×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले ठुला माछा समाउन किन गर्यो ढिलो ? #nepal #scandal || Nepal Times
Apr 04, 2026
Playing
अमेरिकामा २४ घण्टामा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त || Nepal Times
Apr 04, 2026
Playing
World News : ठूलो हमलामा पनि इरानले हजारौँ ड्रोन जोगायो, अमेरिकी दुई फाइटर जेट इरानले खसायो
Apr 04, 2026
Playing
किन पक्रा उ परे शंकर अग्रवालका बाबुछोरा ? हाइप्रोफाइलको भागभाग#nepaltimes #trending #nepal
Apr 04, 2026
Playing
सभामुखमा कांग्रेस, एमाले र नेकपाले किन दिएनन् उम्मेदवारी ?|| Nepal Times
Apr 04, 2026
Playing
संवैधानिक परिषद्मा सन्तुलन मिलाउन रास्वपाले कसलाई देला उपसभामुख ?|| Nepal Times
Apr 04, 2026
Playing
Top 15 Afternoon News || April-04-2026 || Nepal Times
Apr 04, 2026
Playing
राजदूत भन्छन– पत्र पठाएका छौँ, औपचारिक जानकारी छैन|| Nepal Times
Apr 04, 2026
Playing
‘बले’माथि आ रोप लगाउने युवतीले खोलिन् आफ्नो परिचय#bale #Arrest #nepal || Nepal Times
Apr 04, 2026
Playing
विभिन्न प्रदेशमा बदली र वर्षा: हिमाली क्षेत्रमा हिमपातको संकेत|| Nepal Times
Apr 04, 2026

समता फाउण्डेसनद्धारा सञ्चालित विद्यालयले १९ विद्यार्थीको भविष्य माथि खेलवाड गरेको खुलासा

३१ असार २०७५

किशोर विश्वकर्मा
विराटनगर, असार ३१
नेपालकै चर्चित समता फाउण्डेसनद्धारा सञ्चालित समता स्कुल विराटनगरमा अध्यन गरी माध्यामिक शिक्षा परीक्षा एसईई दिएका विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गरिएको खुलासा भएको छ ।

विद्यार्थीलाई न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको सो स्कुलमा अध्ययन गरी एसईई परीक्षा दिएका १९ जना विद्यार्थीको भविष्य माथि खेलवाड गरिएको खुलासा भएको हो ।

Advertisement

सो विद्यालयमा १० कक्षासम्म अध्ययन गरी माध्यमिक शिक्षा परीक्षा (एसईई)को रजिस्टे«सन फारम १९ जन विद्यार्थीले भरेका थिए । तर, परीक्षाको समयमा समता फाउण्डेसनले आफुहरुलाई परीक्षा दिनबाट झण्डै बञ्चित गरेको र पछि सम्पूर्ण १९ जना विद्यार्थीलाई स्कुलले जसोतसो अन्य विद्यालयको नामबाट परीक्षा दिने व्यवस्था मिलाएको विराटनगर–१ की छात्रा आर्या रिमालले बताइन् ।

उनले आफुहरुले समता फाउण्डेसनद्धारा सञ्चालित समता स्कुलबाटै रजिस्ट्रेसन फारम भरेको र फाउण्डेसन अन्तर्गतकै विद्यार्थी भएर परीक्षा दिन पाउनुपर्ने भएपनि काठमाण्डौंको सञ्जीवनी बैकप्पिक विद्यालयको नामबाट परीक्षा दिन लगाएको आरोप लगाइन् ।

उनले भनिन् ‘ हामी समता स्कुल विराटनगरका विद्यार्थी हौँ । सोही स्कुलबाट एसईईको परीक्षाको रजिस्ट्रेसन फारम भरेका थियौँ । हामी भन्दा अगाडिको ब्याचको परीक्षा फारम पनि समता स्कुलबाटै भरिने गरेको थियो फाउण्डेसनलेनै परीक्षाका सम्पूर्ण प्रकृया मिलाउने गरेको भएपनि हामीले यस पल्टको एसईई परिक्षा दिने समयमा रुवाबासीनै भएको थियो ।’

उनले सुरुमा समता फाउण्डेसनले आफुहरुको रजिस्टे«सन फारम हराएको बताउँदै यो वर्ष तिमीहरुले परीक्षा नदेउ अर्को बर्ष परिक्षा दिए छात्राबासमा राखेर १ वर्ष सम्म खाने बस्ने सुविद्या सहित निशुल्क कोचिङ क्लास समेत दिने व्यवस्था मिलाउँछौँ भन्ने सम्मको प्रलोभन देखाएको र आफुहरुको विरोध पछि बल्ल परीक्षा दिने व्यवस्था मिलाएको दावी गरिन् ।

उनले भनिन् ‘ विद्यार्थी हामी समता स्कुलका तर प्रवेश परिक्षामा विद्यालयको नाम सञ्जीवनी बैकल्पिक विद्यालय रहेको थियो । परीक्षा केन्द्र काठमाडौंकै लब्लि एन्जल स्कुलमा कायम गरिएको थियो । परीक्षा सकिएपछि हामी सबै विद्यार्थीको प्रवेश पत्र समेत समता फाउण्डेसनलेनै खोसेर लियो ।’

अर्की छात्रा सबनम राजवंशीले पनि परीक्षा दिने समय आफुहरुलाई विभिन्न आशंका उब्जिएको बताइन् । तर, परीक्षा दिन पाएपनि परिक्षा लगत्तै समता फाउण्डेसनबाट खटिएका व्यक्तिहरुले प्रवेश पत्र लगेको बताइन् ।

उनले परिक्षा दिएपनि नतिजा हेर्दा आफुहरु अचम्ममा परेको बताइन् । छात्रा राजवंशीले सिम्बोल नम्बर र जन्म मितिका आधारमा इन्टरनेटमा नतिजा हेर्दा गम्भिर त्रुटी भेटिएको दावी गरिन् ।

उनले भनिन् ‘ रिजल्ट आएपछि सिम्बोल नम्बर र जन्म मितिको आधारमा हेर्दा मैले पढेको विषय अर्कै थियो तर रिजल्टमा अर्कै देखाएको थियो । ऐच्छिक गणित विषयको परिक्षा दिएको भएपनि कम्प्यूटर साइन्सको नतिजा आएको थियो । मेरो मात्र होइन हामी सबैको त्यस्तै त्रुटि पाइएको थियो ।’

उनले वास्तविक रिजल्ट र ग्रेड सिटका लागि विद्यालयमा पटक पटक धाएपनि एक दुइदिनमा हुन्छ भन्दै टार्ने गरेको बताइन् । उनले भनिन् ‘ रिजल्ट आएको यत्रो समय भईसक्यो । कलेजहरुमा अब हाम्रो एडमिशन समेत हुने सम्भावना कम छ । मौका परिक्षाको अबधि समेत सकिई सकेको अवस्था छ । ग्रेड सिट नपाएर हाम्रो भविष्य माथि खेलवाड भएको छ । दोषि माथि तत्काल कारवाहि गरिनु पर्छ ।’

विद्यार्थीका अभिभावकहरुले पनि परिक्षाको नतिजा सार्जजनिक भएको लामो समय सम्म पनि ग्रेड सिट नदिएको प्रति आक्रोश पोखेका छन् । उनीहरुले कलेजहरुको एडमिसन समय पनि लगभग सकिन लागेको, मौका परिक्षाको समय सकिईसकेको र सिटिइभिटिले लिने प्रवेश परिक्षाको फारम भर्ने म्याद सकिन लागेपनि विद्यार्थीले वास्तविक नतिजा, ग्रेड सिट तथा सर्टिफिकेट नपाएको भन्दै स्कुल परिसरमै पुगेर आक्रोश व्यक्त गरे ।

अभिभावक भगिरथ पौडेलले भने ‘ ग्रेड सिट नदिएर विद्यार्थीको भविष्य माथि विद्यालय प्रशासनले खेलवाड गरेको छ । यदि विद्यार्थीले यहि कारण उच्च शिक्षा अध्यनमा असर परेको छ । उनले प्रश्न गरे यसरी विद्यार्थीको भविष्य माथि खेलवाढ गर्न पाइन्छ ? यसको जिम्मेवारी समता फाउडेसनले वा स्कुलले लिनु पर्छ कि पर्दैन ?’

यता स्कुलका प्रधानाध्यापक विकास गुरुङले भने विद्यार्थीको फारम समता स्कुलबाटै भरिएको दावी गरे । उनले समता स्कुल विराटनगरलाई कक्षा ८ सम्मको मात्र इजाजत भएको तथा इसईई परिक्षाका लागि समता फाउण्डेसनलेनै सञ्चालन गर्ने विद्यालयबाटै परिक्षा दिने व्यवस्था यसअघि हुँदै आएकाले स्थापना कालदेखि कुनै समस्या नभएको भएपनि यो वर्ष केही ढिलाइ र त्रुटी हुन पुगेको स्वीकार गरे ।

उनले आफुले केन्द्रमा(समता फाउण्डेसन) ग्रेड सिटका विषयमा कुरा राख्दा एक दुइदिन मित्रमा पठाइने भनिएको बताए । उनले विद्यार्थीको परीक्षाका लागि स्कुलले कुनै त्रुटि नगरेको दावी गरे ।

Advertisement

समता फाउण्डेसन एक गैर सरकारी संस्था हो । जसले देशैभर सामाजिक कार्य गर्दै आएको छ । समता फाउण्डेशनले देशभर ७३ जिल्लामा यस्ता विद्यालय सञ्चालन गर्दै आईरहेको छ । ति विद्यालयले मासिक १ सय रुपैयाँ मात्र विद्यार्थीहरु सँग शुल्क लिँदै अध्यापन गराउँदै आएका छन् ।

भर्खरको समाचार

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सम्बन्धित खबरहरु

Scroll to Top