Nepal Times
Nepal Times
3
Shares

मतदानको ३ दिनअघि ओलीको आरोप–कांग्रेस र चन्द चुनाव भाँड्न खोज्दैछन्

मतदानको ३ दिनअघि ओलीको आरोप–कांग्रेस र चन्द चुनाव भाँड्न खोज्दैछन्

नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मिलेर चुनाव भाँड्न खोजेको आरोप लगाएका छन्।

नेपाल पत्रकार महासंघ दाङले बिहिबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले चुनाव भाँड्नेबारे ती दुई पार्टीबीच छलफलसमेत भएको दाबी गरे। ‘बुधवार मात्रै दोलखामा कांग्रेस र चन्द पार्टीको संयुक्त बैठक बसेर निर्वाचन विरोधी गतिविधिमा तालमेल गर्ने कुरा भएको छ,’ ओलीले भने।

उनले चुनाव भाँड्ने खेल भइरहेकाले  वाम गठवन्धनका कार्यकर्तालाई  सचेत रहन आग्रह गरे। ‘कांग्रेसले निर्वाचन विरोधी गतिविधिलाई नियन्त्रण गर्नुको साटो उल्टै प्रोत्साहन गरिरहेको छ,’ ओलीले भने, ‘हतियारसहित पक्राउ परेकालाई छोड्न सरकारकै मन्त्रीले र उच्च अधिकारीले दबाब दिनुलाई के भन्ने?’

भनेको नमान्ने प्रहरी अधिकृतलाई निर्वाचन आचार संहिता विपरित सरुवा गरिएको भन्दै त्यो  लज्जाको विषयको ओलीको टिप्पणी छ।

‘भनेको नमानेकै कारण प्रदेश नम्बर ५का प्रहरी प्रमुख एआईजी मिङ्मार लामालाई हिजो मात्रै फिर्ता बोलाइएको छ,’ ओलीले भने, ‘सरकारको यो भन्दा ठूलो भ्रष्ट आचरण अर्काे हुन नसक्ने भन्दै उनले सरकारले मनपरी निर्वाचनमा असर पार्ने खालका काम गर्न पाइँदैन।’

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.