×

NEPAL TIMES UPDATES

Playing
’अपरे शन सेफ्टी काठमाडौं’ः काठमाडौंबाट १९५ जना पक्रा उ#arrest #nepal #police|| Nepal Times
Apr 04, 2026
Playing
गृहमन्त्रीले सर्वाेच्चलाई दिए ओली पक्राउ गर्नुको कारण, के भने ?|| Nepal Times
Apr 03, 2026
Playing
इरानको जेलमा रहेका अमृत झालाई कस्तो छ ? ३८ शव अलपत्र|| Nepal Times
Apr 03, 2026
Playing
होर्मुजको इरानी टोल बुथमा भीषण आ*क्र*मण,बन्दरगाह ज*लेर नष्ट || Nepal Times
Apr 03, 2026
Playing
Watch Top50 News Of The Day Chaitra-20-2082 Nepal Times
Apr 03, 2026
Playing
सभामुख डीपीले के–के सुविधा पाउँछन् ?अहिलेसम्मका सभामुख को–को?|| Nepal Times
Apr 03, 2026
Playing
राष्ट्रिय सभाबाट असहयोग भए बालेन सरकारले कसरी बनाउँछ कानून ? || Nepal Times
Apr 03, 2026
Playing
श्रम स्वीकृतिका लागि टोकन प्रणाली खारेज, केही घण्टामा स्वीकृति || NepalTimes
Apr 03, 2026
Playing
टिकटकर तुलसाले चिमरियालाई कसरी कंगाल बनाइन् ?यस्तो छ आरोप || Nepal Times
Apr 03, 2026
Playing
मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा|| Nepal Times
Apr 03, 2026

पोखरामा आन्तरिक पर्यटक बढे, रोजाइमा ‘प्याराग्लाइडिङ ’

८ कार्तिक २०७८

८ कार्तिक, कास्की ।

पोखरामा आन्तरिक पर्यटकको चहलपहलसँगै प्याराग्लाइडिङ गर्नेको सङ्ख्या पनि बढेको छ । दसैँ तिहारका समयमा यहाँ घुम्न आउने अधिकांश पर्यटकले प्याराग्लाइडिङ गर्ने गरेको नेपाल हवाई खेलकूद संस्थाका अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए।

Advertisement

उनले कोरोना पछि पोखरामा आन्तरिक पर्यटकको आगमनले प्याराग्लाइडिङ गर्नेको सङ्ख्या पनि बढेको बताए । ‘अहिले पोखरामा प्याराग्लाइडिङ गर्नेको सङ्ख्या राम्रो छ यसले प्याराग्लाइडिङ व्यवसायीलाई उत्साहित बनाएको छ ।’ उनले भने। गत वर्ष ५० प्रतिशत छुट दिएर उडान गरेको भए पनि यो वर्ष भने छुट दिन नसकेको उनको भनाइ छ ।

‘गत वर्ष पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित ५० प्रतिशत छुटमा उडान गराएका थियौँ, तर त्यो रकमले उडानका अपरेटिङ कस्ट पनि उठ्न गाह्रो भयो, त्यसैले अहिले छुटमा उडान गर्न सकेनौँ ।’ उनले लामो समय उडान नहुँदा इक्विपमेन्ट मर्मत गर्नुपर्ने र ग्लाइडर पनि नयाँ खरिद गर्नुपर्ने भएकाले पनि अहिले छुटमा उडान गर्न कम्पनी तयार नभएको बताए।

प्याराग्लाइडिङ पाइलट क्लबका अध्यक्ष विमल पहारीका अनुसार दसैँको समयमा दैनिक करिब ४०० सम्म उडान भएको र अहिले दैनिक एक डेढ सय उडान भइरहेको जानकारी दिए ।

‘साहसिक खेलमा रुचि हुने आन्तरिक पर्यटकका कारण व्यावसायिक उडानप्रति आशा जगाउँदै लगेको छ ।’ उनले भने । ‘गत वर्ष असोजमा पनि बन्दाबन्दि खुकुलो पछि प्याराग्लाइडिङ गर्ने सङ्ख्या निकै राम्रो थियो, कोरोनाको दोस्रो लहरले फेरि रोकियो, अहिले भने केही आशा जगाएको छ ।’

पहारीले विशेष गरी १५ देखि ४० वर्षसम्म उमेर समूहकाले उडानमा बढी रुचि देखाउने गरेको बताए । उनीसँग ७५ वर्ष सम्मकालाई उडाएको अनुभवसमेत छ । पहारीका अनुसार उडान गर्ने कलेजका विद्यार्थी र कर्पोरेट क्षेत्रका बढी रहेका छन् । सरकारी कर्मचारी भने अलि कम छन् । उडानको मज्जा लिने कास्की जिल्लाका २० प्रतिशत र अन्य जिल्लाका ८० प्रतिशत छन् ।

दसैँको तिहारको समयलाई सदुपयोग गर्दै घुम्न आएका हेटौँडाका सिजन र रमिता कोइरालाले पनि प्याराग्लाइडिङबाट पोखरा र आसपासका सुन्दर दृष्य अवलोकन गर्दा निकै आनन्द लागेको बताए । ‘पर्यटकीय सहर पोखराको सुन्दरतालाई चराजस्तै उडेर सुन्दर हिमशृङ्खला, फेवातालसँगै डाँडाकाँडाको हरियाली दृश्य निकै मनमोहक लाग्यो, उडान पनि निकै रोमाञ्चक लाग्यो ।’ सिजनले भने ।

हवाई खेलकूद संस्थाबाट प्याराग्लाइडिङ उडान अनुमति लिएका ३३८ प्यारापाइलट छन् यसमा १२ महिला छन् । यहाँ ६० प्याराग्लाइडिङ कम्पनी छन् । यस क्षेत्रमा करिब रु एक अर्बको लगानी छ । अहिले छ हजार शुल्कमा उडानको मजा लिन सकिन्छ । हिमालय स्काइ एडभेञ्चर प्याराग्लाइडिङ कम्पनीका सञ्चालक माधव तिवारीले ‘सेफ्टी र सेक्युरिटी’लाई ध्यान दिएर उडान भइरहेको जानकारी दिए ।

विगतमा प्यारा पाइलटबाट भएका कमिकमजोरी र लापर्बाहीका कारण केही दुर्घटना भएका घटना सार्वजनिक भएसँगै अहिले उडानमा विशेष सुरक्षा सतर्कता अपनाइएको उनले बताए ।

Advertisement

उनले भने ‘विगतमा एकाध घटनाले पोखराको आकाश असुरक्षित छ कि भन्ने आशंका जन्माएको थियो, तसर्थ पनि अहिले उडान सुरक्षालाई कडाइ गरेर पूर्ण सेक्युरिटीका साथ उडान गरिएको छ ।’ प्यारापाइलट र यात्रु दुवैले उडानका नियमलाई पूर्णरुपमा पालना गर्नुपर्ने सञ्चालक तिवारीको भनाइ छ ।

भर्खरको समाचार

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सभामुखका लागि डीपीको उम्मेदवारी दर्ता, रवि बने प्रस्तावक

pic_9IYIYqgQtI

सम्बन्धित खबरहरु

Scroll to Top