×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026
Playing
रास्वपा र राप्रपाबीच केमा सहमति हुन लागेको हो ? || Nepal Times
Apr 04, 2026
Playing
ट्राफिक लाइट पा ल ना नगर्ने लाई कारबा ही, मापसे गरेर गाडी चला उने ९ चालक प क्राउ|| Nepal Times
Apr 04, 2026
Playing
बालेन सरकारले ठुला माछा समाउन किन गर्यो ढिलो ? #nepal #scandal || Nepal Times
Apr 04, 2026
Playing
अमेरिकामा २४ घण्टामा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त || Nepal Times
Apr 04, 2026
Playing
World News : ठूलो हमलामा पनि इरानले हजारौँ ड्रोन जोगायो, अमेरिकी दुई फाइटर जेट इरानले खसायो
Apr 04, 2026
Playing
किन पक्रा उ परे शंकर अग्रवालका बाबुछोरा ? हाइप्रोफाइलको भागभाग#nepaltimes #trending #nepal
Apr 04, 2026
Playing
सभामुखमा कांग्रेस, एमाले र नेकपाले किन दिएनन् उम्मेदवारी ?|| Nepal Times
Apr 04, 2026
Playing
संवैधानिक परिषद्मा सन्तुलन मिलाउन रास्वपाले कसलाई देला उपसभामुख ?|| Nepal Times
Apr 04, 2026
Playing
Top 15 Afternoon News || April-04-2026 || Nepal Times
Apr 04, 2026

लुम्बिनीमा भागबन्डा मिलाउन मन्त्रालयको संख्या १३ पुर्‍याइयो

१४ भाद्र २०७८

काठमाडौं : लुम्बिनी प्रदेश सरकारको मन्त्रिमण्डल विस्तारको तयारी थालिएको छ । गठबन्धन सरकारमा मन्त्रीका आकांक्षी धेरै भएपछि यहा मन्त्रालयको संख्या पनि बढाइएको छ । आइतबार मात्रै मन्त्रिपरिषद बैठकबाट मन्त्रालयको संख्या १३ पुर्‍याइएको छ । लुम्बिनीमा गत साउन २८ गते नयाँ सरकार बनेको हो । कुलप्रसाद केसी मुख्यमन्त्री रहेको यहाको मन्त्रीमण्डल ७ सदस्यीय रहेको छ । अब मुख्यमन्त्रीसहित १३ मन्त्री तथा थप केही राज्यमन्त्री रहने गरी मन्त्रीमण्डल विस्तारको तयारीमा दलहरु जुटिरहेका छन् ।

यहा माओवादी केन्द्र, कांग्रेस, जसपा र स्वतन्त्र समुहका समेत मन्त्रीमण्डलमा सामेल छन् । अब बिस्तार हुने मन्त्रीमण्डलमा नेकपा एकीकृत समाजवादीका सांसदलाई समेत समेट्ने तयारी गठबन्धनको रहेको छ । यहाँ विगतमा माधव नेपाल पक्षमा खुलेका सांसदहरु नया पार्टीमा सामेल हुनेबारे भने अझै निर्णय गरेका छैनन् ।

Advertisement

यी हुन सम्भावित मन्त्री
यहाँ ७ सदस्यीय मन्त्रिमण्डल रहेकाले अब बिस्तार हुनेमा ६ जना मन्त्री र अन्य केही राज्य मन्त्री रहने छन् । कुन पार्टीबाट कति मन्त्री सहभागि हुने भन्ने मोटामोटी टुंग्याएका यहाका दलहरुले पार्टीको तर्फबाट सरकारमा जाने मन्त्रीहरुको टुंगो छिट्टै लगाउदैछन् । अब विस्तार हुने मन्त्रीमण्डलमा माओवादी केन्द्रले साविकको लुम्विनी क्षेत्रबाट पार्टीका प्रमुख सचेतक तुलाराम घर्ती मगरलाई पठाउने सम्भावना रहेको छ । त्यस्तै राप्ती क्षेत्रबाट इन्द्रजित थारु पठाउने तयारी थालेको माओवादी केन्द्रले भेरी क्षेत्रबाट कृष्णा केसी र तिलकराम शर्मामध्ये एक जनालाई पठाउने सम्भावना रहेको छ । माओवादी केन्द्रबाट मन्त्रीको चर्चामा दामाकुमारी शर्मा, सुर्दशन बराललगायत पनि रहेका छन ।

Advertisement

माओवादी केन्द्रले विमला वलीलाई राज्यमन्त्री बनाउने तयारी पनि गरेको छ । कांग्रेसबाट वीरवहादुर राना, सुरेन्द्र हमाल, वसिउद्दिन खा, निर्मला क्षेत्री र रमा अर्यालको मन्त्री बन्ने चर्चामा छन् । कांग्रेसका कोटामा पर्ने मन्त्रालयमा यीनै मध्येबाट पठाउने सम्भावना रहेको कांग्रेसका एक नेताले बताए । त्यस्तै कांग्रेसले रिना नेपाल विकलाई राज्यमन्त्री बनाउने सम्भावना रहेको छ ।,याे समाचार नयाँ पत्रिका दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सम्बन्धित खबरहरु

Scroll to Top