NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ? शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन् शनिबार साउन १० , २०८२
मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ? शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक शनिबार साउन १० , २०८२
Next
Prev

समाचार

अझै पार्टीको नेतृत्व गर्ने ओलीको संकेत

बिहिबार भदौ १० , २०७८
Reading Time: 1 min read
A A
सरकारले नै विकासका काम रोक्योः ओली
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

काठमाडौं: एमाले अध्यक्ष केपी शर्मा ओलीले अझै एकपटक पार्टीको नेतृत्व गर्ने संकेत गरेका छन् । अनुकूल समयमा पार्टीको जिम्मेवारी हस्तान्तरण गर्ने बताउँदै उनले यस्तो संकेत गरेका हुन् ।

स्थायी कमिटी बैठकका निर्णयहरू सार्वजनिक गर्न बुधबार आयोजित कार्यक्रममा ओलीले कोही पनि व्यक्ति निर्विकल्प नहुने तर अनुकूल समयमा पार्टी एमालेले आउँदो मंसिर दोस्रो साता महाधिवेशन गर्ने निर्णय गरे लगत्तै ओलीको यस्तो धारणा आएको हो ।

एमाले नवौं महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएपछि र तत्कालीन नेकपाको अध्यक्ष हुँदा ओलीले एउटै कक्षा दोहोर्‍याएर नपढ्ने पटकपटक बताएका थिए । तर बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘म स्वाभाविक रूपमा अनुकूल समयमा पार्टीको जिम्मेवारी हस्तान्तरण गर्ने प्रयास गर्छु, त्यसमा विश्वास गर्छु ।’ ओलीले अर्को व्यवस्था नभएसम्म वा कसैले चुनौती नदिएको अवस्थासम्म आफू अध्यक्ष हुने बताए । ‘अहिले अर्को व्यवस्था नभएसम्मका लागि अध्यक्ष हुँ या अर्को व्यवस्था गर्नु नपरेसम्मका लागि ।

Advertisement

सामान्य हिसाबमा भन्नुपर्दा महाधिवेशनसम्मका लागि। कसैले मलाई चुनौती दिइहाल्या छैन, दिनुपर्ने पनि छैन, किनकि हामी चुनौतीको खोजी गरेर दिनैपिच्छे पार्टीभित्र लफडा गर्दैनौं । यो हाम्रो काम होइन । हामी समस्या होइनौं । हामी समस्याका समाधान हौं । हामी देशमा आएका र पार्टीमा आएका समस्या समाधान गर्छौं । निर्विकल्प कोही पनि हुँदैन’, ओलीले भने ।

उनले अगाडि थपे, ‘निर्विकल्प कहिलेसम्म ? केही चिज दुनियाँमा निर्विकल्प हुन्छ ? यो पञ्चायत निर्विकल्प भएजस्तै, कुनै चिज निर्विकल्प हुन्छ ? कुनै चिज, जसको सुरु हुन्छ, त्यसको अन्त्य हुन्छ । जो प्रधानमन्त्री हुन्छ, त्यो जीवितै छँदा होस् वा अरू नै कारणले भूतपूर्व हुन्छ हुन्छ । कुनै एउटा अवधिका लागि निर्विकल्प हुन्छ । यो कुरा नबुझ्ने मान्छेहरू कोही हुँदा निकै खुसी हुने र हट्दा दुःखी हुने जो छ, हाम्रो चलन त्यस्तो छैन ।’

ओलीले आफूले जीवन र जगत्लाई बुझेको पनि बताए । ‘हामी दुनियाँलाई बुझ्छौं, जीवन जगत्लाई बुझ्छौं, केही पनि निर्विकल्प हुँदैन । खास अवधिका लागि निर्विकल्प हुनसक्छ । जस्तो– अहिले नेकपा एमाले प्रतिपक्षमा निर्विकल्प छ, प्रतिपक्षमा यसको विकल्प छैन । आउँदो चुनावबाट यो फेरि सरकारमा जान्छ, यसको विकल्प पनि छैन । यो सधैंका लागि होइन । आवधिक निर्वाचन भइरहन्छ,’ उनले भने ।

‘बाक्लो दाल खान मन लाग्यो’

ओलीले पार्टी विभाजन भएको तर त्यसको जिम्मेवार आफू नभएको बताए । ‘मेरै नेतृत्वअन्तर्गत चुनावी तालमेल भएको र नेकपा एमाले नेतृत्वको त्यो तालमेलले अत्यधिक सिट प्राप्त गरेको हो । पृथक्तावाद अन्त्य भएको, हिंसामा विश्वास गर्ने शक्तिहरू राजनीतिक मूलधारमा आएको, संविधान नमान्ने शक्तिहरूले संविधान मान्न थालेको मेरै नेतृत्वमा हो’, ओलीले भने ।

उनले अहिलेको पार्टी विभाजनलाई केही व्यक्तिहरू बाक्लो दाल खान गएको रूपमा अथ्र्याए । ‘केही मान्छेलाई बाक्लो दाल खान मन लाग्यो भनेर सानो हन्डी लिएर चौको बसाउन जाँदा तपाइँलाई दाग लाग्दैन भन्ने । केको दाग लाग्छ ? दाग त हन्डी लिएर बाक्लो दाल बसाउन जानेलाई लाग्छ ।

यहाँ नेकपा एमालेमा त्यत्रो लंगुर लागेको भन्छ नि । त्यत्रो लंगुर लागेको छ, यत्रो हाँडी बसाउनतिर जानुपर्‍यो। त्यसकारण त्यसको जिम्मा मैले लिइरहनुपर्ने देखिनँ। यद्यपि म पार्टीको प्रमुख भएको हुनाले मेरो समयमा जुन ठाउँमा पार्टी पुगेको थियो, मैले बचाउने कोशिस गरें । कोशिस गर्दागर्दै पनि केही मानिसको मनोवृत्ति र प्रवृत्तिले बचाउन सकिएन, त्यसमा म दुःखी छु । केही मानिसलाई मैले सच्याउन खोजें, सकिनँ’, ओलीले भने ।

ओलीले आफूले सबैलाई असल बाटो देखाउने गरी पढाएको बताए । उनले आफू सबैको गुरु भए पनि सबैले बराबरी शिक्षा लिन नसकेकोमा चित्त दुखाए । ‘म मैले पढाएका सबै विद्यार्थीले डिस्टिङ्सन ल्याउन्, सयमा सय अंक ल्याउन् भन्ने चाहन्छु, कोही–कोही त्यस्तो हुन सकेनन्, फेल भए’, उनले भने ।

‘खरानी बेचेर सहर बसाउने’

ओलीले माधव नेपालप्रति लक्षित गर्दै एमालेभन्दा अर्को कुनै बृहत् कम्युनिस्ट मोर्चा नहुने दाबी गरे । ‘बृहत् कम्युनिस्ट एकता भनेको के हो ? नेकपा एमाले हो बृहत् कम्युनिस्ट एकता भनेको । जसका दसौं लाख पार्टी सदस्य छन्, बिसौं लाख जनवर्गीय सदस्य छन् । अनि एक दल, दुई दल र समूहका मानिस जोडेर कुन बृहत् एकता हुन्छ ? नेपालव्यापी मात्रै होइन, जहाँ नेपाली पुगेका छन्, त्यहाँ एमाले पुगेको छ । नेपालव्यापी पार्टी छोडेर, चोइटिएर, अरू टोली भेला गरेर बृहत् बनाउने’, उनले प्रश्न गरे ।

उनले घर जलाएर खरानी बेचेर सहर बसाउने कुरा असम्भव जस्तै भएको बताए । ‘घर जलाउने अनि खरानी बेचेर सहर बसाउने भन्ने । यी फाल्तु कुरा हुन् । मलाई नयाँ पार्टी दर्ता गर्न दिनुस् न, अनि एकता गरौं भन्ने । यो एकताको कुरा हो ? पार्टी फुटाउने अनि नयाँ पार्टी घोषणा गर्ने, अनि एकताको कुरा गर्ने ? यो बाटो हो ? यो झुटो कुरा हो । यस्ता चटके कुराहरूको पछाडि नलाग्न र विश्वास नगर्न म सबैलाई आग्रह गर्न चाहन्छु’, ओलीले भने ।

ओलीले देशमा संविधान मिच्न थालिएको, संविधान मिच्ने अभ्यास, फोहोरी राजनीति, किनबेचको राजनीति सुरु भएको बताए । ‘रिसोर्टमा लगेर तीन दिनदेखि मान्छे थुनेर, घरघरबाट मान्छे टिपेर रिसोर्टमा लगेर, थुनेर, त्यो पनि यहाँ नजिकै होइन, यहाँबाट ढोक्सेमा हालेर (ढोक्सेमा हालेपछि माछो उम्किन पाउँदैन), त्यो ढोक्से निर्वाचन आयोगमा ल्याएर घोप्ट्याउने । यो काम के लोकतान्त्रिक हुन्छ ? यस्तो काम लोकतान्त्रिक हुन्छ,’ ओलीले नेपालप्रति लक्षित गर्दै प्रश्न गरे ।,याे समाचार नागरिक दैनिकमा छापिएकाे छ  ।

लोकप्रीय

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२

विचार

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२

थप समाचार

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति
मनोरन्जन

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?
अन्तर्राष्ट्रिय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्
अन्तर्राष्ट्रिय

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: यु*द्ध रोक्न Russiaलाई नयाँ डेडलाइन, रोकियो भारतीय नर्सको मृ*त्युदण्ड || Nepal Times

World News: यु*द्ध रोक्न Russiaलाई नयाँ डेडलाइन, रोकियो भारतीय नर्सको मृ*त्युदण्ड || Nepal Times

00:16:03

World News:खामेनीको ह*त्या गर्ने धम्की, को*रोना परास्त गर्ने औषधि फेला|| Nepal Times

00:13:47

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

00:12:45

World News: सय मोस्टवान्टेड Chinaमा, Modiले डुलेरै सके ३६२ करोड || Nepal Times

00:23:28

World News: Bangladeshका पूर्व प्रधानन्यायाधीश प*क्राउ, Indiaले चिनियाँलाई पर्यटक भिसा खोल्यो

00:15:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

प्रचण्ड गर्मीकाबीच आज कहाँ हुँदैछ भारी वर्षा ?

बिहिबार साउन ८ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक

विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक

शनिबार साउन १० , २०८२

हालका पोस्टहरू

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.