Nepal Times
Nepal Times
3
Shares

धर्मको आवरणमा महिलाहरुमाथि यौनशोषण गर्ने धर्म गुरु काठमाडौँबाट पक्राउ

धर्मको आवरणमा महिलाहरुमाथि यौनशोषण गर्ने धर्म गुरु काठमाडौँबाट पक्राउ

काठमाडौँ । धर्मको आवरणमा महिलामाथि दुर्व्यवहार गरेको आरोपमा एक धर्म गुरुलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा औतारी लामा भनिने गुरु रिम्पोछे छोल्ठिम दोर्जे योन्तान टोल्कु लामा रहेका छन् ।

सिन्धुलीको दुम्जा घर भएका ५५ वर्षीय लामालाई प्रहरीको कन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) ले दक्षिण्कालीबाट पक्राउ गरेको हो ।

लामाले बिरामी महिलाहरुलाई उपचार गर्ने भन्दै जबर्जस्ती करणी गर्नुका साथै करणीको प्रयासहरु गरेको प्रहरीको भनाई छ ।

प्रहरीका अनुसार पेमा टासी छेटुङ गुम्बा दक्षिणकालीमा बस्ने लामाले आफूसँग दैवी शक्ति भएको भन्दै सबै रोग निको पार्न सक्छु भन्ने दाबी गर्थे । त्यसपछि आफूसँग उपचार गर्न आउने महिलालाई बलात्कार गर्ने गर्थे । बलात्कार गरेपछि आफू रिसाए अनिष्ट हुन भन्दै धम्क्याउने गरेका थिए ।

उनले युवतीहरुसँग यौनसम्बन्ध राखी फोटो खिच्नुका साथै भिडियो पनि बनाउने गरेको पनि सिआइबीले जनाएको छ । लामाले अश्लिल फोटो/भिडियोहरु सामाजिक सञ्जालमा राख्ने गरेको प्रहरीले जानकारी दिएको छ ।

उनलाई यौन दुर्व्यवहार र विद्युतीय अपराध अन्तर्गत पक्राउ गरेर अदालतबाट ५ दिन म्याद थप गरी थुनामा राखेर अनुसन्धानका लागि राखिएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.