विवाह बन्धनमा बाँधिए मनोज गजुरेल

विवाह बन्धनमा बाँधिए मनोज गजुरेल

२५ असोज, काठमाडौं ।

चर्चित हास्यकलाकार मनोज गजुरेल विवाह बन्धनमा बाँधिएका छन् । उनले न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग विवाह गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस र तस्वीर राख्दै असोज २५ गते सोमबार डोलेश्वर मन्दिरमा विवाह गरेको बताएका छन् । गजुरेलले आफ्नो बारेमा काल्पनिक समाचार नलेखिदिन पनि सञ्चारकर्मीहरुलाई आग्रह गरेका छन् ।

दोस्रो विवाह गरेका मनोजको पहिलो विवाह चार वर्षअघि सम्बन्ध विच्छेदमा टुंगिएको थियो । पहिलो श्रीमतीका तर्फबाट मनोजका एक छोरा र एक छोरी छन् ।

उनले आफूले केही वर्पदेखि बच्चाहरुको एक्लै हेरचाह गरिरहेको र जीवनयात्रामा आफूलाई पनि सहयात्रीको आवश्यकता महसुस गरी विवाह गर्ने निर्णय लिएको बतएका छन् ।

‘एकअर्काका जिम्मेवारीलाई साझा जिम्मेवारी मानेर पूरा गर्ने वाचा गर्‍यौं । अगाडि आईपर्ने सुख/दु:खलाई मिलेर स्वीकार र प्रतिकार गर्ने संकल्प लियौं । हामीलाई यो निर्णयमा पुग्न हाम्रा बाबुनानीहरुको सुझाव र सहमतीले पनि ठूलो मद्धत गर्‍यो,’ उनले लेखेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.