NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
पुटिन र किम दाजु भाइ, युक्रेनका लागि जे पनि गर्ने बुधबार भदौ १८ , २०८२
भेनेजुएला नजिकै अमेरिकी हमलाः ११ लागुऔषध तस्कर मारिए बुधबार भदौ १८ , २०८२
एसियन कप छनोटमा आज नेपालले ताजिकिस्तानविरुद्ध खेल्दै बुधबार भदौ १८ , २०८२
छेडखानी सच्याएर निजामती विधेयक राष्ट्रियसभाबाट पारित बुधबार भदौ १८ , २०८२
एलएस अटोमा ‘फेस्टिभ अफर’, विदेश भ्रमणदेखि भारी छुटसम्म बुधबार भदौ १८ , २०८२
Next
Prev

समाचार

राजदूतसहितको कूटनीतिज्ञको हाइकिङले जगायो उत्साह

आइतवार अशोज १७ , २०७८
Reading Time: 1 min read
A A
राजदूतसहितको कूटनीतिज्ञको हाइकिङले जगायो उत्साह
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१७ असोज, काठमाडौं ।

विश्व पर्यटन दिवसका अवसरमा गण्डकी प्रदेश सरकारको निमन्त्रणामा पोखरा आएका विभिन्न ११ देशका राजदूतसहितका कूटनीतिज्ञ अघिल्लो सोमबार झन्डै चार घण्टा हाइकिङमा सहभागी बने।

कास्की नौडाँडास्थित हिमालय देउरालीबाट हिमाली दृश्य नियाँल्दै खड्गाउँ कोट, कास्कीकोट देउराली हुँदै कश्यप तालसम्मको सो हाइकिङमा विदेशी कूटनीतिज्ञ निकै रमाएका देखिन्थे।

LS Auto

उत्तरतर्फको हिमाललाई साक्षी राख्दै तस्बिर खिचाउँदाका दृश्य लोभ लाग्दो थियो। झन्डै दुई वर्षयता कोरोना कहरका कारण थलिएको पोखराको पर्यटनमा विदेशी कूटनीतिज्ञको यो सहभागितालाई पर्यटन व्यवसायीसँगै यहाँका स्थानीयवासीले अत्यन्त महत्वका साथ लिएका छन्।

नेपालका शाह वंशीय राजाहरूको ऐतिहासिक थलो कास्कीकोट र यहाँबाट देखिने मनोरम हिमाली तथा पहाडी दृश्य विदेशी कूटनीतिज्ञलाई देखाउन पाउँदा आफूहरूलाई अत्यन्त हर्षित बनाएको स्थानीय युवा एवम् कास्कीकोट पर्यटन विकास समितिका संयोजक उदय सुवेदीले बताए ।

‘नेपालकै इतिहासको महत्वपूर्ण साक्षी कास्कीकोट पर्यटकीय रुपमा पनि उत्तिकै महत्व भएर पनि ओझेलमा परेको ठाउँ हो,’ उनले भने, ‘प्रकृति र संस्कृतिको अनुपम सङ्गम यस स्थलमा विदेशी कूटनीतिज्ञको औपचारिक भ्रमणले यसको महिमा र गरिमा अझै बढाएको छ।’

कूटनीतिहरू सहभागी बन्दै गर्दा ठाउँठाउँमा आफ्नै मौलिक पोसाकमा सजिएर आमा समूह स्वागतमा तल्लीन देखिन्थे। पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको कास्कीकोट कूटनीतिज्ञको भ्रमणसँगै विश्वपर्यटन बजारमा पुग्ने विश्वास गरिएको पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष ओम सुवेदीले बताए।

झन्डै छ हजार वर्षअघि कश्यप ऋषिले तपस्या गरेको तपोभूमि र नेपालका शाहवंशीय राजाको उद्गमस्थल कास्कीकोटको समग्र पर्यटकीय विकासलाई स्थानीय तहका तर्फबाट संरक्षण र विकासमा चासो दिइएको उनले बताए।

समुद्री सतहबाट एक हजार ७७८ मिटरको उचाइमा रहेको कास्कीकोटमा पहिलो शाहवंशीय राजा कुलमण्डन खान (शाह) को दरबारका साथै तत्कालीन समयदेखि नै पूजाआजा गर्दै आएको गुप्तकालिका मन्दिर छ।

दरबारसहितको मन्दिरको ऐतिहासिकतालाई जोगाउने लक्ष्यका साथ पुरातत्व विभागबाट रु दुई करोड ६५ लाखको लागतमा पुनर्निर्माण गरिएको वडाध्यक्ष सुवेदीले जानकारी दिए।

दरबारको पुनर्निर्माणसँगै वरपरका गलजथुम्की र पार्कसमेत निर्माण गरिएको छ। पुरातत्व विभागबाट दरबारको तल रहेको जीर्ण अवस्थाको मौलाको मन्दिर रु ११ लाखमा पुनर्निर्माण गरिएको छ भने उक्त स्थानमा रु आठ लाखको लागतमा सिँढीबाटो निर्माण गरिएको छ।

दरबार तल गाउँको बीच भागमा रहेको कश्यप ऋषिले स्नान गर्ने गरेको कश्यप ताल पोखरा महानगरपालिकाको रु ५० लाखको सहयोगमा मर्मत गरिएको छ भने ताल नजिकै रहेको कुलमण्डन पार्कलाई व्यवस्थित बनाउन गण्डकी प्रदेश सरकारबाट दुई चरणमा गरी रु ३४ लाखको लागतमा विभिन्न काम गरिएको उनले जानकारी दिए।

स्थानीयवासीले ठूली पोखरी भन्ने गरेको कश्यप तालको पानीबाट यस आसपासका स्थानीयवासीले गाईवस्तुलाई खुवाउनाका साथै अन्य घरायसी प्रयोजन र यहाँको झन्डै ७०० रोपनी क्षेत्रफलमा सिँचाइ पनि उपलब्ध हुँदै आएको छ।

हाइकिङका क्रममा विदेशी कूटनीतिज्ञले उक्त स्थानको ऐतिहासिकता एवम् मौलिकतालाई अत्यन्त चासोका साथ अवलोकन गरेका थिए।

चार वेदमध्येको एक यजुर्वेद लेखेको विश्वास गरिने कश्यप ऋषिले स्नान गर्ने गरेको यस तालको धार्मिक एवं संस्कृतिक रूपमा पनि उत्तिकै महत्व मानिन्छ। नेपालका शाहवंशीय राजाको पालामा यस तालको थप संरक्षण भई त्यस समयमा पनि राजा तथा प्रजाले यहाँको पानीको भरपुर उपयोग गर्ने गरेका थिए।

जैविक विविधताले भरिपूर्ण पर्यटकीय, धार्मिक, तथा शाहवंशीय इतिहासको साक्षी कास्कीकोटमा विदेशी विशिष्ट कूटनीतिज्ञको हाइकिङसहितको भ्रमण समग्र पोखराको प्रवद्र्धनका लागि महत्वपूर्ण भएको ट्रेकिङ एजेन्सिज एसासिएसन अफ नेपाल ९टान० पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष सुशीलराज पौडेलले बताए।

झन्डै चार घण्टाको हाइकिङले कास्कीकोटका साथै नेपालको समग्र पदयात्रा पर्यटनबारे राम्रो सन्देश विश्व पर्यटन बजारमा पु¥याएको उनले बताए।

‘कोरोनाले थलिएको पोखराको पर्यटनको प्रवद्र्धनमा राजदूतसहितका कूटनीतिज्ञको भ्रमणले ठूलो अर्थ राखेको छ,’ उनले भने, ‘कोरोना प्रभावित पर्यटनलाई स्वास्थ्य सजगतका साथ पुरानै लयमा फर्काउनु अहिलेको आवश्यकता हो ।’ रासस

लोकप्रीय

पुटिनको सहयोग गर्न किम जोङ मस्को जाँदै

पुटिन र किम दाजु भाइ, युक्रेनका लागि जे पनि गर्ने

बुधबार भदौ १८ , २०८२
भेनेजुएला नजिकै अमेरिकी हमलाः ११ लागुऔषध तस्कर मारिए

भेनेजुएला नजिकै अमेरिकी हमलाः ११ लागुऔषध तस्कर मारिए

बुधबार भदौ १८ , २०८२
एसियन कप छनोटमा आज नेपालले ताजिकिस्तानविरुद्ध खेल्दै

एसियन कप छनोटमा आज नेपालले ताजिकिस्तानविरुद्ध खेल्दै

बुधबार भदौ १८ , २०८२

विचार

थप समाचार

पुटिनको सहयोग गर्न किम जोङ मस्को जाँदै
अन्तर्राष्ट्रिय

खेलकुद

एसियन कप छनोटमा आज नेपालले ताजिकिस्तानविरुद्ध खेल्दै

बुधबार भदौ १८ , २०८२
छेडखानी सच्याएर निजामती विधेयक राष्ट्रियसभाबाट पारित
अन्तर्राष्ट्रिय

छेडखानी सच्याएर निजामती विधेयक राष्ट्रियसभाबाट पारित

बुधबार भदौ १८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:रुसका कारण ईयू अध्यक्षको विमानको राडार जाम, नर्वेलाई यु*द्धपोत || Nepal Times

World News:रुसका कारण ईयू अध्यक्षको विमानको राडार जाम, नर्वेलाई यु*द्धपोत || Nepal Times

00:17:41

World News: मोदीको निशानामा पाकिस्तान, राष्ट्रसंघका १९ कर्मचारी हु*थीको क*ब्जामा || Nepal Times

00:13:44

World News: Modi-Putinलाई Xiको वेलकम, China-Taiwan लक्षित जापानी क्षेप्यास्त्र || Nepal Times

00:17:42

World News: इजरेली अधिकारीलाई बेलायत प्रवेमा रोक, ६९ आप्रवासी पानीमा डु*बे || Nepal Times

00:20:55

World News: रुसको कालो धान भारतले सेतो बनायो, भारतमा पैसा खन्याउदै जापान || Nepal Times

00:22:57

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

प्रहरीको संस्थापक आईजीपी पनि लिम्बु, ७० वर्ष पछि बने खापुङ

प्रहरीको संस्थापक आईजीपी पनि लिम्बु, ७० वर्ष पछि बने खापुङ

शुक्रबार भदौ १३ , २०८२
ओलीले किम, सी, पुटिनसँग बसेर सैन्य परेड हेर्ने

ओलीले किम, सी, पुटिनसँग बसेर सैन्य परेड हेर्ने

बिहिबार भदौ १२ , २०८२
रास्वपा उमेद्वार लेखजंग त्यागका लागि तयार, २ श्रीमतीबारे बोले

रास्वपा उमेद्वार लेखजंग त्यागका लागि तयार, २ श्रीमतीबारे बोले

मङ्लबार भदौ १७ , २०८२

हालका पोस्टहरू

पुटिनको सहयोग गर्न किम जोङ मस्को जाँदै

पुटिन र किम दाजु भाइ, युक्रेनका लागि जे पनि गर्ने

बुधबार भदौ १८ , २०८२
भेनेजुएला नजिकै अमेरिकी हमलाः ११ लागुऔषध तस्कर मारिए

भेनेजुएला नजिकै अमेरिकी हमलाः ११ लागुऔषध तस्कर मारिए

बुधबार भदौ १८ , २०८२
एसियन कप छनोटमा आज नेपालले ताजिकिस्तानविरुद्ध खेल्दै

एसियन कप छनोटमा आज नेपालले ताजिकिस्तानविरुद्ध खेल्दै

बुधबार भदौ १८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.