काठमाडौं, साउन १८
नेपालले नेदरल्यान्ड्ससँगको एक दिवसीय क्रिकेट सिरिजको आज अन्तिम खेल खेल्दै छ । पहिलो खेलमा नेदरल्याण्डसँगै ५५ रनले पराजित भएको नेपाल आज जीत्ने दाउमा छ ।
बुधबार पहिलो खेलमा घरेलु टोलीसँग हारेको नेपाल आज खेल जितेर हिसाब बराबर गर्ने लक्ष्यसहित मैदानमा उत्रन लागेको छ । पहिलो खेलमा राम्रो बलिङ गरे पनि ब्याटिङमा राम्रो प्रदर्शन गर्न नसकेको नेपाली टिमले दोस्रो खेलमा त्यसलाई सुधार्ने पक्षमा छ ।
आजको खेलमा शक्ति गौचन र अनुभवी खेलाडी शरद भेषावकर रहने छैनन् । आजको खेलमा नेपालले जित हात पारेमा दुई खेलको श्रृखंला बराबरी गर्ने राम्रो मौका हुनेछ ।
पहिलो खेलमा टिममा भएका कमिकमजोरीलाई हटाउदै नेपाल जित्नैपर्ने दबाबमा छ । पहिलो अन्तर्रा्ष्ट्रिय शृंखलामा जित निकालेर आईसीसीको बरियताको औपचारिक ढोका खोल्ने बाटो नेपाललाई प्राप्त हुने छ ।