विराटनगर, साउन १८
खुम्बुवान राष्ट्रिय मोर्चा पार्टीले १ नम्बर प्रदेशको राजधानी भोजपुरको ट्याम्के र ‘नामसाम’ क्षेत्रमा घोषणा गर्न माग गरेको छ । प्रदेश नम्बर १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा मोर्चाले बिहीबार ज्ञापनपत्र बुझाउदै यस्तो माग राखेको हो ।
ज्ञापनपत्र बुझाउँदै मोर्चाका केन्द्रीय सह–सचिब राजुदेव राईले प्रदेशको राजधानी र नामांकन तोक्न प्रदेश र सरकारले ढिलाइ गरेको भन्दै जातीय पहिचान र ऐतिहासिक पृष्ठभूमिको आधारमा प्रदेशको नामांकन गर्नुपर्ने माग गरे ।
मोर्चाले मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउदै नाम जातिय पहिचान र ऐतिहासिक पुष्ठभूमिको आधारमा ‘खम्बुवान प्रदेश’ राख्न पनि माग गरेको छ ।
त्यस्तै मोर्चाले अनियन्त्रित रुपमा बजारमा हरेक सामानमा बढेको मूल्यवृद्धि तत्काल फिर्ता गरि दिगो व्यवस्थापन गर्न प्रदेश सरकारसँग माग गरेको छ । यस्तै संघीय, प्रदेश र स्थानीय सरकारबाट लागू गरिएको अनियन्त्रित दोहोरो कर खारेज गर्न पनि मोर्चाले माग गरेको छ ।