NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
पाकिस्तानमा अब सिभिल–मिलिट्री कानून, मुनीर थप शक्तिशाली बन्दै बुधबार कार्तिक १९ , २०८२
रञ्जु दर्शनाको नेतृत्वमा नयाँ दल, बालेनदेखि कुलमानसम्म बुधबार कार्तिक १९ , २०८२
डा. निकोलसमाथि के कसुरमा अनुशन्धान हुँदैछ ? बुधबार कार्तिक १९ , २०८२
चुनावमय बिहार, भोलिदेखि चुनाव, ७ करोड मतदाता बुधबार कार्तिक १९ , २०८२
जेलर र रविको बयान मिल्यो,कसरी नख्खुबाट निस्किए ? बुधबार कार्तिक १९ , २०८२
Next
Prev

समाचार

बाह्र वर्षमुनिका बालबालिकाका लागि पनि खोप ल्याउँछाैं : स्वास्थ्यमन्त्री खतिवडा

बिहिबार कार्तिक ११ , २०७८
Reading Time: 1 min read
A A
बाह्र वर्षमुनिका बालबालिकाका लागि पनि खोप ल्याउँछाैं : स्वास्थ्यमन्त्री खतिवडा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

११ कात्तिक, काठमाडौं।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले १२ वर्षमुनिका बालबालिकाका लागि लगाउने कोरोना भाइरसविरुद्धको खोप ल्याउने तयारी भइरहेको जानकारी दिएका छन् ।

स्वास्थ्य पत्रकार मञ्च नेपालले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अहिले भारत र चीनमा १२ वर्षमुनिका बालबालिकाका लागि खोपको परीक्षण भइरहेको र त्यसको सफल परीक्षणपछि नेपालले पनि खोप ल्याउने तयारी गरिएको जानकारी दिए । “बाह्र वर्षमुनिका बालबालिकाका लागि लगाउने खोपको अहिले भारत र चीनमा दोस्रो चरणको सफल परीक्षण सकेर तेस्रो (अन्तिम) चरणको परीक्षण भइरहेको छ”, उनले भने, “तेस्रो चरणको सफल परीक्षण सकेर विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिइसकेपछि हामीले उक्त खोप ल्याउँछौं।”

LS Auto

भारत वा चीन जसले हामीलाई चाँडो खोप उपलब्ध गराउँछ सोही मुलुकबाट खोप ल्याइने तयारी भइरहेको उनको भनाइ छ । अहिले १२ वर्षभन्दा माथिका उमेरसमूहका बालबालिकालाई लगाउनका लागि सरकारले फाइजर र मोडर्ना खोप ल्याउन थालेको छ । केही दिनअघि मात्र अमेरिका सरकारले कोभ्याक्समार्फत नेपाललाई एक लाख ६२० मात्रा खोप उपलब्ध गराएको थियो ।

मन्त्री खतिवडाले फाइजर ६० लाख र मोडर्ना ४० लाख मात्रा खोप सुनिश्चित गरिएको जानकारी दिए । “हामीले खोपका लागि पैसा पनि तिरिसकेका छौँ”, उनले भने, “चाँडै नै फाइजर र मोडर्ना खोप ल्याउँछौँ ।” ती दुबै खोप १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई लगाइन्छ । उनले स्वास्थ्य संवेदनशीलतामा भ्रष्टाचार हुन नदिने प्रतिबद्धतासमेत जनाए । “यसअघि स्वास्थ्य क्षेत्रमा भ्रष्टाचार र अनियमितताका कुरा आएका थिए”, उनले भने “तर म आएपछि अब स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा भ्रष्टाचार र अनियमितता हुन दिइँदैन ।”

मन्त्री खतिवडाले कोरोना भाइरसको उपचार गरेका केही अस्पतालले तोकेभन्दा बढी पैसा मागेको हुनाले रकम निकासा नगरिएको बताए । “केही अस्पतालले तीन दिनका बिरामीलाई १३ दिन भर्ना गरिएको, शय्यामा राखेर उपचार गरिएका बिरामीलाई सघन उपचारकक्ष (आइसीयू) र भेन्टिलेटरमा राखेर उपचार गरिएको भनेर गलत रिर्पोट बुझाएर रकम माग गरेको पाइयो”, उनले भने, “१० हजार रुपियाँको बिल बढाएर अस्पतालले ९० हजार रुपियाँ पनि पु¥याएको पाइयो । त्यही भएर हामीले त्यस्ता अस्पतालको रकम निकास गरेका छैनौँ ।”

मन्त्री खतिवडाले केही औषधिमा औषधि उत्पादक सङ्घले मनोमानीरूपमा पैसा बढाएको भन्ने गुनासो आएकाले सत्यतथ्य बुझ्न मन्त्रालयका सचिवलाई निर्देशन दिएको जानकारी दिए। उनले स्वास्थ्य बीमा कार्यक्रममा निःशुल्क बनाउने आफूले प्रयास गर्नेसमेत बताए । “अहिले लोपोन्मुख र अल्पसङ्ख्यकलाई स्वास्थ्य बीमा निःशुल्क गर्ने प्रयासमा रहेको छु”, उनले भने, “लोपोन्मुख र अल्पसङ्ख्यकलाई निःशुल्क गराए विस्तारै अन्य वर्गलाई पनि निःशुल्क स्वास्थ्य बीमा गराउन सकिन्छ ।”

स्वास्थ्य बीमा कार्यक्रममा प्रतिपरिवारले वार्षिक तीन हजार ५०० रुपियाँको बीमा गरे एक लाख रुपियाँसम्म निःशुल्क उपचार गर्न पाइन्छ । मन्त्री खतिवडाले सबैलाई स्वास्थ्य सेवाको सहज पहुँच पु¥याउने दृढता व्यक्त गरे ।

लोकप्रीय

पाकिस्तानभित्र ३०० किलोमिटरको लक्ष्यमा सटीक प्रहार गरेको भारतको दाबी

पाकिस्तानमा अब सिभिल–मिलिट्री कानून, मुनीर थप शक्तिशाली बन्दै

बुधबार कार्तिक १९ , २०८२
रञ्जु दर्शनाको नेतृत्वमा नयाँ दल, बालेनदेखि कुलमानसम्म

रञ्जु दर्शनाको नेतृत्वमा नयाँ दल, बालेनदेखि कुलमानसम्म

बुधबार कार्तिक १९ , २०८२
काठमाडौंको फोहोरमा कुलमानको चासो– बिहानै पुगे बञ्चरेडाँडा

डा. निकोलसमाथि के कसुरमा अनुशन्धान हुँदैछ ?

बुधबार कार्तिक १९ , २०८२

विचार

थप समाचार

पाकिस्तानभित्र ३०० किलोमिटरको लक्ष्यमा सटीक प्रहार गरेको भारतको दाबी
अन्तर्राष्ट्रिय

पाकिस्तानमा अब सिभिल–मिलिट्री कानून, मुनीर थप शक्तिशाली बन्दै

बुधबार कार्तिक १९ , २०८२
रञ्जु दर्शनाको नेतृत्वमा नयाँ दल, बालेनदेखि कुलमानसम्म
Breaking news

रञ्जु दर्शनाको नेतृत्वमा नयाँ दल, बालेनदेखि कुलमानसम्म

बुधबार कार्तिक १९ , २०८२
काठमाडौंको फोहोरमा कुलमानको चासो– बिहानै पुगे बञ्चरेडाँडा
ताजा समाचार

डा. निकोलसमाथि के कसुरमा अनुशन्धान हुँदैछ ?

बुधबार कार्तिक १९ , २०८२
चुनावमय बिहार, भोलिदेखि चुनाव, ७ करोड मतदाता
अन्तर्राष्ट्रिय

चुनावमय बिहार, भोलिदेखि चुनाव, ७ करोड मतदाता

बुधबार कार्तिक १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: न्युयोर्कमा ममदानीको जित, म्यान्मारका माफियालाई चीनमा मृ*त्युदण्ड || Nepal Times

World News: न्युयोर्कमा ममदानीको जित, म्यान्मारका माफियालाई चीनमा मृ*त्युदण्ड || Nepal Times

00:20:11

World News: मेयरसंग ट्रम्पको टसल, भारतीय अदालतमा नेपालको जेनजी प्रदर्शनको चर्चा || Nepal Times

00:16:38

World News: अफगानिस्तान भूकम्पमा क्षति बढ्दै, तेहरानमा खानेपानी अभाव|| Nepal Times

00:13:42

World News: सुपरमार्केट वि*ष्फो*टमा २३ को मृ*त्यु, नाइजेरियामा सैन्य का*र*बाही गर्ने Trumpको चेतावनी

00:13:33

World News:भार तीयलाई पाकि स्तानको भिसा, आग लागीमा ११ जनालाई जन्म*कैद || Nepal Times

00:21:11

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ?

मङ्लबार कार्तिक १८ , २०८२

हालका पोस्टहरू

पाकिस्तानभित्र ३०० किलोमिटरको लक्ष्यमा सटीक प्रहार गरेको भारतको दाबी

पाकिस्तानमा अब सिभिल–मिलिट्री कानून, मुनीर थप शक्तिशाली बन्दै

बुधबार कार्तिक १९ , २०८२
रञ्जु दर्शनाको नेतृत्वमा नयाँ दल, बालेनदेखि कुलमानसम्म

रञ्जु दर्शनाको नेतृत्वमा नयाँ दल, बालेनदेखि कुलमानसम्म

बुधबार कार्तिक १९ , २०८२
काठमाडौंको फोहोरमा कुलमानको चासो– बिहानै पुगे बञ्चरेडाँडा

डा. निकोलसमाथि के कसुरमा अनुशन्धान हुँदैछ ?

बुधबार कार्तिक १९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.