युइएफए सुपर कपको उपाधी एट्लेटिको मड्रिडलाइ

युइएफए सुपर कपको उपाधी एट्लेटिको मड्रिडलाइ

एजेन्सी, साउन ३१
एट्ल्टिको मड्रिडले युइएफए सुपर कपको उपाधी चुम्दै च्याम्पियन बनेको छ । शहरी प्रतिद्धन्द्धी रियल मड्रिडलाई अतिरिक्त समयमा ४–२ ले पराजित गर्दै एट्लेटिको मड्रिड युइएफए सुपर कपको उपाधी चुमेको हो ।

इस्टोनियामा भएको खेलमा एट्लेटिको मड्रिडलाई च्याम्पियन बनाउन डिएगो कोस्टाले दुई तथा साउल निग्वेज र कोकीले समान एक गोल गरे । रियलका करिम बेन्जेमा र सर्जियो रामोसले गोल गरे । एट्लेटिकोले खेलको पहिलो मिनेटमा नै अग्रता बनाउन सफल भएको थियो । डिएगो कोस्टाले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए ।

२७ औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । ६३ औं मिनेटमा सर्जियो रामोसले पेनाल्टीमार्फत गोल गर्दै रियललाई खेलमा २–१ को अग्रता दिलाएका थिए । ७९ औं मिनेटमा एन्जल कोरेरको पासमा कोस्टाले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।

त्यसपछि निर्धा्रित समयमा गोल निस्कन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको खेलमा एट्लेटिको मड्रिड खेलमा हावी हुदै दुई गोल गर्न सफल भयो । अतिरिक्त समयको खेलको ९९ औं मिनेटमा साउल निग्वेजले गोल गर्दै एट्ल्ेटिकोलाई ३–२ को अग्रता दिलाए । १०४ औं मिनेटमा कोकीले गोल गर्दै टिमलाई ४–२ को जित दिलाए । यससँगै एट्लेटिकोलाई तेस्रोपटक युइएफए सुपर कप जित्न सफल भयो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.