२५ हजार रुपैंया घुससहित नायबसुब्बा पक्राउ

२५ हजार रुपैंया घुससहित नायबसुब्बा पक्राउ

तेह्रथुम, साउन १८
तेह्रथुमको ईलाका मालपोत कार्यालय आठराईका निमित्त प्रमुख नायव सुव्बा शंकरप्रसाद दाहाललाई २५ हजार रुपैंया घुस सहित अख्तियारको टोलीले शुक्रबार पक्राउ गरेको छ ।

सेवाग्राँही संग घुस लिदै गरेका कार्यालय प्रमुख दाहाललाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय इटहरीबाट गएको टेलीले प्रकाउ गरेको हो ।

अख्तियार इटहरीका प्रहरी नायव उपरिक्षक डिल्ली नारायण पाण्डे नेतृत्वको टोलीले दाहालकै कार्यकक्षबाट घुसको रकमसहित नियन्त्रणमा लिएको निमित्त प्रमुख जिल्ला अधिकारी उमेश घिमिरेले वताए । कार्यालय निमित्त प्रमुख दाहाल अख्तियारकै टोलीको नियन्त्रणमा रहेको निमित्त प्रजिअ घिमिरेले वताएका छन ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.