×

NEPAL TIMES UPDATES

Playing
’अपरे शन सेफ्टी काठमाडौं’ः काठमाडौंबाट १९५ जना पक्रा उ#arrest #nepal #police|| Nepal Times
Apr 04, 2026
Playing
गृहमन्त्रीले सर्वाेच्चलाई दिए ओली पक्राउ गर्नुको कारण, के भने ?|| Nepal Times
Apr 03, 2026
Playing
इरानको जेलमा रहेका अमृत झालाई कस्तो छ ? ३८ शव अलपत्र|| Nepal Times
Apr 03, 2026
Playing
होर्मुजको इरानी टोल बुथमा भीषण आ*क्र*मण,बन्दरगाह ज*लेर नष्ट || Nepal Times
Apr 03, 2026
Playing
Watch Top50 News Of The Day Chaitra-20-2082 Nepal Times
Apr 03, 2026
Playing
सभामुख डीपीले के–के सुविधा पाउँछन् ?अहिलेसम्मका सभामुख को–को?|| Nepal Times
Apr 03, 2026
Playing
राष्ट्रिय सभाबाट असहयोग भए बालेन सरकारले कसरी बनाउँछ कानून ? || Nepal Times
Apr 03, 2026
Playing
श्रम स्वीकृतिका लागि टोकन प्रणाली खारेज, केही घण्टामा स्वीकृति || NepalTimes
Apr 03, 2026
Playing
टिकटकर तुलसाले चिमरियालाई कसरी कंगाल बनाइन् ?यस्तो छ आरोप || Nepal Times
Apr 03, 2026
Playing
मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा|| Nepal Times
Apr 03, 2026

पर्यटन वर्ष मनाउने प्रस्ताव सरकारमा जाँदै (अन्तरवार्ता)

८ कार्तिक २०७८

कोरोना महामारीको जोखिमका कारण गत दुई वर्ष यता पर्यटन व्यवसाय प्रायः ठप्प छ । पछिल्लो समयमा कोरोना संक्रमणको जोखिम कम भएसँगै नेपालमा पर्यटकका लागि अन अराइभल भिसा उपलब्ध गराउने सरकारले निर्णय गरेको छ । पर्यटन बोर्डले आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने तर्फ आफ्नो ध्यान केन्द्रित गरेको छ भने बिस्तारै पर्यटन व्यवसायलाई चलायमान बनाउनका लागि आवश्यक पर्ने श्रोत, साधन र व्यवस्थापकीय काम गर्न आन्तरिक रणनीति नै बनाएर अघि बढेको छ । गत वर्ष नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० घोषणा गरेको थियो । तर चीनको वुहान शहरमा २०१९ को डिसेम्बर अन्तिममा कोरोना महामारी देखिएर विश्वभर फैलिएसँगै नेपाल भ्रमण वर्ष पनि सफल हुन सकेन । जसकारण पर्यटन बोर्ड अब फेरि नेपाल भ्रमण वर्ष झैँ पुनः अर्को कार्यक्रम ल्याएर नेपालमा पर्यटनको क्षेत्रमा प्रवद्र्धन गर्ने लक्ष्यका साथ अघि बढेको छ । यसै सम्बन्धमा केन्द्रित रहेर न्यूज एजेन्सी नेपालले नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालसँग गरेको कुराकानीको सम्पादित अंश यस्तो छ ।

चाडपर्वको बेला पर्यटन क्षेत्रलाई हेर्दा एक किसिमले उत्साह जगाउने खालको जस्तो देखियो, यसलाई कसरी हेर्नुहुन्छ ?
एउटा मानिसहरु अहिले कोभिड १९ ले गर्दा अलिकति उकुसमुकुस भएका छन्, २ वर्ष जति झन्डै घरमा बसिरहेको हुनाले मान्छे बाहिर निस्किने स्वभाविक कुरा पनि भयो, अर्को पछिल्लो अवधि पर्यटकीय गतिविधिमा मान्छेहरुको अलि बढी चाहनाहरु भएको हुनाले पनि यो एकदम राम्रो कुरा हो, आन्तरिक पर्यटन नै मुलुकका लागि अलि बढी आवश्यक हुने स्थितीमा अगाडि बढेको हो भन्ने सकारात्मक पाटोबाट हामीले हेर्न सकिन्छ, यसले समग्र आर्थिक क्षेत्रलाई चलायमान बनाउनलाई पनि मान्छोलाई अलिकति फ्रेस बनाउने, बिदाबाट बाहिर निस्किँदा अलिकति घुम्ने, अलि रमाइलो गर्ने, परिवारसँग बस्ने, त्यो वातावरण पनि बनाउने त्यो एउटा राज्यले पनि पछिल्लो अवधि अलिधकति बढी आन्तरिक पर्यटनलाई नै अगाडि बढाउने भनेर विदाको जुन १० दिने पर्यटन बिदा भनेर कर्मचारीरुलाई दिने कुरा जुन बजेटमा ल्यायो, त्यो कारणले अब आउँदा दिनमा हामी अन्तर्राष्ट्रिय पर्यटनमा मात्र, अथवा हिजो त गोरा छालालाई मात्र पर्यटकको रुपमा हेर्थियौँ, त्यो होइन रहेछ, त्यो त आन्तरिक पर्यटन आफैँ पनि एक बाट अर्को ठाउँमा गएर बस्ने घुम्ने, मनोरञ्जन गर्ने कुरा गर्नुपर्दो रहेछ भनेर जनमानसमा पनि अघि बढेको र राज्य पनि त्यो ढंगले प्रश्तुत भएको हो कि भन्ने बुझाइ अहिले पर्यटन बोर्डलाई छ ।

Advertisement

अहिले हाम्रो समग्र पर्यटन क्षेत्रको अवस्था कस्तो छ ?
मैले हेर्दा पोखरामा अहिले ९० प्रतिशत पर्यटक आन्तरिक नै देखिन्छ, हामीमा यो बीचमा केही केही संस्थाहरुले हाइकिङको कार्यक्रमहरु गराउनुभयो, त्यो गराइरहँदा कोभिड १९ ले मान्छेलाई त्यति बढी असर गरेन, उकुसमुकुस चाहीँ भएको हो, तर त्यति बढी नेपालमा कोभिड १९ ले थला पारेको एकदम गाह्रो भएको देखिएन, आर्थिक रुपमा थला पारेको हो, मेन्टली मान्छेमा त्यस्तो महशुस हो कि भन्ने मलाई लागेन, हामी जताततै त्यो देख्छौँ, त्यसैले मलाई के लाग्छ भने कोडि १९ जति मुलुकमा हल्ला गरियो, नकारात्मक भन्न चाहन्न मिडियालाई, मिडियाको महत्वपूर्ण भूमिका झनै पर्यटनलाई नै हुन्छ, त्यसलाई सकारात्मक पाटोबाट नै हेर्नुपर्छ, अलिकति बढी हामी आत्मबल कमजोर भएको, नकारात्मक कुरामा अलि बढी प्रचार गर्ने भएर हो कि अलि बढी मान्छेमा मिडियामा अलि बढी नकारात्मक कुराहरु आए, तर कोभिडले त्यति थला परेको, थला नै पर्नुपर्ने स्थिती थिएन, त्यो कारणले मान्छेहरु अलि त्राही भएपछि घरबाट निस्किन पनि सकेन, राज्य पनि डरायो, आफूसँग रिसोर्सहरु नहुने, अन्य क्षेत्र अथवा विदेशबाट आफूले सामानहरु झिकाएर मानव जीवनलाई बचाउनु पर्ने स्थिती हुनाले पनि केही कुरामा बढी निगरानी नै गर्यो, त्यो कारण कोभिडले जति क्षति गर्नुपर्ने हो, त्यो भन्दा कम नै क्षति गरेको छ, आर्थिक रुपमा तहसनहस बनाए पनि मानिसलाई त्यति असहज छैन, हिजो जोहो गरेर राखेका कुराले पनि यत्रो आम्दानी नहुँदा पनि मानिसले खाएर हिँडेको छ, शुरुका दिनमा नि जे नकारात्मक देख्थ्यौँ, पछिल्ला दिनमा त्यो रहेन, अहिले फेरि पनि म के भन्छु भने कोभिडले त्यति ठूलो प्रभाव पारेको महशुस गरेको मानिसमा देखिँदैन, मान्छे अब हामी काम गर्न सक्छौँ, हामी आफैँ आत्मबल बलियो बनाएर अगाडि बढ्न सक्छौँ र बढ्नुपर्छ । राज्यले पनि त्यो पाटोमा अलिकति ध्यान दिनुपर्छ, नकारात्मक कुरा भन्दा पनि सकारात्मकता तिर जानुपर्छ । अथवा राज्य डराएर राज्यले नै बढी बन्देज गर्ने, लकडाउन गर्ने यस्ता काम गर्नुहुँदो रहेनछ, यसले घाटा हुँदो रहेछ भन्ने महशुस मान्छेमा, नागरिकमा त्यो देखिएको छ ।

हामी अब पर्यटनको मौसममा छिर्दैछौं, अब पर्यटन चलायमान हुने भन्छौँ, यसमा हामी सहजकर्ता पनि हौँ, बोर्डले अब कसरी काम गर्छ, के तयारी गर्दै हुनुहुन्छ ?
बोर्डले हिजोका गलत कुराको समिक्षा गरिसकेको छ, हिजो हामीले जानेर नजानेर केही गलत कामहरु गर्यौं, सही ठाउँमा हामीले बजेटलाई लगानी गर्न पनि सकेनौँ, सही गन्तव्य छान्न पनि सकेनौँ, त्यसैले ५३ मा बनेको बोर्डको ऐन, अब संसोधन गर्नुपर्छ भनेर लामो समयदेखि कुरा पनि उठेको छ र अहिले पुराना कुराका गलत कुराका, नजानेका कुराको नयाँ, आधुनिक ढंगले सोचेर बढी आन्तरिक पर्यटनलाई पनि प्रवद्र्धन गर्नुपर्छ भन्ने बोर्डको धारणा गएको छ, त्यही भएर बोर्डको कार्यनीति, रणनीति विकास गरेको छ । अर्को सार्क देश । हिजो हामीले गोरा छालालाई धेरै महत्व दिन्थ्यौँ भने अहिले चीन, बंगलादेश, भारतलाई दिएका छौँ । भारतलाई हामीले शुरुदेखि नदिएको त होइन, तरपनि त्यति राम्रोसँग हामीले ध्यान दिएनौँ, स्वतस्फुर्तः रुपमा आउने स्थिती मात्रै भयो । अहिले पछिल्लो अवधिमा बोर्डले चीन, बंगलादेश, श्रीलंका लगायतका हाम्रा छिमेकी राष्ट्रहरु त्यो पनि नजिकबाट गन्तव्यमा अलि कम खर्च हुने, आउन पनि सहज हुने, हाम्रा धेरै कुटनीतिक सम्बन्ध पनि नजिककै सम्बन्धका कारणले रहेको र अरु देशमा त्यो नरहेको हुनाले पनि बोर्डले एउटा आन्तरिक र अर्को सार्कलाई अलि बढी ध्यान दिएर आफ्नो पर्यटन प्रवद्र्धन गरेको छ । अर्को देखिने गरी पर्यटन प्रवद्र्धन गरेको छ । हिजो हामी अलि बढी राष्ट्रिय सरकारले बाँडेको बजेटमा गयौँ भने अहिले अलिक उत्पादनमा देखिने र त्यसलाई बाहिर ल्याउन सक्ने, र एक गाउँ एक गन्तव्य, एक जिल्ला एक महत्वपूर्ण गन्तव्य, एक प्रदेश एक महत्वपूर्ण ठाउँ त्यो ढंगले हामी अगाडि बढ्नुपर्छ, भन्ने किसिमले बोर्डले अहिले बजेट निर्माण गरेर अघि बढेको छ ।

त्यही भएर हामीले सात वटै प्रदेशमा मार्टको अवधारणा ल्याएका छौँ, कहाँ के के कुराहरु छन्, के के बेच्न सकिन्छ ? त्यहाँ गोष्टीहरु पनि गर्ने, त्यहाँ केही आफ्ना उत्पादनहरु पनि ल्याएर देखाउने गरी सात वटै प्रदेशमा लागू गर्ने कुरालाई पनि हामीले अगाडि बढाएका छौँ, बोर्डको धारणा अहिले प्रष्ट ढंगले देखिने र लगानी गर्दा भोलि मानिसले छुन, चुम्न सक्ने, भन्ने ढंगले बोर्डको नीतिहरु अहिले अघि बढीरहेको र पुरानो कुराहरुको समिक्षा गर्ने स्थिती छ ।

हामीले पर्यटन क्षेत्रमा लिने रणनीतिहरु कसरी फरक हुन सक्छन्, हामीले हाम्रा सरोकारवालाहरुलाई कसरी त्यो बाटोमा लैजान सक्छौँ र ठूला कार्यक्रमहरु आन्तरिक क्योन्डर नै बनाएर गर्न सम्भव नभएको बेला के गर्ने ?
पछिल्लो अवधि थोरै त कोभिड १९ ले गर्दा हल्का भएको हुनाले हामीले मेला महोत्सवलाई पनि बिस्तारै खोल्ने भनेका छौँ, यसलाई पूर्ण बन्द गर्ने होइन । अहिले भर्खरै डब्ल्यूटिएम जो समयमै हुँदै आएको नोभेम्बरमा बेलायतमा हुन्छ, त्यसमा भाग लिनका लागि राष्ट्रिय झण्डालाई पनि प्रदर्शित गर्ने कुरा हो । अर्को आफ्नो उपस्थितीलाई पनि, संसारका सबै देशका मान्छेहरु त्यहाँ उपस्थित हुने हुनाले नेपाल कोभिड १९ ले थला पर्यो उ आउन सक्दैन, आएन भन्ने नपार्नका लागि हामीले त्यस्तो अन्तर्राष्ट्रिय जुन गनिएको मेलाहरुमा पनि हाम्रो सहभागिता छ, अर्को कुरा अब हामी डिजिटल मार्केटमा बढी जानुपर्छ भन्ने अहिले हाम्रो मान्यताप नि छ । किनभने अहिले जमाना पनि डिजिटीलाइटको भयो, अर्को कोभिड १९ ले पनि त्यो स्थिती देखायो, अर्को के पनि छ भने अहिले हामी प्राकृतिक सुन्दरतालाई बेचेर मात्रै हुँदैन, प्राकृतिक सुन्दरतालाई बेचाउँदा हिमालमा गएर हामीले नै फोहोर गर्यौं । हामीले हाम्रा गन्तव्यहरु फोहोर बनायौँ । त्यसैले त्यसलाई अब सफा बनाउनका लागि हामीले हरेक गाउँ टोलमा सफा बनाउनु पर्छ । अन्तर्राष्ट्रिय मुलुकबाट आउने फोहोरहरु हामी छरपस्ट रुपमा राख्छौँ, त्यसले रोग फैलाउँछ । जसले भोलि अन्य कोभिड जस्तै रोग हामीबाट आयो भने के होला । चीनबाट आएको त चीनलाई त्यत्रो अन्तर्राष्ट्रिय क्षेत्रको दबाव पर्यो । हाम्रो देशबाट भयो भने त भोलि हामी विश्वबाट नै अलग्गिने रुपमा पुग्छौँ । त्यो कारणले पनि हामीले गाउँ, टोललाई सफा राख्ने भनेर विभिन्न नगरपालिका, गाउँपालिकासँग समन्वय गरेर काम गर्ने सफा बनाउने, प्रकृतिलाई मात्र बेच्ने होइन, अब हामी मानवले नै हामीले बनाएका फोहोरलाई हामीले नै सफा बनाउने अथवा हामीले नयाँ केही उत्पादनहरु सिर्जना गर्नुपर्छ । जस्तो हामी अन्तर्राष्ट्रिय क्षेत्रमा जाँदा म्यूजियमहरु देख्छौँ, एकै ठाउँमा गएर धेरै कुरा देखेर आउँछौँ, त्यो कुरालाई पनि अघि बढाउनु पर्छ भन्ने बोर्डको अहिलेको रणनीति छ । त्यसमा हामीले लगानी पनि गरेका छौँ। थोरै भएपनि गाउँ, प्रदेश र संघसँग मिलेर काम गर्ने भनेर अघि बढेका छौँ भने सरोकार वालाहरुलाई, जसले पर्यटक बढी ल्याउनुभएको छ, उहाँलाई बढी प्रिजेन्ट (सहभागी) गर्ने, उहाँहरुका उत्पादनहरुलाई पर्यटन बोर्डले पनि अन्तर्राष्ट्रिय क्षेत्रमा गरिदिन सकिन्छ कि, ठूला प्रपर्टी होल्डरहरुको लगानी भएको छ, त्यसलाई बजारीकरण, प्रवद्र्धन गर्न सकिन्छ कि, भन्ने कोणबाट पनि सानो भएपनि हामीले अहिले रकम छुट्याएर उहाँहरुसँग छलफल गरेका छौँ । विभिन्न मन्त्रालयसँग पर्यटन बोर्ड मार्फत् नै संयोजन गरेर अब एकल नभएर समूह बनाएर गएर सबैसँग कोर्डिनेशन गरेर अघि बढ्नुपद्र्ध भन्ने मान्यतालाई अघि बढाएका छौँ ।

पर्यटन क्षेत्रमा ९० प्रतिशत कोरोना भ्याक्सिन लगाइसकेको भन्ने व्यवसायीहरुको भनाइ छ तर पर्यटन बोर्डले पर्यटकका लागि यो काफी हो भन्न हिच्किचाएको हो कि भन्ने गुनासो छ नि, यो सत्य हो ?
जे हो त्यही भन्नुपर्छ, यो कुरा बोर्डले गर्न नसकेको नै हो । किन गर्न सकेन भन्दा बोर्डसँग पैसा भएन । त्यो साउटिङ गर्न पनि अहिलेको जमानामा त्यो डिजिटल बजारमै जानुपर्छ । अथवा मिडियाहरुमा नै जानुपर्छ । जस्तो बीबीसी, सीएनएन जस्ता ठाउँमा जानुपर्छ । त्यो ठाउँमा जानलाई खर्च गर्ने विधि पनि हाम्रो सरकारका नियमहरु हुने र समय सापेक्ष ढंगले परिमार्जन नहुने । सार्वजनिक खरिद ऐनलाई हामीले पालना गर्नुपर्ने, पर्यटन बोर्डले अन्तर्राष्ट्रिय क्षेत्रमा त्यो गर्न सक्दैन । किनभने अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको खरिद ऐन लागू गरेर काम गर्न त सकिँदैन । यो लामो समयदेखिको विवाद छ । यो कुरालाई नै हामीले लागू गर्न नीतिगत रुपमा पनि केही कुरा परिवर्तन गर्नुपर्छ भनेर हामीले एउटा नियमावली बनाएर अघि सारेका छौँ । हामीले जति गर्नुपर्ने कुरा हो त्यो गर्न नसकेकै कुरा हो । यसलाई सहस्र स्वीकार्नु नै हाम्रो धर्म हो, पर्यटन बोर्डको धर्म हो भन्ने मलाई लाग्छ ।

पर्यटन बोर्ड आफैँले के गरेको छ ?
पर्यटन बोर्ड आफैँले यो बीचमा एसटीएलआरपी भन्ने प्रोजेक्ट गर्यौं । जो पर्यटन क्षेत्रमा खान नपाएर वा दशैँ पनि मान्न नसक्ने स्थितीमा रहेर दैनिकी नै चलाउन नसकेका सबैभन्दा बढी पर्वतीय पर्यटनमा नै लागेका मजदुरहरुको राहतको कुरा भयो । पहिला पर्वतीय पर्यटनमा मात्र काम गर्ने भनेर अगाडि बढायौँ तर हाम्रो भूमिका त पर्वतीय पर्यटन मात्र थिएन, किनकी हामीसँग सरोकारवाला सबै मजदुरहरु, चाहे त्यो होटलमा, हेलिटेज साइटमा काम गर्ने होस् यी सबै ठाउँमा काम गर्ने मजदुरहरु अफ्ठ्यारोमा पर्नुभएको रहेछ । ती १६ सय मजदुरलाई यो बीचमा काम दियौँ भने पाँच हजार मजदुरलाईकाम दिने बाटोमा लागिरहेका छौँ । अन्य क्षेत्रमा लाग्नेहरुलाई पनि चिन्ने गरी आफ्नो गाउँ आफैँ बनाउँ भन्ने अवधारणाअनुसार हिजो गाउँहरु विकास भए त्यसैगरी एउटा नमुनाको रुपमा हामीले प्रोजेक्टहरु अगाडि बढाउने, संस्थाहरुसँग जवइन्ट्ली कोलाब्रेशन गरेर, व्यवसायीसँग कोलाब्रेशन गरेर मजदुर र व्यवसायीहरुलाई बचाउने, सकारात्मक सोच दिने तिर हामी लाग्यौँ । जबकी यो बीचमा द्वन्द्व, झगडा, अस्थिरता यो कारणले समूहिक रुपमा चल्न नसक्ने व्यवसायी र मजदुरको कुराहरुलाई त्यो नहुने नमुनाको रुपमा देखाउनु पर्छ भनेर नै हामीले अहिले व्यवसायी। संघसंस्था, मजदुरलाई जोडेर दुई चार वटा कार्यक्रम गर्नलाई यूएनडीपी तयार गर्यौं । जसले पर्यटन बोर्डको संरचना बनाउनलाई शुरुमा सहयोग गर्यो र अहिले पनि यूएनडीपी, टान र टानको टिम्स फर्म भन्ने लामो समयदेखि पदयात्रा क्षेत्रमा लागेका मजदुरहरुलाई उठाएकै पैसा वा व्यवसायीहरुले उठाएकै पैसा, ट्रेकिङ एजेन्सीले उठाएकै पैसा बचिरहेको थियो, त्यसलाई ज्वाइन्ट फ्रन्टमा अगाडि बढाउने नमुना कै रुपमा काम गरेका छौँ ।

हाम्रो ठूलो प्रोजेक्ट कोरोनाका कारण रोकियो भ्रमण वर्ष २०२०, त्यही रुपमा अब अगाडि नजाला, अर्कै रुपमा भए पनि अगाडि जानसक्ने अवस्था छ ?
एकदमै अगाडि जाने अवस्था छ, किनभने पर्यटन बोर्डको ऐनले समग्र पर्यटनको लिडरशीप लिने संस्था मन्त्रालय पनि होइन भनेको छ, बोर्डलाई हामीले त्यो ढंगले सञ्चालन गर्न सकेनौँ, जसकारण कता कता यो भूमिका पर्यटन बोर्डको होइन कि भन्ने लाग्छ, चाहे त्यो नीति नियम बनाउने कुरा होस्, चाहे के के गर्ने भन्ने कुरामा । बोर्डले निर्णय गरेर सरकारले स्वीकार्ने कुरा हो । त्यसैले यो गर्नका लागि हामीले सात प्रदेशमा मार्ट गर्न सकिन्छ कि सकिँदैन भनेर हेर्न लागेका छौँ । अहिले त धेरै जिल्लाहरु समेटिएर एउटा प्रदेश बनेको स्थिती छ । त्यो कारणले गर्दा अब तपाई त्यो प्रदेशमा कति सक्सेस हुन्छ, त्यसका आधारमा अनि अन्तर्राष्ट्रिय क्षेत्र पनि कति खुल्छ भन्ने आधार हेरेर हामी पोलिसी बनाएरु अब गर्न सकिन्छ, हिजोको भिजिट नेपाल २०२० गरेजस्तै पर्यटन वर्ष गर्न सकिन्छ भनेर सरकारलाई हामी एउटा नीतिगत रुपमै अथवा बैठकमै निर्णय गरेर दिन्छौँ र सरकारले लिने स्थिती बनाउँछौँ । त्यही बनाउनका लागि नै एक उत्पादन एक गाउँ, एक महत्वपूर्ण प्रोडक्ट एक जिल्ला, सातै प्रदेशमा मार्ट भन्ने हिसावले हामीले अहिले नीतिमा अगाडि सारेका हौँ, कोभिडले कति छुन्छ र कति सहभागिता हुन्छन् व्यवसायी र हाम्रो पर्यटकहरुको वा जनसमुदायको भन्ने कुरा हेर्नका लागि पनि हामीले यो कार्यक्रम अगाडि बढाएको हो र यसकै आधारमा अब हामी एउटा ठूलो कार्यक्रम, भिजिट नेपाल २०२० कै रुपमा के नाम दिने त्यो पछिको कुरा हो, त्यो ढंगले अगाडि बढाउने सोचमा पर्यटन बोर्ड छ ।

Advertisement

 

भर्खरको समाचार

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सभामुखका लागि डीपीको उम्मेदवारी दर्ता, रवि बने प्रस्तावक

pic_9IYIYqgQtI

सम्बन्धित खबरहरु

Scroll to Top