×

NEPAL TIMES UPDATES

Playing
३६ वर्षदेखि सुरक्षाकर्मीलाई ’हतक*डी’,बिचौलियाको हातमा शासन|| Nepal Times
Apr 06, 2026
Playing
संसद्को दुवै सदनको बैठक आज ःके छ कार्यसूची ? आजै सर्वदलीय बैठक|| Nepal Times
Apr 06, 2026
Playing
ट्रम्पको अल्टिमेटम सकियो, इरानको नयाँ सर्त, अमेरिकी पाइलटको उद्धार|| Nepal Times
Apr 06, 2026
Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026

कृषि विश्वविद्यालयद्वारा निजी सम्बन्धनबारे जानकारी

२ श्रावण २०७५

चितवन, साउन २

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले सम्पूर्ण प्रक्रिया पूरा गरेर आठ निजी क्याम्पसलाई सम्बन्धन दिएको प्रष्ट पारेको छ ।आठ निजी क्याम्पसलाई सम्बन्धन दिएपछि प्राध्यापक र विद्यार्थीले आन्दोलन चर्काउँदै लगेपछि विश्वविद्यालयले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी सम्बन्धन स्थगन हुन नसक्ने जनाएको छ ।

Advertisement

सो अवसरमा विश्वविद्यालयका उपकुलपति प्राडा ईश्वरीप्रसाद ढकालले विश्वविद्यालयको नियम मुताविक विद्या परिषद, प्राज्ञिक परिषद् र अन्त्यमा कार्यकारी परिषद्बाट कृषि स्नातक पढाइ हुने सात र वन विज्ञान पढाइ हुने एक गरी देशका विभिन्न स्थानका आठवटा निजी कलेजलाई सम्बन्धन दिइएको बताए।

उपकुलपति ढकालले विश्वविद्यालयको निर्णयअनुसार २०७२ जेठ २६ गते गोर्खापत्र दैनिकमा सूचना प्रकाशितपछि आवेदन परेका २४ क्याम्पसमध्ये सम्पूण प्रक्रिया पूरा गरेका आठ क्याम्पसलाई मात्र सम्बन्धन दिइएको बताए । ठूलो संख्यामा कृषि शिक्षा पढ्ने विद्यार्थीको चाहना भएर पनि पढ्न नपाएको परिवेशमा आंगिकसँगै निजी क्याम्पसलाई सम्बन्धन दिइएको उनको भनाइ थियो ।

कार्यक्रममा विश्वविद्यालयका रजिष्टार मनराज कोलाक्षपतिले विधिसम्मत् ढंगबाट निजी क्याम्पसलाई सम्बन्धन दिँदा अनावश्यक आलोचना भएको बताए । उनले पदाधिकारी कसैको पनि सम्बन्धन दिइएका निजी क्याम्पसमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा लगानी नभएको, कुनै आर्थिक प्रलोभनमा काम नभएको, भौतिक पूर्वाधार र प्रक्रिया पूरा गरेका क्याम्पसलाई मात्र सम्बन्धन दिइएको बताए ।

सोही अवसरमा विश्वविद्यालयका अनुसन्धान निर्देशक डा नवराज देवकोटाले विश्वविद्यालयको मुख्य उद्देश्य अध्ययन, अनुसन्धान र प्रसार रहेको भन्दै सम्बन्धन पाएका क्याम्पसले पनि विश्वविद्यालयको उद्देश्यअनुसार काम गर्नुपर्ने बताए ।

विश्वविद्यालयले कृषि स्नातकमा सम्बन्धन दिइएकामा पूर्वाञ्चल कृषि क्याम्पस झापा, जिविका कृषि विज्ञान कलेज इटहरी, भ्यालि कृषि क्याम्पस ललितपुर, हिमछाया कलेज गैंडाकोट, रामनगर टेक्निकल एण्ड म्यानेजमेन्ट कलेज भूमही, गोर्खा युनाइटेड पब्लिक स्कुल कोहलपुर र ब्राइट मध्यपश्चिम कृषि तथा वन विज्ञान क्याम्पस सुर्खेत रहेका छन् ।

त्यसैगरी वन स्नातकमा सिद्धान्त क्याम्पस गैँडाकोट रहेका छन् । सबै कलेजले ५०÷५० जना विद्यार्थी भर्ना गर्न पाउनेछन् । विश्वविद्यालयले हालसम्म चारवटा आंगिक क्याम्पस सञ्चालनमा ल्याएको छ ।

आउँदो शैक्षिक सत्रसम्ममा थप चारवटा आंगिक क्याम्पस सञ्चालनका लागि गृहकार्य भइरहेको जनाएको छ । विश्वविद्यालयका प्राध्यापक र विद्यार्थी संगठनले भने निजी क्याम्पसलाई सम्बन्धन दिन नहुने भन्दै विरोध जनाएका छन् । उनीहरुले विश्वविद्यालयमा तालाबन्दी गर्ने, हडताल गर्ने लगायतका विरोधका कार्यक्रम गरिरहेका छन् ।

सम्बन्धन स्थगन नभएसम्म हडताल जारी रहने जनाएका छन् । सरकारले प्राविधिक शिक्षा पढाउनका लागि भन्दै विसं २०६७ मा यो विश्वविद्यालय स्थापना गरेको थियो ।
रासस

Advertisement

भर्खरको समाचार

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

सम्बन्धित खबरहरु

Scroll to Top