तेह्रथुम, साउन २४
अपराधिक घटना नियन्त्रणका लागि भन्दै म्याङलुङ नगरपालिकाले तेह्रथुम सदरमुकाम म्याङ्लुङ्ग बजारमा सिसि क्यामेरा जडान गरेको छ । म्याङ्लुङ्ग बजारमा हुने अपराधिक घट्नाको न्युनिकरणका लागि सुरक्षालाई मध्यनजर गरी सिसि क्यामेरा जडान गरिएको हो ।
अपराधिक क्रियाकलाप नियन्त्रणका लागि बजारमा सिसि क्यामेरा जडान गरिएको म्याङलुङ नगरपालिकाका मेयर सञ्जयकुमार तुम्बाहाङफेले बताए । नगरपालिकाको ६ लाख रुपैयाँको लगानीमा बजारका मुख्य चोक र बसपार्कमा १० वटा सिसी क्यामेरा जडान गरिएकोे छ ।
म्याङलुङमा पछिल्लो समय बैंक तथा बित्तिय सस्थाहरु खोल्ने क्रम बढ्दै गए पछि ति संस्थाहरुमा लुटपाट घटना हुन नदिनका लागि सिसी क्यामरा जडान गरिएको हो ।