सरकारले ठुला माछा समाउन किन गर्यो ढिलो ? #nepal #scandal || Nepal Times
Apr 04, 2026
Playing
अमेरिकामा २४ घण्टामा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त || Nepal Times
Apr 04, 2026
Playing
World News : ठूलो हमलामा पनि इरानले हजारौँ ड्रोन जोगायो, अमेरिकी दुई फाइटर जेट इरानले खसायो
Apr 04, 2026
Playing
किन पक्रा उ परे शंकर अग्रवालका बाबुछोरा ? हाइप्रोफाइलको भागभाग#nepaltimes #trending #nepal
Apr 04, 2026

अझै पार्टीको नेतृत्व गर्ने ओलीको संकेत

१० भाद्र २०७८

काठमाडौं: एमाले अध्यक्ष केपी शर्मा ओलीले अझै एकपटक पार्टीको नेतृत्व गर्ने संकेत गरेका छन् । अनुकूल समयमा पार्टीको जिम्मेवारी हस्तान्तरण गर्ने बताउँदै उनले यस्तो संकेत गरेका हुन् ।

स्थायी कमिटी बैठकका निर्णयहरू सार्वजनिक गर्न बुधबार आयोजित कार्यक्रममा ओलीले कोही पनि व्यक्ति निर्विकल्प नहुने तर अनुकूल समयमा पार्टी एमालेले आउँदो मंसिर दोस्रो साता महाधिवेशन गर्ने निर्णय गरे लगत्तै ओलीको यस्तो धारणा आएको हो ।

Advertisement

एमाले नवौं महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएपछि र तत्कालीन नेकपाको अध्यक्ष हुँदा ओलीले एउटै कक्षा दोहोर्‍याएर नपढ्ने पटकपटक बताएका थिए । तर बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘म स्वाभाविक रूपमा अनुकूल समयमा पार्टीको जिम्मेवारी हस्तान्तरण गर्ने प्रयास गर्छु, त्यसमा विश्वास गर्छु ।’ ओलीले अर्को व्यवस्था नभएसम्म वा कसैले चुनौती नदिएको अवस्थासम्म आफू अध्यक्ष हुने बताए । ‘अहिले अर्को व्यवस्था नभएसम्मका लागि अध्यक्ष हुँ या अर्को व्यवस्था गर्नु नपरेसम्मका लागि ।

सामान्य हिसाबमा भन्नुपर्दा महाधिवेशनसम्मका लागि। कसैले मलाई चुनौती दिइहाल्या छैन, दिनुपर्ने पनि छैन, किनकि हामी चुनौतीको खोजी गरेर दिनैपिच्छे पार्टीभित्र लफडा गर्दैनौं । यो हाम्रो काम होइन । हामी समस्या होइनौं । हामी समस्याका समाधान हौं । हामी देशमा आएका र पार्टीमा आएका समस्या समाधान गर्छौं । निर्विकल्प कोही पनि हुँदैन’, ओलीले भने ।

उनले अगाडि थपे, ‘निर्विकल्प कहिलेसम्म ? केही चिज दुनियाँमा निर्विकल्प हुन्छ ? यो पञ्चायत निर्विकल्प भएजस्तै, कुनै चिज निर्विकल्प हुन्छ ? कुनै चिज, जसको सुरु हुन्छ, त्यसको अन्त्य हुन्छ । जो प्रधानमन्त्री हुन्छ, त्यो जीवितै छँदा होस् वा अरू नै कारणले भूतपूर्व हुन्छ हुन्छ । कुनै एउटा अवधिका लागि निर्विकल्प हुन्छ । यो कुरा नबुझ्ने मान्छेहरू कोही हुँदा निकै खुसी हुने र हट्दा दुःखी हुने जो छ, हाम्रो चलन त्यस्तो छैन ।’

ओलीले आफूले जीवन र जगत्लाई बुझेको पनि बताए । ‘हामी दुनियाँलाई बुझ्छौं, जीवन जगत्लाई बुझ्छौं, केही पनि निर्विकल्प हुँदैन । खास अवधिका लागि निर्विकल्प हुनसक्छ । जस्तो– अहिले नेकपा एमाले प्रतिपक्षमा निर्विकल्प छ, प्रतिपक्षमा यसको विकल्प छैन । आउँदो चुनावबाट यो फेरि सरकारमा जान्छ, यसको विकल्प पनि छैन । यो सधैंका लागि होइन । आवधिक निर्वाचन भइरहन्छ,’ उनले भने ।

‘बाक्लो दाल खान मन लाग्यो’

ओलीले पार्टी विभाजन भएको तर त्यसको जिम्मेवार आफू नभएको बताए । ‘मेरै नेतृत्वअन्तर्गत चुनावी तालमेल भएको र नेकपा एमाले नेतृत्वको त्यो तालमेलले अत्यधिक सिट प्राप्त गरेको हो । पृथक्तावाद अन्त्य भएको, हिंसामा विश्वास गर्ने शक्तिहरू राजनीतिक मूलधारमा आएको, संविधान नमान्ने शक्तिहरूले संविधान मान्न थालेको मेरै नेतृत्वमा हो’, ओलीले भने ।

उनले अहिलेको पार्टी विभाजनलाई केही व्यक्तिहरू बाक्लो दाल खान गएको रूपमा अथ्र्याए । ‘केही मान्छेलाई बाक्लो दाल खान मन लाग्यो भनेर सानो हन्डी लिएर चौको बसाउन जाँदा तपाइँलाई दाग लाग्दैन भन्ने । केको दाग लाग्छ ? दाग त हन्डी लिएर बाक्लो दाल बसाउन जानेलाई लाग्छ ।

यहाँ नेकपा एमालेमा त्यत्रो लंगुर लागेको भन्छ नि । त्यत्रो लंगुर लागेको छ, यत्रो हाँडी बसाउनतिर जानुपर्‍यो। त्यसकारण त्यसको जिम्मा मैले लिइरहनुपर्ने देखिनँ। यद्यपि म पार्टीको प्रमुख भएको हुनाले मेरो समयमा जुन ठाउँमा पार्टी पुगेको थियो, मैले बचाउने कोशिस गरें । कोशिस गर्दागर्दै पनि केही मानिसको मनोवृत्ति र प्रवृत्तिले बचाउन सकिएन, त्यसमा म दुःखी छु । केही मानिसलाई मैले सच्याउन खोजें, सकिनँ’, ओलीले भने ।

ओलीले आफूले सबैलाई असल बाटो देखाउने गरी पढाएको बताए । उनले आफू सबैको गुरु भए पनि सबैले बराबरी शिक्षा लिन नसकेकोमा चित्त दुखाए । ‘म मैले पढाएका सबै विद्यार्थीले डिस्टिङ्सन ल्याउन्, सयमा सय अंक ल्याउन् भन्ने चाहन्छु, कोही–कोही त्यस्तो हुन सकेनन्, फेल भए’, उनले भने ।

‘खरानी बेचेर सहर बसाउने’

ओलीले माधव नेपालप्रति लक्षित गर्दै एमालेभन्दा अर्को कुनै बृहत् कम्युनिस्ट मोर्चा नहुने दाबी गरे । ‘बृहत् कम्युनिस्ट एकता भनेको के हो ? नेकपा एमाले हो बृहत् कम्युनिस्ट एकता भनेको । जसका दसौं लाख पार्टी सदस्य छन्, बिसौं लाख जनवर्गीय सदस्य छन् । अनि एक दल, दुई दल र समूहका मानिस जोडेर कुन बृहत् एकता हुन्छ ? नेपालव्यापी मात्रै होइन, जहाँ नेपाली पुगेका छन्, त्यहाँ एमाले पुगेको छ । नेपालव्यापी पार्टी छोडेर, चोइटिएर, अरू टोली भेला गरेर बृहत् बनाउने’, उनले प्रश्न गरे ।

उनले घर जलाएर खरानी बेचेर सहर बसाउने कुरा असम्भव जस्तै भएको बताए । ‘घर जलाउने अनि खरानी बेचेर सहर बसाउने भन्ने । यी फाल्तु कुरा हुन् । मलाई नयाँ पार्टी दर्ता गर्न दिनुस् न, अनि एकता गरौं भन्ने । यो एकताको कुरा हो ? पार्टी फुटाउने अनि नयाँ पार्टी घोषणा गर्ने, अनि एकताको कुरा गर्ने ? यो बाटो हो ? यो झुटो कुरा हो । यस्ता चटके कुराहरूको पछाडि नलाग्न र विश्वास नगर्न म सबैलाई आग्रह गर्न चाहन्छु’, ओलीले भने ।

Advertisement

ओलीले देशमा संविधान मिच्न थालिएको, संविधान मिच्ने अभ्यास, फोहोरी राजनीति, किनबेचको राजनीति सुरु भएको बताए । ‘रिसोर्टमा लगेर तीन दिनदेखि मान्छे थुनेर, घरघरबाट मान्छे टिपेर रिसोर्टमा लगेर, थुनेर, त्यो पनि यहाँ नजिकै होइन, यहाँबाट ढोक्सेमा हालेर (ढोक्सेमा हालेपछि माछो उम्किन पाउँदैन), त्यो ढोक्से निर्वाचन आयोगमा ल्याएर घोप्ट्याउने । यो काम के लोकतान्त्रिक हुन्छ ? यस्तो काम लोकतान्त्रिक हुन्छ,’ ओलीले नेपालप्रति लक्षित गर्दै प्रश्न गरे ।,याे समाचार नागरिक दैनिकमा छापिएकाे छ  ।

भर्खरको समाचार

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

सम्बन्धित खबरहरु

Scroll to Top