विराटनगर,असार २७
नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. कुलप्रसाद उपाध्यायलाई सरकारले अपमानजनक ढंगले नियन्त्रणमा लिएको भन्दै पुर्वाञ्चल विश्वविद्यालय प्रध्यापक संघले आपत्ति जनाएको छ ।
प्रध्यापक संघले बुधबार विज्ञप्ति निकाल्दै क्यानडामा हुने विश्वसंस्कृत सम्मेलनमा भाग लिन जाने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिई सम्मेलनमा सहभागी हुनबाट बञ्चित गरेको भन्दै विज्ञप्ति ध्यानाकर्षण जनाएको हो ।
प्रध्यापक संघद्धारा जारी गरेको विज्ञप्तिमा घटनामा राज्यले उपकुलपति, विश्वविद्यालय, धर्म–संस्कृति तथा सिंगो प्राज्ञिक क्षेत्रमाथी आघात पु¥याएको जनाएको छ । मानवीय समवेदनाको समेत वेवास्ता गरि सरकारले आफ्नो चरित्र आफै उदाङ्गो बनाएको प्रध्यापक संघले आरोप लगाएको छ ।
उपकुलपति माथि भएको घटनाले लोकतान्त्रिक मुल्यमान्यतालाई सरकारले उपहास गरेको समेत संघले आरोप लगाएको छ । प्रध्यापक संघले ई. सं २०२४मा नेपालमा हुने निश्चित भएको सम्मेलन रोक्न सरकार लागी परेको आरोप लगाएको छ ।
“यस घटनाबाट आगामी ई. सं २०२४मा नेपालमा हुने निश्चित भएको विश्व संस्कृत सम्मेलन हुन नदिई नेपालको मौलिक संस्कृति एवम् सम्पदालाई समाप्त पार्ने प्रपञ्च भएको बुझिएको छ ” विज्ञप्तिमा भनिएको छ ।
प्रध्यापक संघले यस्ता क्रियाकलाप नदोहो¥याउन सरकारलाई सचेत गर्दै उपकुलपतिलाई सम्मेलनमा भाग लिने ब्यबस्था मिलाउन सरकारसँग माग गरेको छ ।