साउन २३
सदरमुकाम धुन्चेबाट करिब ६ किलोमिटर टाढा रहेको ठुलोभार्खु गाउँमा तामाङ समुदायको बस्ती छ जहाँ बासिन्दाको भाषा संस्कृति तथा समग्र जीवनशैली समान छ ।
सदीयौँदेखि यहाँ बस्दै आएका तामाङ समुदायको विकाससम्बन्धी ढाँचा र योजना पनि भिन्नै छ । यस्तै न्यायिक गर्ने परिपाटी पनि आफ्नै प्रकारको छ । गाउँका योजना र कामका लागि गाउँको संसद भनिने भेला बसिन्छ । आजको नागरिक दैनिकमा यो खबर छ ।
गत शनिवार ठुलोभार्खुमा हरेक घरधुरीको सहभागितामा ह्युल छोक्पा गाउँलेहरुको संसद भेलाले कृषि सडक निर्माण खानेपानी निर्माण माने, नाच युवा पुस्तालाई हस्तान्तरण गर्ने र धर्म संस्कृतिको जगेर्ना गर्ने अजेन्डामा छलफल गरेको थियो ।
भेलाले आगामी बर्षका लागि चारवटा योजना स्वीकृत गरेको छ