सात सय ५० पालिकामा बैंकका शाखा, यी हुन् बैंक नपुग्ने तीन वटा पालिका

सात सय ५० पालिकामा बैंकका शाखा, यी हुन् बैंक नपुग्ने तीन वटा पालिका

१० भदौ, काठमाडौं ।

देशभरका सात सय ५३ पालिकामध्ये सात सय ५० पालिकामा वाणिज्य अर्थात् ’क’ वर्गका बैंकका शाखा पुगेका छन् ।

नेपाल राष्ट्र बैंकले दुई वर्षअघि नै सबै पालिकामा कम्तीमा एउटा वाणिज्य बैंकको शाखा पु¥याउने लक्ष्य राखेपछि अझै तीन वटा पालिकामा शाखा पुग्न सकेका छैनन् । गएको वर्षको असारमा सात सय ४७ पालिकामा शाखा पुगेकोमा यो वर्षको असारमा सात सय ५० वटामा पुगेको हो ।

अब धादिङको रुवीभ्याली, जाजरकोटको जुनीचाँदे र बझाङको सैपाल गाउँपालिकामा वाणिज्य बैंकका शाखा पुग्न बाँकी रहेको छ ।

नेपालमा २७ वटा वाणिज्य बैंक, १८ वटा विकास बैंक, १७ वटा वित्त कम्पनी, ७० वटा लघुवित्त वित्तीय संस्था र एक पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन् । यी बैंक तथा वित्तीय संस्थाका १० हजार ६ सय ८३ वटा शाखा रहेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.