गैरसरकारी संस्थाहरुलाई कडाई गर्ने पक्षमा प्रदेश सांसदहरु

गैरसरकारी संस्थाहरुलाई कडाई गर्ने पक्षमा प्रदेश सांसदहरु

विराटनगर,साउन २०
प्रदेश नम्बर १ का सांसदहरुले गैरसरकारी संस्थाहरुलाई कडाई गर्नुपर्नेमा जोड दिएका छन् । आइतबार बसेको प्रदेशसभा बैठकमा पेश भएको सामाजिक विकास संस्थाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथिको सैद्धान्तिक छलफलमा बोल्दै सांसदहरुले यस्तो बताएका हुन् ।

सांसद बिमल कार्कीले एनजिओ र आइएनजिओको नाममा अनेक उद्देश्य लिएर आउने गरेको दाबी गर्दै त्यस्तालाई कडाई गर्नुपर्नेमा जोड दिए । सैद्धान्तिक छलफलमा बौल्दै शिवनारायण गनगाईले गोष्ठी र सम्मेलनको नाममा ठूलो रकम दुरुपयोग भइरहेको प्रति ध्यान दिनुपर्ने बताए । उनले विगतमा अनुगमन गर्दा करोडौं रकम गोष्ठी र सेमिनारमा सकेको भन्दै उद्देश्यअनुसार काम नगर्नेलाई कडा कारबाहीको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

विधेयकमाथिको सैद्धान्तिक छलफलमा लिँदै सांसदहरु सूर्यमाराज राई, सावित्री रेग्मी, तुलसीप्रसाद न्यौपाने, विष्णु तुम्बाहाम्फे, नारायण बुर्जा मगर, सरिता थापालगायतले धारणा राखेका थिए । प्रदेशसभाको शुक्रबारको बैठकमा उक्त विधेयक पेश भएको हो । विधेयकमाथिको सैद्धान्तिक छलफल भोलि पनि हुने संसद सचिवालयले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.